२७ जेठ २०८३, बुधबार

नेपालमै अन्तर्राष्ट्रियस्तरको क्यान्सरको उपचार हुन्छ

नेपालमै अन्तर्राष्ट्रियस्तरको क्यान्सरको उपचार हुन्छ

क्यान्सर रोग विशेषज्ञहरूले क्यान्सरदेखि डराउनु नपर्ने बताएका छन् । तर, रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनुमा विशेष ध्यान दिनुपर्ने उनीहरूको जोड छ । साथै क्यान्सर रोग पत्ता लागेपछि ढिलो नगरी तत्काल उपचार शुरु गरिहाल्नुपर्नेमा उनीहरूको जोड थियो । 

नेपाल क्यान्सर सहयोग समूहको ३४औँ सुदिप्त क्यान्सर सर्भाइभर मिटको शुक्रवार ललितपुरमा उद्घाटन गर्दै उनीहरूले अहिले नेपालमै अन्तर्राष्ट्रियस्तरको क्यान्सरको उपचार भित्रिसकेको दाबी गरे । नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भएको कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठले नेपालमै अन्तर्राष्ट्रियस्तरको क्यान्सरको उपचार भित्रिसकेकोले महँंगोमा विदेशमा गएर उपचार गर्न जानु नपर्ने भएको बताए । 

‘नेपालमै अन्तर्राष्ट्रिय प्रविधिसहितको क्यान्सरको उपचार हुन्छ’, उनले भने, ‘अन्तर्राष्ट्रियस्तरमा भएको रोवोर्टिक सर्जरी एउटा भित्रन भने बाँकी नै छ । पहिला क्यान्सर रोग निको नहुने रोग भएकोले क्यान्सर ह्याज नो एन्सर भएको तर अहिले क्यान्सर निको पार्न सकिने रोग भएकाले अहिले क्यान्सर ह्याज एन्सर भएको छ ।’

कार्यक्रममा आयोजक नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष डा.स्वरुपा श्रेष्ठ, क्यान्सर रोग विशेषज्ञहरू डा विजेशराज घिमिरे, डा बच्चुकैलाश कैनी, डा रविन जोशी, डा मुरारीमान श्रेष्ठलगायतले क्यान्सर निको हुने रोग भए पनि क्यान्सरको उपचार तत्काल शुरु गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा क्यान्सर रोग लागेर निको भएकाहरूलाई बधाइस्वरुप खादा ओढाई सम्मान गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्