असोज १५, २०८०
पर्वत– जिल्लाका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाई सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् । यस्तै समस्या रहेको छ, कुश्मा नगरपालिका–१२ ठूली...
शिक्षाविद्हरूले शिक्षाले राष्ट्रियता र उत्पादनलाई जोड्न नसके मुलुकको समग्र शिक्षा प्रणाली नै विफल हुने बताएका छन् । सोमवार राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको विद्यालय तहको परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा विषयक छलफल कार्यक्रममा बोल्दै शिक्षाविद्हरूले यस्तो बताएका हुन् ।
उनीहरूले विद्यार्थीहरूलाई दिने शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको बताए । शिक्षाविद्हरूले उच्च ग्रेडिङ ल्याएका विद्यार्थीहरूसमेत अहिले विदेश जाने लाइनमा बस्ने गरेको बताए । शिक्षाविद् विद्यानाथ कोइरालाले निजी विद्यालयहरूले क्याम्पस तल आएको र सरकारले विद्यालयमाथि भन्ने दुईवटा बुझाई भएको कारण विद्यार्थीहरू समस्यामा परेको दाबी गरे ।
विद्यार्थीहरूलाई सरकारले एसईई दिएरपश्चात के विषय लिएर बढ्ने भन्ने स्पष्ट मार्गनिर्देशन गर्न नसकेको कोइरालाले बताए । उनले विश्वविद्यालय लचिलो नभए विद्यालयहरूमाथि गएको अर्थ नहुने बताए । उनले क्याम्पस तल आएको र विद्यालय माथि गएको भन्ने विषय स्पष्ट निजी विद्यालयहरूको छुट्याउन सुझाव दिए ।
शिक्षाविद् कोइरालाले विद्यालयका शिक्षकहरूको कमजोरीको कारण विद्यार्थीहरूको नतिजा राम्रो नआएको बताए । उनले अब विद्यार्थीहरूको नतिजा राम्रो बनाउनको लागि शिक्षकहरूलाई पनि अब्बल बनाउन आवश्यक रहेको बताए ।
त्यस्तै शिक्षाविद् मनप्रसाद वाग्लेले सरकारले शिक्षाविद्हरूले दिएको सुझाव तथा कुरा सुन्न छोडेको गुनासो गरे । उनले मन्त्रालयमा मन्त्रीहरूको गणेश बनेर घुम्नेहरूको मात्रै कुरा सुनेर कार्यान्वय हुने गरेको बताए । वाग्लेले २०७३ साउन १ गतेको ग्रेडिङ प्रणालीको शिक्षा मन्त्रालयको निर्णयलाई मन्त्रालयले नै कुल्चिएर एसईई परीक्षा ध्वस्त बनाएको आरोप लगाए । उनले मुलुकभरका विद्यार्थीहरूलाई विद्यालय, क्याम्पस तथा युनिभर्सिटीहरूमा विद्यार्थीहरूलाई सिकाउने भन्दा पनि पढाउने काम मात्रै हुँदा गुणस्तरीयता कम हुँदै गएको बताए ।
त्यस्तै अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकारले शिक्षालाई देशको उत्पादन र अन्य चारित्रिक कुराहरूमा जोड्न नसके देशको समग्र शिक्षा प्रणाली फेलियर हुने बताए । उनले विद्यालय तह र क्याम्पस तहको नजितालाई कुनै एउटा निकायले अनुसन्धान गर्नुपर्ने बताए । भण्डारीले राष्ट्रको क्षमता मापन गर्ने राष्ट्रिय परीक्षा एसईईको नतिजाले शिक्षा क्षेत्रमा डरलाग्दो अवस्था देखिएको बताए । उनले यो वर्षको एसईईको नतिजाले सरकारको शिक्षामा लगानी नपुगेको देखिएको बताए । उनले शिक्षामा लगानी नपुगेको वा लगानीको प्रतिफल लिन नसकेको र विद्यार्थी पढ्न नगएको स्पष्ट हुनुपर्ने बताए ।
पर्वत– जिल्लाका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाई सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् । यस्तै समस्या रहेको छ, कुश्मा नगरपालिका–१२ ठूली...
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा आलोपालोका लागि भएको सहमतिबमोजिम अध्यक्षमा सहअध्यक्ष सुवास न्यौपानेको आजदेखि कार्यकाल शुरू गरेका छन् । सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जम...
बागलुङको नेपाल माध्यमिक विद्यालयलाई दक्षिण कोरियाली सरकारले सहयोग गर्ने भएको छ । विद्यालयको स्तर उन्नतीका लागि नेपाल सरकार र दक्षिण कोरियाली प्रतिनिधि मण्डलबीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा एक सम्झौता ...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार शैक्षिक सत्र २०८०–०८१ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीले रजिस्ट्रेसन फाराम पुस १५ भित्र भर्ने र...
रुपनी जीएम वरिपरि सानासाना नानीहरू, तीनै नानीहरूको बीचमा बसेर क, ख, ग, घ र १, २, ३, ४ सिक्दै गरेकी दुजीकुमारी ओली । उमेरले उनी ५० वर्ष नाघिसकेकी छिन् । हेर्दा लाग्छ, उनी ती नानीबाबुलाई सिकाउने श...
सरकारसँग ६ बुँदे सहमति गर्दै स्थायी शिक्षकहरू विद्यालय फर्किए पनि राजधानीका सडकमा अझै आन्दोलन चलिरहेको छ । राहत शिक्षक, बाल विकास शिक्षक, पेन्सन वञ्चित शिक्षक, विद्यालय कर्मचारी संघ र उच्च माध्यमिक तह शिक्षक सं...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...