×

NMB BANK
NIC ASIA

गाडी फिर्ता गर्न विलम्ब

प्रदेश १ मा पनि फिर्ता भएन गाडी : निवर्तमान सांसदहरू सरकारी सवारीमा सरर !

असोज ४, २०७९

NTC
Sarbottam
फाइल तस्वीरमा प्रदेश १ को प्रदेश सभा बैठक
Premier Steels
Marvel

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको ५ वर्षे कार्यकाल सकिएको छ । कार्यकाल सकिए पनि सांसदको हैसियतमा प्राप्त गरेका सवारीसाधन तथा अन्य सामग्रीहरू प्रदेशसभा सदस्यले फिर्ता गरेका छैनन् । 

Muktinath Bank

१ नम्बर प्रदेश सभामा संसदीय दलका नेता, समितिका सभापति, प्रमुख सचेतक तथा प्रमुख प्रतिपक्षी दलका नेता/उपनेतालाई संसद् सचिवालयले गाडी उपलब्ध गराएको थियो । सभाको कार्यकाल सकिएपछि केही सांसदले नैतिकता देखाउँदै गाडी बुझाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद् सचिवालयका प्रवक्ता चन्द्रमणि पोख्रेलका अनुसार नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले प्रयोग गर्दै आएको सरकारी गाडी प्रदेशसभा सचिवालयलाई भदौ २७ गते नै बुझाएका थिए । नेता कोइरालाले को१झ ६५४ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए । 


Advertisment
Nabil box
Kumari

उनको नाम प्रतिनिधिसभा चुनावका लागि सुनसरीबाट सिफारिस भएको छ । प्रतिनिधि सभाका लागि उम्मेदवारमा नाम सिफारिस भएपछि गाडी प्रदेशसभा सचिवालयलाई बुझाएको उनले बताए । निर्वाचन आइरहँदा त्यसको तयारीमा लाग्नुपर्ने भएकाले दुरुपयोगको आरोप नलागोस् भनेर आफूले प्रयोग गर्दै आएको गाडी बुझाएको उनले बताए । 

Vianet communication
Laxmi Bank

अर्थ समितिका सभापति मोहन खड्काले आइतवार संसद् सचिवालयमा सवारीसाधन फिर्ता गरेका छन् । ‘निर्वाचन आयोगले तिमीहरूको पदावधि सकिएको भनेपछि हामीले जबरजस्ती त गर्नुभएन नि !’ खड्काले भने, ‘कानून बनाउनेले नै कानूनको पालना गर्नुपर्‍यो नि !’ उनले को१झ ६६० नम्बरको गाडी प्रयोग गर्दै आएका थिए ।

सुशासन तथा योजना समितिका सभापति अर्जुन राईले पनि गाडी फिर्ता गरेका छन् । उनले ६५० नम्बरको गाडी फिर्ता गरेका हुन् । 

न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले स्वकीय सचिवमार्फत संसद् सचिवालयलाई गाडी पठाएका छन् । उनले को१झ ६५९ नम्बरको गाडी प्रयोग गरेका थिए । उनले प्रयोग गर्ने गरेको ल्यापटप भने फिर्ता गरेका छैनन् । अन्य सभापतिले ल्यापटपको सुविधा नलिए पनि उनले भने लिएका थिए । समितिले नै ल्यापटप खरिद गरेर सभापति पराजुलीलाई उपलब्ध गराएको थियो । 

गाडी फिर्ता आए पनि ल्यापटप फिर्ता नआएको प्रवक्ता पोख्रेलले बताए । ‘क्लीन चिटको पत्र लिन आउँदा उहाँले ल्यापटप ल्याउनुहुन्छ होला,’ प्रवक्ता पोख्रेलले भने, ‘फिर्ता नगरे उहाँलाई नै अप्ठ्यारो पर्न सक्छ ।’

सार्वजनिक लेखा समितिका सभापति शिव नारायण गनगाइले पनि प्रयोग गर्ने गरेको को१झ ६५३ नम्बरको गाडी आफैंले प्रयोग गर्दै आइरहेका छन् । 

सामाजिक विकास समितिका सभापति सरिता थापाले प्रयोग गर्ने को१झ ६५२ नम्बरको गाडी पनि फिर्ता गरेकी छैनन् । उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति सिता थेबे जबेगुले पनि फिर्ता गरेकी छैनन् । उनले को१झ ६५७ नम्बरको गाडी प्रयोग गर्ने गरेकी थिइन् ।

प्रदेश सभामा प्रायःजसो चर्चामा आउने प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवा लिम्बुले गाडी फिर्ता गरेका छैनन् । संसद्को नयाँ भवनमा बैठकको पहिलो दिन बैठक शुरू हुनुभन्दा अगाडि उनले सभामुखको कुर्सीप्रति लक्षित गर्दै उफ्रेर मुड्कीले हिर्काउन खोजेका थिए । संघीय संसदमा एमालेले संसद् अवरुद्ध गरिरहेका बेला प्रदेशमा उनले त्यस्तो हर्कत देखाएपछि मर्यादापालक थपिएका थिए । साँवाले को१झ ६५८ नम्बरको गाडी प्रयोग गरेका छन् । 

एमाले संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले पनि गाडी फिर्ता गरेका छैनन् । उनलाई बा२झ ३७३७ नम्बरको गाडी संसद् सचिवालयले उपलब्ध गराएको थियो । १ नम्बर प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेतालाई समेत गाडी उपलब्ध गराउने गरिएको थियो । उपनेता यशोदा अधिकारीलाई सचिवालयले को१झ ६२८ नम्बरको गाडी दिएको थियो ।

नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पनि आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छैनन् । संसद् सचिवालयका एक कर्मचारीका अनुसार एमाले संसदीय दलका नेता आचार्य र सामाजिक विकास समितिका सभापति सरिता थापाले फोनमार्फत विराटनगरभन्दा बाहिर रहेको जानकारी गराएका छन् । 

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रमुख सचेतक सूर्यराज राईले पनि पदावधि सकिए पनि गाडी चढिरहेका छन् । 

सांसदहरू पदावधि सकिए पनि सरकारी गाडी लिएर विभिन्न कार्यक्रमहरूमा गइरहेका छन् । निवर्तमान सांसद भइसक्दा समेत उनीहरूले सरकारी साधनको दुरुपयोग गरिरहेका छन् ।
 
आयोगले म्याद सकिएको भनेर जनाए पनि संसद् सचिवालयले गाडी तथा अन्य सामग्री फिर्ता गर्न पत्राचार समेत गर्न सकेको छैन । ‘संसद्को म्याद सकिएको पत्र आयोगले पठाएको छ,’ संसद् सचिवालयका प्रशासनका एक कर्मचारीले भने, ‘तर अन्य केही उल्लेख नगरेकाले हामी पनि अन्योल भयौं ।’ 

ती कर्मचारीले भने, ‘कानून बनाउने माननीयज्यूहरूले आफ्नो नैतिकता देखाउनुहुन्छ भन्ने पनि लागेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x