×

NMB BANK
NIC ASIA

गाडी फिर्ता गर्न विलम्ब

प्रदेश सभाको कार्यकाल सकियो तर सरकारी गाडीहरू नेताकै कब्जामा

असोज ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश सभाको कार्यकाल सकिए पनि प्रदेशसभा अन्तर्गतका विषयगत समितिका निवर्तमान सभापति, दलका नेता र प्रमुख सचेतकहरूले आफू चढ्दै आएका सवारीसाधन फिता गरेका छैनन् ।

Muktinath Bank

प्रदेशसभा सदस्यको पदावधि असोज १ गते राति १२ बजेदेखि सकिए पनि पदीय सुविधा स्वरूप संसद सचिवालयले उपलब्ध गराएका गाडी फिर्ता गर्न आलटाल गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवारदेखि संसदको गाडी चढ्नु अनैतिक हो । प्रदेशसभा सचिवालयले संसदीय समितिका सभापति र दलका नेता र प्रमुख सचेतकलाई गाडी सुविधा उपलब्ध गराउँदै आएको छ । 


Advertisment
Nabil box
Kumari

सभापति, नेता र प्रमुख सचेतकले गाडीसँगै इन्धन, मर्मत खर्च पनि पाउँछन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले कसैले पनि अहिलेसम्म गाडी फिर्ता नगरेको बताए ।

Vianet communication
Laxmi Bank

‘हामीले अझै औपचारिक कार्यक्रम राखेर माननीय ज्यूहरूलाई बिदाइ कार्यक्रम राखेका छैनौं,’ सचिव पुनले भने, ‘गाडी अहिलेसम्म कुनै समितिका सभापति, दलको नेता र सचेतकले बुझाउनुभएको छैन ।’

लुम्बिनी प्रदेशमा ६ वटा विषयगत समिति थिए । सरकार हेरफेरसँगै डेढ वर्षदेखि रिक्त समितिले गएको साउन १३ गते मात्र पूर्णता पाएका थिए ।
 
संसद सचिवालयका सहायक स्टोर किपर (नायब सुब्बा) दीपेन्द्र पन्थीले कुनै समितिका सभापति, दलका नेता, प्रमुख सचेतकबाट गाडी फिर्ता नभएको बताए । पन्थीले सचिवालयका पदाधिकारी र प्रमुख सचेतकका स्वकीय सचिवहरूले चढ्ने मोटरसाइकलहरू पनि फिर्ता नगरिएका जानकारी दिए ।

सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले आफू काठमाडौंमा रहेकाले प्रदेशसभा सचिवालयलाई घरमा रहेको गाडी चालक पठाएर लैजान अनुरोध गरिसकेको बताए । उनले भने, ‘मलाई गाडीको लोभ छैन । घरमा गाडी छ । सचिवालयलाई चालक पठाएर गाडी लैजान भनिसकेको छु ।’ पन्थी पनि गएको साउनमा सभापतिमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले केही दिनभित्र गाडी संसद सचिवालयमा फिर्ता गर्ने बताए । ‘पदीय सुविधाले दिएको गाडी पद सकिएपछि फिर्ता गरिहालिन्छ नि !’ खानले भने, ‘प्रदेश सभाको कार्यकाल कहिले सकिने भन्नेमा विरोधाभास छ ।’ 

नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेबाट बनेका विषयगत समितिका सभापतिहरूले एकसाथ गाडी सभामा फिर्ता गर्ने तयारी गरेको बताए । अर्थ, उद्योग तथा पर्यटन समितिकी सभापति तारा जिसीले आफू गृहजिल्ला प्यूठानमा भएकाले २/३ दिनभित्र बुटवल आएर गाडी फिर्ता गर्ने बताइन् ।

राष्ट्रिय जनमोर्चाकी एकमात्र प्रदेश सांसद रहेकी जिसीले भनिन्, ‘चालक बिरामी हुनुहुन्छ । प्रदेशसभा सचिवालयसँग कुराकानी भएको छ । गाडी फिर्ता गर्छु ।’ 
 
प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माले सभाको म्याद कहिले सकिने भन्ने अन्योल हुँदा गाडी फिर्ता नगरेको बताइन् । आफू जतिबेला पनि गाडी फिर्ता गर्न तयार रहेको शर्माको भनाइ छ । 

कृषि, वन तथा वातावरण समितिका सभापति जाल्ला भुसाल, सामाजिक विकास समितिका सभापति बाबुराम गौतम, भौतिक पूर्वाधार समितिका सभापति ढाँटी सुनार पनि आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छैनन् । माओवादीका प्रमुख सचेत तुलाराम घर्तीमगरले पनि गाडी फिर्ता गरेका छैनन् ।

ट्रान्सपरेन्सी इन्टरनेसन नेपालका पूर्व अध्यक्ष खेमराज रेग्मीले पदीय रूपमा पाएका गाडी फिर्ता गर्न ढिलाइ गर्न नहुने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x