२७ जेठ २०८३, बुधबार

मधेश प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति, यी हुन् मन्त्रिपरिषदका १५ निर्णय

मधेश प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति, यी हुन् मन्त्रिपरिषदका १५ निर्णय

सरकारले मधेश प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिएको छ । आइतवारको मन्त्रिपरिषदको बैठकले उक्त स्वीकृति दिएको सोमवार सार्वजनिक भएको निर्णयमा उल्लेख छ । 

मन्त्रिपरिषदको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

बैठकले सामाजिक सुरक्षा दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, विश्व बैंकबाट प्राप्त (२७५ मिलियन डलर)करीब ३५ अर्ब रुपैयाँ सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

उक्त ऋण यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने उल्लेख छ । यसका साथै सरकारले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदानका रूपमा स्वीकार गर्नेसहितको १५ वटा निर्णय गरेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्