×

NMB BANK
NIC ASIA

‘दशैं जुत्ताचप्पल मेला’मा उपभोक्ताहरूको भिड

भदौ ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डहरूले संचालनमा ल्याएको ‘दशैं जुत्ताचप्पल मेला’मा उपभोक्ताहरूको भिड बढ्न थालेको छ । 

Muktinath Bank

चाडवाड लक्षित मेलामा विशेष अफरसहित अपत्यारिलो मूल्यमा जुत्ताचप् पल पाएपछि मेलामा ग्राहकहरूको आकर्षण चुलिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, बेम्बो सुज, एस लेदरका २ हजारभन्दा बढि आकर्षक र नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको आयोजक तथा शिखर शुजका प्रबन्धक निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

यसअघि पटक–पटक महाकुम्भ जुत्ता मेला संचालन गरेको समूहले नै दशै जुत्ता चप्पल मेला आयोजना गरेका हुन् । ‘उपभोक्ताको पहिलाको क्रेज र विश्वासलाई जित्न फेरि मेला संचालनमा ल्याएका छौं’- प्रसाईले बताए ।

Vianet communication
Laxmi Bank

बजारमा सस्तो जुत्तालाई पनि महँगो मुल्य राखेर उपभोक्ताई ठग्ने गरिएकोमा यो मेलामा जति हो त्यती नै मुल्य राखिदा बार्गेनिङ गरिरहन नपरेको र ठगिनबाट जोगिएको मेलामा जुत्ता छानिरहेका इमाडोलका रविन डंगोलले बताए ।

एउटै छानामुनी उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको आयोजकको भनाई छ । उपभोक्ताले खोजेका हरेक भेराइटीहरू जुत्ता मेलामा उपलब्ध गराइएको आयोजकको भनाई छ ।

‘नेपाली जुत्ताचप्पल पनि यति राम्रा र गुणस्तरीय हुदा रहेछन भन्ने यही मेलामा आएर देखेपछि बल्ल थाहा पाए’ मेलामा साथीसँग घुम्न आएका भक्तपुरका विमल कार्कीले भने –‘सस्तो मुल्यमा राम्रा राम्रा जुत्ता पाएपछि परिवारका अरु सदस्यलाई पनि जुत्ता लगिदिन छानिरहेको छु ।’

कोरोनाले तहसनहस भएको व्यवसायमा यो मेलाले केही आशाको संचार जगाएको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरूको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई एकै छानामुनी छानीछानी जुत्ता खरिद गर्नका लागि मेला उपर्युक्त भएको छ ।

‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ,यसको उद्धेश्य नेपालीहरूले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने नै हो’ अर्का आयोजकले बताए ।

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरूले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x