×

महाभियाेग प्रकरण

बोरिस यल्सिनले रूसको संसद्मा जस्तै गठबन्धनले अदालतमा गोलाबारी गर्‍यो– ओली

असोज २, २०७९

सत्तारूढ गठबन्धनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग प्रस्तावमा बिलम्ब गरेर सफाइ दिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । 

Laxmi Bank

आइतवार ओली निवास बालकोटमा सञ्चाकर्मीहरूसँग कुराकानी गर्दै उनले गठबन्धनले प्रक्रिया अघि नबढाएर जबरालाई सफाइ दिएको बताएका हुन् । उनले भने, ‘संसदको कार्यकाल सकियो । महाभियोगको प्रस्ताव पारित भएन । दर्ता भयो र पारित भएन भने कुरा सिद्धियो ।’


Advertisment

रूसको संसद्मा बोरिस यल्सिनले गोलाबारी गरेको स्मरण गर्दै नेपाल सत्तारूढ गठबन्धनले सर्वोच्च अदालतमा गोलाबारी गरेको आरोप लगाए । ‘बोरिस यल्सिनले रुसको संसद्मा गोलाबारी गरेका थिए, गठबन्धनले अदालतमा गोलाबारी गर्‍यो । यस्ता बोरिस यल्सिनलाई के भन्ने ?’, ओलीले भने । 


Advertisment

महाभियोग प्रस्ताव नयाँ निर्वाचित संसद्ले निर्क्योल गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नमा ओलीले भने, ‘यो यो जिन्दगीभर चलाउने विषय होइन । हरेक विषयको कार्यकाल हुन्छ । अवधि हुन्छ । सत्तामा पुगेर सेना प्रहरी हातमा छ भनेर जे गरे पनि हुन्छ । लोकतन्त्रमा यस्तो तमासा हुन्छ ?’

प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावलाई सत्तारूढ गठबन्धनले गणितीय खेल र षड्यन्त्र बनाएको र यो दुःखको कुरा भएको ओलीले बताए । 

‘अहिलेको सरकारले प्रधानन्यायाधीशलाई त घेर्छ भने संसदका कर्मचारीलाई के गर्छ ?’, उनले भने । संसद सचिवालयले संसदको अवधिभरिमा महाभियोगको विषय टुंगो लगाउन सकेन भनेर सर्वोच्च अदालतलाई पत्र लेख्नुपर्ने पनि ओलीले बताए ।

‘महाभियोगको प्रस्ताव ७ महिनासम्म अनिर्णित गर्ने काम सत्ता पक्षले ग¥यो । राज्यका सबै निकाय शक्ति पृथकीकरणको सिद्धान्तअनुसार चल्नुपर्छ’, उनले भने । 

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x