×

NMB BANK
NIC ASIA

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ मा सोमवार राति गोली लागेर मृत्यु भएका हरिवन नगरपालिका–२ घर भएका लाला मोहम्मदको अपराधको बाटोले आफ्नै ज्यान लिएको छ । 

Muktinath Bank

२०६४ असार २० गते अनामनगरस्थित धोवी खोलामा बाराका बलराम पटुवालाई गोली हानी हत्या गरेको अभियोगमा उनी १० वर्ष जेल जीवन बिताएर बाहिर निस्केका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई पनि त्यसरी नै बलराम पटुवा समूहले गोली हानी हत्या गरेको प्रहरीले अनुमान लगाएको छ । 


Advertisment
Nabil box
Kumari

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार घटनामा २०६४ सालको बदला लिएको देखिन्छ । 

Vianet communication
Laxmi Bank

मोहम्मद भारतीय नक्कली नोटमा संलग्न रहेको पनि प्रहरी अधिकारीले बताएका छन् । 

‘उनले भारतीय नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने पनि खुलेको छ । हामीले अनुसन्धान गरिरहेका छौँ,’ एक अधिकारीले लोकान्तरसँग भने ।

बलरामको गोली हानी भएको हत्या अभियोगमा लाल मोहम्मद र पप्पु गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो । सोही घटनामा संलग्न अर्का व्यक्ति मुन्नु खान भनिने इल्ताव हुनेस अन्सारीलाई प्रहरीले २०६६ सालमा पक्राउ गरेर मुद्धा चलाएको थियो ।

भारतीय नक्कली नोट कारोबारको विषयमा विवाद हुँदा त्यो समयमा लाल मोहम्मदको समूहले बलरामलाई गोली हानेको प्रहरीले निष्कर्ष निकालेको थियो ।

प्रहरी अधिकारीहरूका अनुसार उनीहरूले पाकिस्तानबाट नक्कली नोट ल्याएर भारतसम्म पुर्‍याउने गरेको देखिएको थियो ।

लाल मोहम्मदको हिजोे(सोमवार) बेलुका अज्ञात समूहले गोली हानेर फरार भएका छन् । 

गोठाटारमा एजेन्जर इन्टरप्राइजेज वर्ड वेष्ट गार्मेन्ट सञ्चालन गर्दै आएका लाल मोहम्मदलाई बेलुका आफ्नो गार्मेन्टको अगाडि गोली प्रहार भएको हो । 

घटना भए लगत्तै उनलाई नजिकैको अस्पताल लगिएको थियो । 

त्यहाँ उपचार हुन नसकेपछि टीयू टिचिङ अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । 

टाउको २ वटा गोली, दायाँ हात र दायाँ गोडामा गोली लागेका उनको अस्पतालले सोमवार राति नै मृत घोषणा गरेको थियो ।

प्रहरी अधिकारीहरूका अनुसार उनी बेलुका गार्मेन्टलाई चाहिने सामान बा६च ५१५२ नम्बरको गाडीमा लिएर फर्किएका थिए । गोठाटार गार्मेन्ट अगाडि आएर गाडीबाट झर्ने बित्तिकै उनलाई रातो सर्ट र जिन्स पाइन्ट लगाएर आएका एक जना व्यक्तिले गोली प्रहार गरेको सार्वजनिक भएको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । 

उनलाई ती व्यक्तिले गाडी वरिपरी लखेटी लखेटी गोली हानेका थिए । 

प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल बरामद गरेको छ भने उनीहरु फरार छन् । 

माथिल्लो तलामा लाला मोहम्मदका परिवार बस्दै आएका थिए भने तल्लो तल्लामा गार्मेन्ट चलाउँदै आएका थिए । 

गोली चलेपछि उनकी छोरी घरको माथिल्लो तल्लाबाट हाम फालेर गोली हान्ने व्यक्तिलाई लखेटेको सीसीटीभी क्योमरामा कैद भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x