×

NMB BANK
NIC ASIA

संसद्को अन्तिम बैठक

झल्किएन सत्ता पक्ष र विपक्षमा हार्दिकताः चुनावी चुनौती रेकर्ड गराए, तीतो ओकल्दै छुट्टिए

असोज १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभाको कार्यकालको आखिरी बैठकका पनि नेताहरूबीच हार्दिकता देखिएन । २०७४ मंसिरमा निर्वाचित भएर आएको प्रतिनिधि सभाको कार्यकाल आज (शनिवार) अन्तिम दिन हो । अन्तिम बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलीय प्रतिनिधित्वको आधारमा नेताहरूलाई बैठकमा सम्बोधन गर्न समय दिएका थिए । 

Sagarmatha Cement
Muktinath Bank

२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर निर्वाचनको घोषणा गरेका थिए । तर, सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिदिएको थियो । संसद् पुनस्र्थापना भएसँगै अदालतकै आदेशको आधारमा तत्कालीन नेकपा पूर्ववतः एमाले र माओवादी केन्द्रमा फर्कियो । संसद्को अकंगणित पनि सोहीअनुसार फेरबदल भयो । त्यसअघि संसद्मा नेकपाको झण्डै दुई तिहाई नजिकको बहुमत थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलोपटक पुनस्र्थापित संसद्लाई तत्कालीन सरकारले बिजनेस नदिएर अलपत्रजस्तै पारेको थियो । प्रधानमन्त्रीमा रहिरहेका केपी शर्मा ओलीले २०७८ जेठ ८ मा फेरि दोस्रो पटक संसद् विघटन गरेर चुनाव घोषणा गरे । त्यो विघटनलाई पनि २०७८ असार २८ मा सर्वोच्च अदालतले नै बदर गरिदियो । संसद् फेरि पुनस्र्थापित भयो । त्यसपछि भने संसद्मा नयाँ अंक गणित कायम भयो ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन बन्यो । संसद्को सबैभन्दा ठूलो दल प्रतिपक्ष भूमिकामा पुग्यो । त्यसयता संसद् राजनीतिक दलहरूको स्वार्थ साँध्ने थलो बन्दै आयो । सत्ता पक्ष र विपक्षको कोपभाजनमा संसद् रहिरह्यो । एमालेले निरन्तर ९ महिनासम्म संसद् अवरोध गरिरह्यो । 

Vianet communication
Laxmi Bank

विशेष अवसरमा संसद् बैठकलाई सम्बोधन गर्ने क्रममा पक्ष, विपक्षका नेताहरूले एक अर्काको उछितो काढ्ने गरेका थिए । संसद्को रोस्टमबाटै सत्ता पक्षका नेताले प्रतिपक्षलाई र प्रतिपक्षका नेताले सत्ता पक्षका नेतालाई भरपूर गाली गर्थे । सांसदहरू आफ्ना नेताको लाइनअनुसार टेबल ठोक्थे । लाग्थ्यो, संसद्मा गाली बाचन प्रतियोगिता चलिरहेको छ । 

संसद्को आखिरी बैठक पनि त्यसबाट अछुतो रहेन । नेताहरूले एकअर्कालाई होच्याए, गाली गरे । प्रश्न ठड्याए र एक अर्कालाई चुनौती खडा गरे । सकेको बदला तिर्ने प्रयास गरे । 

सभामुख अग्निप्रसाद सापकोटाले शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बोल्ने समयमा दिएका थिए । नेताहरूका लागि दन्त बझानको मार्ग भने देउवाले नै खोलिदिएका थिए । 

उनले आफ्नो सम्बोधनमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीलाई इंगित गरेर भनेका थिए, ‘हुन त प्रतिपक्षी दलको नेताले संसद् नै परमादेशको सरकार भन्नु हुनेछ, परमादेशले नै हामीलाई भेट गर्ने मौका दिएको छ । न्यायालयले न्याय गरेको छ ।’

देउवाले सर्वोच्च अदालतले परमादेश जारी नगरेको भए संविधान र संसद् नै नरहने र सँगै काम गर्ने अवस्था नहुने आशयको अभिव्यक्ति संसद्मा राखेका थिए । 

‘यो संसदै परमादेशको हो, उहाँहरू परमादेशबाटै आएर हामीसँग सहकार्य गरेर बसिरहनुभएको छ । त्यसकारणले परमादेश नआएको भए उहाँ र हामी यसरी सहकार्य गरेर सँगै काम गर्न पाउने थिएनौँ’, देउवाले भनेका थिए । 

देउवाले बोलेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीलाई सभामुख सापकोटाले बोल्ने समय दिए । 

ओलीले शुरूमा प्रतिपक्ष दलका नेताले बोल्न नपाएकोमा रोष प्रकट गरे । ‘अहिलेका प्रधानमन्त्री प्रतिपक्षमा हुँदा प्रधानमन्त्रीभन्दा पहिला प्रतिपक्षी दलको नेतालाई सम्बोधन गर्न दिने निर्णय भएको थियो, आज सभामुखले किन त्यसो गर्नुभएन’, ओलीले भने, ‘प्रतिपक्षमा भए पनि यो कुरा अहिले गर्दिन । चुनाव घोषणा गर्दा प्रतिगमन भयो भन्नु प्रतिपक्षी दलको नेताले पहिला बोल्न पाउँछ भनेर बेल घेरेजस्तै हो ।’

आफूले संसद् विघटन गरेर चुनाव घोषणा गर्दा प्रतिगमनको आरोप लागेको विषयबारे ओलीले अन्तिम बैठकमा पनि बचाउ गर्न छाडेनन् । 

‘अहिले सरकारले चुनाव घोषणा गरेको छ र आजबाट संसद्को म्याद सकिँदै छ । त्यसो हो भने तपाईंले पनि प्रतिगमन गर्दै हुनुहुन्छ । अवस्था त्यस्तो हो ?’, ओलीले भने, ‘निर्वाचनमा जाने कुरालाई प्रतिगमन भनिँदैन । असंवैधानिक ढंगले नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिगमन हो । निर्वाचनमा जाने कुरा पहिले पनि प्रतिगमन थिएन । अहिले पनि प्रतिगमन होइन् ।’ 

बरू अहिलेको सरकार अदालतको बलमा असंवैधानिक ढंगले गठन भएको ओलीले जिकिर गरेका थिए ।

‘सरकार बनाउने जनप्रतिनिधि संस्थाको अधिकार खोसेर अन्यत्र कतैबाट प्रयोग गर्नुपर्छ भन्ने संवैधानिक व्यवस्था कहाँ छ ? संविधानको उल्लंघन गराएर तपाईंहरूले गराएको परमादेश अहिले त छताछुल्ल भइसक्यो नि’, ओलीले रोष्टमबाट भने ।

ओलीले सम्बोधन सकेपछि बोल्ने पालो आयो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को । ओलीले देउवाको भनाइलाई इंगित गर्दै दिएको जवाफप्रति केन्द्रित हुँदै प्रचण्डले ओलीको चर्को आलोचना गरे । 

उनले संसद् विघटन संविधानको मर्मविपरीत भएको र अहिले ओलीले बनावटी तर्क गर्ने गरेको भन्दै ओलीले जनतालाई भेडो ठान्ने गरेको चर्को टिप्पणी संसद्मा प्रस्तुत गरे । 

‘तीनवर्ष पुग्दानपुग्दै संविधानको मर्म र भावनाअनुसार सरकार अगाडि जान सकेन । मलाई अनौठो पनि र अलि–अलि आश्चर्य पनि लाग्यो’, प्रचण्डले रोस्टमबाट भने, ‘प्रमुख प्रतिपक्षी दलको नेताले प्रतिगमनको पनि ब्याख्या पनि गर्नुभयो, लोकतन्त्रको पनि व्याख्या गर्नुभयो । जसले जे भने पनि हुने होकी क्या हो जस्तो पनि लाग्यो मलाई । संविधानमा हुँदै नभएको अधिकार, सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइँदैन भनेर हामी सबैले सचेत भएर व्यवस्था गरेको होइन ?’

संविधान व्याख्या भएको प्रधानमन्त्रीको अधिकारको बारेमा उनले आफ्नो अभिव्यक्ति राखेका थिए । 

ओलीले पार्टी भित्र काम गर्न दिइएन भन्ने बाहनामा हठात संसद् विघटन गरेको प्रचण्डको दाबी थियो । प्रचण्डले भने, ‘विपक्षी दलको नेताले कता–कता तुलना गर्दिनु भो । अहिले पनि निर्वाचन गरेको प्रतिगमन हो । तुलना गर्ने पनि एक हद हुन्छ नि । हामी यहाँ बसेहरू केही नि नबुझ्ने छन् भन्ठान्नुभा हो की, अथवा नेपाली जनताले केही नि जान्दैनन्, भेडै छन् भन्ठान्नुभा होकी ?’

संसद्को अन्तिम बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नबोलेर अर्का नेता झलनाथ खनाललाई बोल्न लगाए । 

खनालले पनि आफ्नो भनाइ ओलीप्रति नै केन्द्रित गरेका थिए । 

सम्बोधनको क्रममा उनले ‘चार वर्ष सरकार चलाउँदा के चाहिँ कालजयी काम भयो ?’ भनेर केपी ओलीलाई प्रश्न गरे ।

‘मैले गरेको काम गिनिज बुकमा लेखिनुपर्छ भनेर मान्छेहरू कुर्लिने गरेका छन्’, ओलीलाई लक्षित गर्दै खनालले संसद्मा भने, ‘देशमा के भएको छ र कुर्लिने ? खड्गप्रसाद शर्मा ओलीले सम्झनलायक के काम गरे ? धरहरा बनाए भन्ने हो ? रानीपोखरी बनाए भन्ने हो ? रानीपोखरी त प्रताप मल्लले बनाएका होलान नि । धरहरा भीमसेन थापाले बनाएका हुन् । स्थापना गर्नेको नाम हुन्छ कि मर्मत गर्ने को नाम ?’

केपी ओलीको नेतृत्वको कम्युनिष्टहरूको झण्डै दुई तिहाई नजिकको बहुमतको सरकार रहेको तर, देशभरका किसानको समस्या सम्बोधन गर्दै कुनै पनि काम हुन नसकेको टिप्पणी खनालले गरेको थिए । 

त्यसैगरी, २०७४ को चुनावको बेला बनेको एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्र कार्यान्वयन गर्ने पक्षमा एउटा पनि काम नभएको खनालले बताए । 

‘चार वर्ष सरकार चलाउँदा किसानका समस्यामा ध्यानै नदिनेहरू अब चुनाव के भनेर जान्छन् होला ? तर, उनीहरू नै दुई तिहाइ ल्याउँछौ भनिरहेका छन् । २÷३ जना मात्रै संसद्मा आउने भनेको हो कि ? साँच्चैको दुई तिहाइ आउँछ भनेको हो ?’, खनालले प्रश्न गरे । 

त्यति मात्रै होइन, २०७४ को चुनावी घोषणा पत्रमा भएको एउटा पनि व्यवस्था कार्यान्वयन गरे भनेर देखाउन खनालले संसद्बाटै ओलीलाई चुनौती दिए ।

ओलीले जनादेशअनुसार काम नगरी संसद् विघटन गरेर देशलाई बर्बादीमा लैजाने प्रयास गरेको आरोप पनि उनले लगाए । 

‘तपाईंले देश कता लैजान लाग्नुभएको थियो ? संविधानको कुन धारामा जानुभयो ? यो पार्टी व्यवस्था हो । बहुदलीय व्यवस्था हो । यस्तो व्यवस्थामा पार्टीको सरकार हुन्छ’, खनालले भने, ‘कहिले काहीँ सन्की, आकाशे खोर्सानीजस्तो भुइँमा नफर्कने, पार्टी नहेर्ने, पार्टीको नीति नमान्ने प्रधानमन्त्री आउन सक्छ भनेर नै संसद् विघटन गर्ने अधिकार संविधानले दिएको छैन ।’

सर्वोच्च अदालतले दुईपटक संसद् विघटन असंवैधानिक भनेर व्याख्या गर्दा पनि ओलीको आँखा नखुलेको खनालले बताए । ‘संसद्ले अधिकार नै नदिएको कुरालाई कुनै प्रधानमन्त्रीले जबर्जस्त मेरो अधिकार हो भन्छ भने संविधानको व्याख्या त सर्वोच्च अदालतले नै गर्ने हो । दुई पटक अदालतले असंवैधानिक भनिदिँदा पनि दिमाग खुल्दैन भने के कुराले दिमाग खुल्छ त ? आगामी चुनावले ? त्यसो भए आगामी चुनावमा हेरौँ न त’, खनालले भने । 

तत्कालीन नेकपामा ४/५ नेतालाई समेत मिलाउन नसक्नेले देश हाँक्छु भन्ने गरेको भन्दै खनालले ओलीलाई व्यङ्ग्य गरे । उनले भने, ‘त्यसबेला नेकपाको सचिवालयका नौ जनामध्ये केही त उहाँकै पक्षमा हुनुहुन्थ्यो । त्यसबाहेकका ४/५ जनालाई मनाउन नसक्ने व्यक्तिले कसरी देश विकास गर्न सक्छ ?’

केपी ओलीले कामै गर्न नदिएको भन्ने गरेको तर, कसैले असहयोग नगरेको खनालले दाबी गरे । ‘उहाँले ४ वटा नीति तथा कार्यक्रम ल्याउनुभयो, ४ वटा बजेट ल्याउनुभयो । ती त सबै खुरुखुरु पास भएका थिए । कसैले अवरोध गरेको थिएन । कसले असहयोग गर्‍यो र ?’, खनालले भने ।

खनालले कुनै पनि पार्टीले एकल बहुमत ल्याउने अवस्था नभएकाले नेपालमा गठबन्धनको राजनीति शुरू भएको भन्दै सत्तारूढ गठबन्धनको बचाउमा आफ्ना शब्द खर्चिएका थिए । उनले भने, ‘हामीलाई बहुमत ल्याउने आकांक्षा छ तर, बहुमत ल्याउन व्यहारमा उत्तिकै कठिन पनि छ ।’ २०७४ को निर्वाचनमा वामपन्थी दलहरूले दुई तिहाई नजिकको मत ल्याउन संयोग भएको उनले बताए । 

‘गठबन्धन भनेर अर्कै ढंगले हेर्नुपर्ने छैन । कोही राप्रपासँग गठबन्धन गर्छन्, कोही कांग्रेससँग गर्छन् । कोही राजतन्त्रवादीसँग गर्छन्, कोही गणतन्त्रवादीसँग गर्छन्, गठबन्धन त सबैले गर्छन्’, खनालले भने ।

संसद्मा बोलेका धेरैजसो नेताले ओलीको आलोचना गरे तर, एमाले अध्यक्ष ओली भने आफ्नो सम्बोधन राखेर बैठकबाट बाहिरिएका थिए ।

पछिल्लो करिब डेढ वर्ष संसद् राजनीतिक नेताहरूको तुष्टि अभिव्यक्त गर्ने मञ्च बन्दै आएको थियो । संविधान जारी भएपछि निर्वाचित भएको पहिलो प्रतिनिधि सभाको अन्तिम बैठकलाई पनि नेताहरूले मनको तीतो पोख्ने थलो बनाए । 

उनीहरूको अभिव्यक्तिमा हार्दिकता झल्किएन । बरु, मंसिर ४ मा हुने चुनावमा कसले कसलाई पछार्ने चुनौती संसद्मा रेकर्ड गराएर नेताहरू छुट्टिए ।

संसद्को अन्तिम बैठकलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले सम्बोधन गरेका थिए । 

संसद्को अन्तिम बैठकको अन्तिम वक्ता नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल बनेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x