जेठ ११, २०८०
झण्डै एक महिनादेखि देशको ध्यान खिचिरहेको नक्कली शरणार्थी प्रकरणको पहिलो अध्यायस्वरूप ३० जनाविरुद्ध बुधवार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्...
काठमाडाैं | भदौ ३०, २०७९
विश्व राजनीतिमा व्यापक परिवर्तन आइरहेको बेलामा मध्य एसियाली मुलुक उज्बेकिस्तानले शांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर बैठक आयोजना गरिरहेको छ ।
बिहीवार र शुक्रवार (१५–१६ सेप्टेम्बर) मा उज्बेकिस्तानको ऐतिहासिक शहर समरकन्दमा आयोजना भइरहेको बैठक धेरै अर्थमा महत्त्वपूर्ण छ । तीन वर्षमा पहिलोपटक एससीओका शीर्ष नेताहरू प्रत्यक्ष भेटघाट गरिरहेका छन् । भेटघाटमा उनीहरूले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी विषयमा कुराकानी गर्नेछन् ।
एससीओमा आठ सदस्य मुलुक छन् । ती हुन् चीन, कजाकस्तान, किर्गिजस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, भारत, पाकिस्तान र रुस । युरेसिया क्षेत्रमा सघन राजनीतिक, आर्थिक तथा सुरक्षा सहकार्यका लागि यो संगठनको निर्माण गरिएको हो । यसले विश्व जनसंख्याको ४० प्रतिशत, विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको एकतिहाइ र युरेसियाली भूक्षेत्रको लगभग दुईतिहाइ भाग ओगेटेको छ ।
सन् २००३ बाट औपचारिक रूपमा आरम्भ भएको एससीओले आफूलाई आतंकवाद, पृथक्तावाद र अतिवादविरुद्धको रक्षाकवचका रूपमा प्रस्तुत गर्दै आएको छ । आफ्नो छिमेकमा रहेका मध्य एसियाली मुलुकहरू सन् १९९० को दशकमा चरम अस्थिर हुँदा आफूलाई सुरक्षा खतरा आइलाग्ने भनी चीनले शांघाई ५ नामक संगठन खोलेको थियो । पछि त्यसैलाई विस्तार गरी एससीओ बनाइएको हो ।
एससीओ सदस्य मुलुकहरूले यो कुनै खेमा वा गुटबन्दी नभएको बताउने गरेका छन् । उनीहरूका अनुसार, यस संगठनले बहुपक्षीय सहकार्यलाई प्रवर्धन गर्छ र कुनै पनि भूराजनीतिक लक्ष्य लिएर काम गर्दैन ।
अनि कुनै मुलुकविरुद्ध यसले एजेन्डा पनि बनाउँदैन । यी सिद्धान्तहरू एससीओको बडापत्रमै निहित रहेको उनीहरू स्मरण गराउँछन् ।
तर युक्रेन युद्धपछि एससीओको महत्त्वपूर्ण सदस्य राष्ट्र रुस पश्चिमसँग दीर्घकालीन द्वन्द्वमै जाने देखिन्छ । पश्चिमविरुद्धको लडाइँमा उसलाई एससीओ सदस्य चीनले पनि सहयोग गरिरहेको छ यद्यपि अहिलेसम्म त्यो सहयोग सैन्य प्रकृतिको छैन ।
पश्चिमी प्रभुत्वलाई कमजोर बनाउने रुस र चीनको स्वार्थ मिलेकाले उनीहरू एससीओलाई भूराजनीतिक चरित्र दिँदै गैरपश्चिमी खेमाका रूपमा विकसित गर्न चाहन्छन् कि भन्ने आशंका पश्चिमा विश्लेषकहरू व्यक्त गर्छन् ।
युक्रेन युद्ध चलिरहेकै बेलामा एससीओ सम्मेलन आयोजना गरिएकोमा त्यस युद्धको चर्चा अवश्यम्भावी छ । हुन पनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनपिङबीच युक्रेनका विषयमा गहन छलफल हुने पुटिनका सहयोगी युरी उशानोभले स्पष्ट पारेका छन् ।
चीनले युक्रेनमाथि रुसको आक्रमण पश्चिमको गलत नीतिका कारण भएको बताउँदै आएको छ तर रुसलाई कुनै पनि किसिमको सैन्य सहयोग गर्न अस्वीकार गरेको छ । युक्रेन युद्धपछि पश्चिमले रुसमाथि लगाएको आर्थिक प्रतिबन्धको नकारात्मक असरलाई निस्तेज पार्नका लागि चाहिँ चीनले रुसलाई आर्थिक कारोबारमार्फत सहयोग गरिरहेको छ ।
उता चीनलाई अमेरिकाले ताइवान संकट चर्काएर असहज स्थितिमा पार्न खोजेको छ । अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले अनावश्यक रूपमा ताइवान भ्रमण गरी चीनलाई उत्तेजित पार्ने कोशिश गरेकी थिइन् ।
उक्त भ्रमणलाई देखाउँदै चीनले ताइवानमाथि आक्रमण गरोस् अनि त्यही बहानामा चीनमाथि आर्थिक प्रतिबन्ध लगाउन पाइयोस् भन्ने अमेरिकाको दाउ थियो । तर चीन त्यस जालोमा फसेन । अहिले चीनले ताइवानमाथि आक्रमणको सोच पनि नबनाओस् भन्दै अमेरिकाले चीनमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ ।
यसरी अमेरिकाको कोपमा परेका चीन र रुसका राष्ट्रप्रमुख एससीओ शिखर सम्मेलनमा भेट हुँदा उनीहरूले यसलाई पश्चिमविरुद्ध मोर्चा दह्रो बनाउने अवसरका रूपमा लिने सम्भावनालाई नकार्न सकिन्न ।
एससीओको अर्को महत्त्वपूर्ण मुलुक भारत चाहिँ कुनै पनि खेमामा बस्न इच्छुक रहँदैन । तर एससीओले उपलब्ध गराउने क्षेत्रीय सम्पर्कको अवसरलाई भारत गुमाउन पनि चाहँदैन ।
मध्य एसियाली मुलुकहरूसँग ग्यास पाइपलाइन तथा अन्य परियोजनामा सहकार्य गर्न खोजेको भारतले एससीओको सदस्यतालाई सम्पर्क वृद्धिको माध्यम पनि बनाउन खोजेको छ अनि यसैमार्फत सुरक्षा चिन्तालाई सम्बोधन पनि गराउन खोजेको छ ।
ह्याप्पीमोन जेकब लगायत कतिपय विश्लेषकहरूले भारत द्वैध सुरक्षा चिन्तामा रहेको बताउने गरेका छन् । एकातर्फ क्वाडका रूपमा भारतलाई जलक्षेत्रीय सुरक्षाका लागि अमेरिकाको साथ आवश्यक छ भने अर्कातिर स्थलक्षेत्रीय सुरक्षाका लागि उसलाई रुस र एससीओ मुलुकहरूको साथ अपरिहार्य छ ।
चीनसँगको सीमाविवाद कायम रहेकोमा सम्बन्ध सुधारको लक्ष्यसहित बैठकको साइडलाइनमा मोदी र सीबीच भेट हुने अपेक्षा छ ।
बहुपक्षीय संलग्नताको परराष्ट्रनीति अपनाउँदै भारतले एससीओ मुलुकहरूसँग पनि सुमधुर सम्बन्ध कायम गर्ने अनि त्यसलाई पश्चिमविरोधी खेमामा परिणत हुन नदिने कोशिश गर्नेछ । भूराजनीति भन्दा पनि सुरक्षा तथा आर्थिक मामिलालाई नै केन्द्रमा राख्ने भारतको कोशिश हुनेछ ।
एससीओ शिखर बैठकमा आयोजक राष्ट्र उज्बेकिस्तानका राष्ट्रपति शौतक मिर्जियोयेभले संगठनलाई आधुनिकीकरण गर्नका लागि विभिन्न प्रस्ताव र पहलहरू पेश गर्ने अपेक्षा छ । उनको प्रस्तावले मध्य एसिया तथा बृहत्तर युरेसियाली क्षेत्रमा स्थिरता, सुरक्षा र बहुपक्षीय सहकार्यलाई सुनिश्चित गराउने बताइएको छ ।
समरकन्द बैठकले एससीओको संगठन विस्तारलाई पनि औपचारिकता दिनेछ । इरानले यस बैठकमा दायित्व पत्र (मेमोरेन्डम अफ अब्लिगेसन्स) मा हस्ताक्षर गर्ने सम्भावना छ । त्यसले इरानलाई एससीओको सदस्य बनाउनका लागि बाटो खोल्नेछ ।
त्यससँगै इजिप्ट, कतार र साउदी अरबलाई डायलग पार्टनरको हैसियत दिने स्मरणपत्रहरूमा हस्ताक्षर गरिनेछ । नेपाल, श्रीलंका, टर्की, कम्बोडिया, अजरबैजान र आर्मेनिया एससीओका डायलग पार्टनर हुन् । बहराइन र माल्दिभ्सलाई पार्टनरको हैसियत दिनका लागि परेको निवेदन स्वीकृत गरिने अपेक्षा पनि छ ।
यसरी एससीओको विस्तारको बाटो खुल्दै गएपछि यसको रणनीतिक आयाम प्रकट हुने भारतका लागि उज्बेकिस्तानका राजदूत दिलशोद अखातोभले बताएका छन् । विश्वव्यापी आपूर्ति शृंखलाको विविधीकरण भइरहेको सन्दर्भमा युरेसिया क्षेत्रमा रेल तथा सडक कारिडोरहरूको निर्माण गरी एससीओले रणनीतिक आयाम हासिल गरिरहेको उनको भनाइ छ ।
त्यससँगै एससीओले सामरिक रूप पनि धारण गर्न थालेको छ । पोहोर साल रुसको ओरेनबर्गमा एससीओ सदस्यका सैनिकहरूले आतंकवादविरुद्धको संयुक्त सैन्य अभ्यास पीस मिसन २०२१ आयोजना गरिएको थियो । त्यसअघि पनि यस्ता संयुक्त अभ्यास हुने गरेको भए पनि पोहोर सालको अभ्यासमा सदस्य मुलुकहरूले संयुक्त कमान्डको लक्ष्य हासिल गर्नका लागि जोइन्ट डिरेक्टर यान्ड कमान्ड अर्गनाइजेसन बनाएका थिए । त्यसले सहभागी मुलुकहरूलाई सहकारवाहीको सहजता प्रदान गरेको छ ।
एससीओले रणनीतिक र सामरिक आयाम हासिल गर्दै जाँदा पश्चिमले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने विश्लेषकहरू बताइरहेका छन् । यसलाई खोक्रो बहुपक्षीय संगठनका रूपमा गिल्ला गरिएको भए पनि यसको विस्तार र भूराजनीतिक चरित्र विकासले पश्चिमलाई झस्काउन थालेको छ ।
अस्ट्रेलियाको प्रभावशाली थिंकट्यांक संगठन लावी इन्स्टिच्युटका निक बिस्लेको विश्लेषणअनुसार, एससीओ अनुदारवादी महत्त्वाकांक्षा बोकेका मुलुकहरूको संगठन हो । यसका सदस्य मुलुकहरू नाम मात्रका लोकतन्त्र भएको बिस्लेको कथन छ ।
उनको यो विश्लेषणलाई दृष्टिगत गर्दा अमेरिका नेतृत्वको पश्चिमले चलाएको नयाँ शीतयुद्धको भाष्य (लोकतन्त्र विरुद्ध निरंकुशतन्त्र) एससीओलाई मूल्यांकन गर्ने मापदण्ड बन्न सक्छ । यसरी पश्चिमले नै एससीओलाई भूराजनीतिक चश्माले हेर्ने सम्भावना छ ।
विश्व राजनीतिको दिशामा परिवर्तन ल्याउने गरी भइरहेको युरेसियाको उदयमा मध्य एसियाली मुलुकहरूको भूराजनीतिक महत्त्व उच्च हुनाले पनि एससीओलाई पश्चिमले उचित सम्मान दिनुपर्ने हुन्छ । यसको भूरणनीतिक तथा सुरक्षा आयामलाई सदस्य राष्ट्रहरूले युरेसियाली एकताको लक्ष्यप्राप्तिमा उपयोग गर्न सकेमा पश्चिमी प्रभुत्वको विश्व व्यवस्थामा आमूल परिवर्तन आउन सक्छ ।
तर पाकिस्तान र चीनसँग भारतको सीमाविवादका साथै स्थिर बन्न नसकेको अफगानिस्तानका कारण एससीओले अपेक्षा गरे जस्तो एकीकृत मोर्चा निर्माण गर्न चुनौतपूर्ण देखिन्छ ।
झण्डै एक महिनादेखि देशको ध्यान खिचिरहेको नक्कली शरणार्थी प्रकरणको पहिलो अध्यायस्वरूप ३० जनाविरुद्ध बुधवार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्...
रुसको निजी सैन्य समूह वाग्नरले पूर्वी युक्रेनको बाखमुत (आर्त्योमोव्स्क) शहरमाथि पूर्ण नियन्त्रण कायम गरेको भए पनि पश्चिमाहरू युक्रेनको प्रत्याक्रमण कारवाही सफल हुने दाबी गरिरहेका छन् । त्यसो त विगत केही महि...
युक्रेनको पूर्वी भागमा रहेको बाखमुत शहर लामो समयसम्म चलेको युद्धपछि रुसीहरूको नियन्त्रणमा पुगेको छ । गत शनिवार (२० मे) मा रुसको निजी सैन्य समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले २२४ दिनको लडाइँपछि...
‘वर्तमान गठबन्धन देश सिध्याउने यात्रामा लाग्यो । (राजनीति) देश बनाउने र सिध्याउने दुई ध्रुवमा विभाजित भयो । अब देश बनाउने जिम्मा एमालेको काँधमा छ,’ दुई साताअघि वैशाख १४ गते इलाम पुग्दा एमाले ...
रूपान्तरण र पुस्तान्तरणको बहस हुँदै आएको कांग्रेसमा आधा कार्यकाल पूरा नगर्दै सभापति शेरबहादुर देउवामाथि एकपछि अर्को प्रश्न उठ्न थालेका छन् । पुरानो ढर्राको नेतृत्वले बदलिँदो समयलाई सम्बोधन नगर्दा चुनौती थपिएको...
नेपाली कांग्रेसमा शरीर र स्वास्थ्यले साथ दिएसम्मै राजनीतिको उच्च पद हडप्ने पार्टी परम्परा पुरानै हो । यो अविछिन्न परम्पराविरुद्ध कुनै कालखण्डमा विद्रोह गर्ने कोही पात्र खडा भइदिए पार्टी रचनात्मक बन्छ भन्ने अपेक्षा धेरै...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...