×

NMB BANK
NIC ASIA

भक्तपुर नगरपालिकाले दियो १२० विद्यार्थीलाई ६१ लाखको छात्रवृत्ति

असोज २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई करिब रु ६१ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ । उपप्रमुख रजनी जोशीले छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको बताए । 

Muktinath Bank

यस वर्ष भक्तपुर नगरपालिकाले व्यवस्थापनमा ६३, विज्ञानमा ३८, मानविकीमा नौ र शिक्षा विषयमा ६ जना गरी एक सय २० जनालाई छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाउने विद्यार्थीहरू ख्वप मावि, बागिश्वरी मावि, वासु मावि र आदर्श आजाद कलेजका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ को प्रावधानअनुसार छात्रवृत्ति छनोट समितिको निर्णय, योग्यताक्रम र प्राथमिकताका आधारमा छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुख सुनील प्रजापतिले बताए । विद्यार्थीले आफ्नो क्षमताअनुसारको विषय रोजेर उच्च शिक्षा हासिल गर्नु उचित हुने सुझाव दिँदै उनले अध्ययनशील र मेहनती विद्यार्थीहरूको हरेक क्षेत्रमा विशेष महत्व रहने बताए । 


Advertisment
Nabil box
Kumari

ख्वप कलेजलाई हालै बिएएलएलबी अध्ययन अध्यापनका लागि स्वीकृति प्राप्त भइसकेको जानकारी दिँदै उनले शिक्षाकै कारण विकसित देशहरू आर्थिक, सामाजिक र राजनैतिक रुपमा अगाडि बढिरहेको बताए । 

Vianet communication
Laxmi Bank

उपप्रमुख जोशीले शिक्षा विनाको जीवन अर्थपूर्ण नहुने बताउँदै नगरपालिकाले कक्षा ११ र १२ मा बाहेक नेपालभाषा, भूगोल, राजनीतिशास्त्र, इतिहास र संस्कृति विषय लिएर अध्ययन गरेका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिरहेको अवगत गराए । उनले नगरपालिकाले प्रदान गरिरहेको शैक्षिक ऋणबाट पनि धेरै विद्यार्थीलाई उच्च शिक्षा प्राप्त गर्न मद्दत पु¥याइरहेको बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x