२६ जेठ २०८३, मंगलबार

युक्रेनको बाखमुट क्षेत्रमा सफलता पाएको रुसको दाबी

भदौ २९, २०७९
युक्रेनको बाखमुट क्षेत्रमा सफलता पाएको रुसको दाबी

युक्रेनको दक्षिणी तथा पूर्वी भागमा अहिले भीषण लडाइँ चलिरहेको छ । 

खार्कोभ क्षेत्रबाट बाहिरिएका रुसी सैनिकहरूले अहिले डोनबासको अग्रमोर्चामा युक्रेनी सैनिकमाथि दबाब बढाएका छन् । रुसी सैनिकहरूले बाखमुटलाई आक्रमणको केन्द्र बनाएका छन् । 

मंंगलवार रुसी सैनिकहरूले गोर्लोव्काबाट बाखमुट जाने राजमार्ग नजिकको गाउँ निकोलाएव्का नियन्त्रणमा लिएका छन् । उनीहरूले कोडेमा शहरबाट आक्रमण गरेका हुन् । 

त्यससँगै रुसी फौजहरू ओट्राडोव्का गाउँमा पनि आक्रमण गरिरहेका छन् । जाइत्सेभो र भेसेलाया डोलिना शहरमा पनि उनीहरूले कारवाही चलाएका छन् । 

बाखमुट शहरको पूर्वी भागतिर रुसी सैनिकहरूले सफलता पाएको बताइएको छ । सोमवार उनीहरू शहरको औद्योगिक क्षेत्र पुगेका छन् । 

यस क्षेत्रमा खटिएका युक्रेनी सैनिकहरूलाई क्रास्नी लिमानमा सारिएकाले उनीहरूको प्रतिरक्षा कमजोर बनेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्