×

Dabur
MG

१२ बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप गरेको छैनः डा. बाबुराम भट्टराई

असोज ६, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी पार्टीले नेपाली सेनालाई कब्जा गर्न नखोजेको खुलासा गरेका छन् । 

yONNEX
Sagarmatha Cement

बिहीवार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले तत्कालीन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको प्रष्ट पारेका हुन् । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

माओवादी नेतृत्वको पहिलो सरकारले तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटुवाललाई कारबाहीको पत्र दिएपछि माओवादीले सरकार नै छोड्नुपरेको थियो । पुस्तकमा भएको प्रसंगलाई उल्लेख गर्दै उनले माओवादीले नेपाली सेनालाई जनताप्रति निष्ठावान बनाउने प्रयत्न गरेको बताए । त्यतिखेर राष्ट्रपतिले सेनापतिलाई थमौति दिएर असंवैधानिक कदम चालेको र असंवैधानिक कदमको शुरुवात नै त्यहीँदेखि भएको उनको भनाइ थियो । 


Advertisment
Kumari
Saurya island
Pardeshi

‘कटुवाल प्रकरणमा उहाँले पनि भूमिका खेल्नुभएको रहेछ । त्यो उहाँले स्वीकार गर्नुभएको छ । त्यतिबेला हामीले के आगो ल्याइयो भने माओवादीले सेना नै कब्जा गर्न खोजेका थिए । वास्तवमा दुईवटा सेनाको ठीक ढंगले समायोजन गरेर सेनाको लोकतान्त्रिकरण गर्दै राजाप्रति निष्ठावान भएको जुन सेना छ, त्यो अब जनताप्रति निष्ठावान हुनुपर्छ भन्ने मात्रै हाम्रो प्रयत्न थियो’, उनले भने, ‘तर जुन एउटा भाष्य निर्माण गरिएको छ, माओवादीले त्यो सेना नै कब्जा गर्न खोजेको थियो त्यही कारणले गर्दा मन्त्रीपरिषद्ले गरेको निर्णयलाई पनि असंवैधानिक तरिकाले अहिले राष्ट्रपतिले असंवैधानिक कदम पछिल्लो त आएको छ । तर, असंवैधानिक कदमको शुरुवात त्यतिबेलै भएको थियो । त्यसैलाई पनि उहाँले अलिकति यहाँ राख्नुभएको छ । त्यसले इतिहासप्रति न्याय गर्दैन किनकी त्यो सत्य थिएन ।’

Vianet communication
Laxmi Bank

डा. भट्टराईले तत्कालीन विद्रोही माओवादी र सत्तारुढ दलबीचमा भएको १२ बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप नगरेको बताए । उनले  १२ बुँदे समझदारीको शुरुवात नेपाली राजनीतिक दलहरुले नै गरेको उल्लेख गरे । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ९, २०८०

नेकपा एमाले बागमतीले कांग्रेसलाई वैरभावी र माओवादीलाई दक्षिणपन्थी सम्झौतामा रमाउने पार्टीको रुपमा व्याख्या गरेको छ ।  जारी बागमती प्रदेश अधिवेशनका क्रममा बैठकमा प्रस्तुत ‘राजनीतिक सांगठनिक तथा आ...

असोज ९, २०८०

काठमाडौं महानगरपालिका र अभियन्ता ‘ई’बीचको वार्ता मंगलवार दिउँसो जारी छ । महानगरको वार्ता टोली र अभियन्ता ‘ई’को तर्फबाट अधिवक्ता सञ्जय अधिकारी नेतृत्वको टोलीबीच राष्ट्रिय सभागृ...

असोज ९, २०८०

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्। नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आज आयोजना गरेको ‘निजी क्षेत्रसँग एमाले’ विषय...

असोज ९, २०८०

​​​​नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा भोलि बिहान ८ बजेदेखि निर्वाचनका कार्यक्रम शुरू हुने भएका छन् । बन्दसत्रबाट प्रतिवेदन पारित भएपछि अब भोलिका लागि निर्वाचन कार्यक्रम तय भएको निर्वाच...

असोज १०, २०८०

आन्दोलनरत फुटपाथ व्यवसायीहरू काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडिकाे सडकमा सुतेका छन् । यस्तै ‘ई’को आन्दोलनमा समेत समर्थन जनाउँदै फुटपाथ व्यवसायीहरू सडकमा सुतेका ...

असोज ९, २०८०

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालमा अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेपछि पार्टीभित्र विष्फोटको स्थिति उत्पन्न भएको छ । छोरी, सम्धी, सम्धिनी र आफ्नो संसदीय क्षेत्र तथा जिल्लालाई नै प्राथमिकतामा रा...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x