×

X
Nic Asia
Marvel
Khukuri

अन्तर–सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू भएनः वित्त आयोग

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले अन्तर–सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताएका छन् । 

DHARA
LAxmi BAnk

नीति फाउण्डेशनले ललितपुरमा आयोजना गरेको ‘संविधानवाद र लोकतन्त्रमा संवैधानिक निकायको भूमिका’सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले अन्तर–सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएको बताएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

शर्माले ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताए । उनले ऐनमा प्राकृतिक स्रोतको रोयल्टी कानूनबमोजिम बाँड्नु भनिएको भए पनि कानून बनाएर खर्च गर्ने अधिकार नभएकाले कार्यान्वयन हुन नसकेको बताए । 

‘अन्तर सरकार वित्त व्यवस्थापन ऐन हेर्नुभयो भने त्यहाँ के भनेको छ भने प्राकृतिक स्रोतको रोयल्टी बाँड्दाखेरी जिल्ला सभालाई पनि तिमीले बाँड है भनेर भनिएको छ ऐनमा । तर हामीले त्यो बाँडेका छैनौ अहिलेसम्म । त्यसैले ऐन पालना नगरेको भनेर महाअभियोग लगाउने हो भने त्यसको लागि ठाउँ छ । मैले क्लू नै दिएँ । त्यो हामीले किन गरेनौँ भने संसद्ले बनाएको कानून संविधानसँग मेल खाँदैन । किन मेल खादैन भने संविधानमा के भनिदिनु भयो भने कानून बमोजिमबाहेक खर्च गर्न नि पाइँदैन’, शर्माले भने, ‘कानूनबमोजिम बाहेक पैसा उठाउन पनि पाइँदैन । एक पैसा खर्च गर्न पनि पाइँदैन । कानून बनाउने अधिकार कहाँ–कहाँ छ भन्दाखेरी गाउँसभा, नगरसभामा छ । प्रदेश सभामा छ । अनि संघको संसद्मा छ । जिल्ला सभामा त छैन । संविधानले नै के भन्यो भने जिल्ला सभालाई जाने बजेट चाहिँ प्रदेशबाट जाने भनेको छ, प्रदेश कानूनले प्रदेशको विनियोजन ऐनले व्यवस्था गरेर जाने हो । जसलाई कानून बनाएर खर्च गर्ने अधिकार नै छैन त्यहाँ पैसा दे भन्नुभएको छ । त्यसैले हामीले के ठान्यौँ भने संसदले बनाएको कानूनभन्दा संविधान नै ठीक हो ।’


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

‘वषौँदेखि खेती गरिँदै आइयो, यस्तो कहिल्यै जानिएन, यसपटक अचम्म भयो’, म्याग्दे गाउँपालिका–७ का पुरुषोत्तम भण्डारीले भने, ‘राते रोगका कारण यस वर्ष धानको भकारी रित्तै हुने भो ।’ कृ...

असोज १५, २०७९

दशैंमा घर जान पाउनु वर्षभरिको एक उल्लासको समय हुन्छ तर, हुम्लाका सलिन ठकुरी र उनका साथीहरू यतिबेला नेपालगञ्जमा दशैंमा घर जान नपाइरहेको पीडामा छन् । हुम्लाका लागि एकमात्र यातायातको साधन हवाई जहाजका कम्पनीले ...

असोज १५, २०७९

कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगर सहितका किसानलाई चाडपर्वको समयमा पनि खसी–बोकाको सोचे अनुसारको व्यापार नहँुदा चिन्ता छ ।  धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिएका...

असोज १५, २०७९

हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैँ । मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महँगीको मारमा परेको छ । अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन । सर्वसाधारणमा उल्लास देखिँदैन । किनमेलमा पनि तडक...

असोज १५, २०७९

धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन् । धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो । रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने...

असोज १६, २०७९

दशैंका लागि ५६ अर्ब रुपैयाँ बजारमा गएको छ ।  नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत साना र ठूला दरका उक्त परिमाणको नोट बजारमा पठाएको हो ।  राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभा...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x