×

Dabur
MG

नारायणी अञ्चल क्षेत्रीय बसोबास कार्यालय वीरगञ्जमा सरुवा भयो गोपालको । लगत्तै सर्लाही जिल्ला जग्गा समस्या समाधान आयोगको काममा जानुपरेकाले सर्लाहीको हरिवन नयाँ रोडमा गएर बस्न लाग्यो तर त्यहाँको बसाइ पनि धेरै दिन भएन । किनकि चाँडै नै सरुवा भएर जनकपुर अञ्चल क्षेत्रीय बसोबास कार्यालय जलेश्वर जानुपरेको थियो उसलाई । 

yONNEX
Sagarmatha Cement
Kumari

प्राचीन नगरी जनकपुरको मिथिला क्षेत्र स्वभावैले सुन्दर छ । त्यसमाथि गंगासागर, धनुषसागर, जानकी मन्दिर जस्ता विशिष्ट तीर्थका कारण पवित्र त्यत्तिकै । तैपनि गोपालको मन भने त्यति रमाउन सकेन त्यहाँ । यसको पनि कारण जागिर नै थियो । किनकि तत्कालै कुनै स्थायी जागिर नखोजी भएको थिएन उसलाई । त्यसैले प्रत्येक दिन अपराह्न अफिस बिदा हुनासाथ पत्रिका पसलमा पुग्थ्यो, जागिरका लागि विज्ञापनका हेर्न गोरखापत्रका पानामा ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

त्यतिबेला पत्रिका भनेको गोरखापत्र नै थियो, जुन काठमाडौंबाट बेलुकातिर मात्र आइपुग्थ्यो । ग्राहक त उसको अफिस पनि नबनेको होइन गोरखापत्रको तर ग्राहकको पत्रिका ७ दिनको एकमुष्ठ पुग्थ्यो मुठा बनेर, जसलाई कुर्ने धैर्य हुँदैनथ्यो उसमा ।


Advertisment
Tezz
Berger
Pardeshi

त्यत्तिकैमा एक दिन उसको आँखा कुनै सरकारी सञ्चार संस्थानको एउटा विज्ञापनमा पर्‍यो, जहाँ एक जना प्रशासन अधिकृत र केही वरिष्ठ सहायक मागिएको थियो । त्यसैदिन कृषि सामग्री संस्थानका लागि प्रशासन अधिकृत माग गरिएको विज्ञापन पनि रहेछ अर्को पानामा । गोपालले सबै पदमा फाराम लगाएर परीक्षा दियो ।

Vianet communication
Laxmi Bank

कृषि सामग्री संस्थानको जाँच बिग्रे पनि सञ्चार संस्थानको भने प्रशासन अधिकृत र वरिष्ठ सहायक दुवैमा लिखित परीक्षा पास गर्‍यो । जाँच राम्रो भएकाले अन्तर्वार्तामा पनि प्रशासन अधिकृतमै नाम निस्कन्छ कि जस्तो नलागेको होइन तर यहाँ पनि वैकल्पिक उम्मेदवारमै चित्त बुझाउनुपर्‍यो । यसो हुनुको पछाडि एक त पद एउटै थियो । दोस्रो त्यो त्यहीँका अस्थायी अधिकृतलाई स्थायी गर्न निकालिएको विज्ञापन रहेछ ।

त्यतिबेला पहिले भनसुनको भरमा कसैलाई अस्थायी जागिरमा राख्ने र केही समयपछि तिनैलाई स्थायी गर्न विज्ञापन गर्ने चलन थियो प्रायः सरकारी संस्थानहरूमा । यहाँ पनि यस्तै भएको रहेछ, जुन कुरा गोपाललाई थाहा थिएन । क्रान्तिकारी कुरा गरेर नथाक्ने गणतान्त्रिक युगमा त राम्रा भनेका आफ्ना मात्र हुन्छन् भन्ने महारोग छ भने निरंकुश भनिएको पञ्चायती शासनको समयमा कस्तो थियो होला ? स्वतः अनुमान लगाउन सकिन्छ ।

परीक्षा त लोक सेवा आयोगको सामान्य सिद्धान्त अनुसार नै लिने गरिन्थ्यो तर प्रश्नपत्र तयार गर्नेदेखि जाँच लिने र उत्तरपुस्तिका जाँच्ने काम संस्थानकै हाकिमहरूले गर्थे । शुरूदेखि अन्त्यसम्मका सबै काम आफैंले गर्ने भएपछि आफ्नो हात जगन्नाथ हुने नै भयो ।

जे होस् गोपालको प्रशासन अधिकृतको अन्तर्वार्ता बिग्रे पनि वरिष्ठ सहायक पदमा भने सफलता प्राप्त गर्‍यो । यसो त वरिष्ठ सहायक पदमा पनि अस्थायी कर्मचारी नभएका होइनन् त्यहाँ । तिनैलाई स्थायी गर्न जो विज्ञापन निकालिएको थियो । प्रायः त्यहीँका अस्थायी कर्मचारीले स्थायी हुने अवसर पनि पाएकै हुन् तर पद धेरै भएकाले एउटा उछिट्टिएर गोपालको भागमा पनि पर्‍यो । 

संस्थानको वरिष्ठ सहायक भएपछि उसको पोस्टिङ कर्मचारी प्रशासन शाखामा भएको थियो । कर्मचारीहरूको व्यक्तिगत फायल केलाउनेदेखि कर्मचारी भर्ना सम्बन्धी सबै किसिमका फायल उसैले हेर्नुपर्ने हुन्थ्यो । यत्तिकैमा एक दिन उसको आँखा विगतमा उसकै लागि लिइएको प्रशासन अधिकृतको अन्तर्वार्ताको फायलमा पर्‍यो । हेर्दै जाँदा अन्तर्वार्तामा पास हुने साथीले भन्दा उसले लिखित परीक्षामा १६ नम्बर बढी पाएको देख्यो । लोक सेवा आयोगको सिद्धान्त अनुसार लिखित परीक्षामा कसैले २ नम्बर मात्र बढी पाएको छ भने पनि उसैले प्राथमिकता पाउनुपर्ने हुन्थ्यो अन्तर्वार्तामा । यहाँ त आफूभन्दा १६ नम्बर कम पाउनेलाई प्राथमिकता दिइएको देखियो । 

लोक सेवा आयोगको नियम अनुसार ५० पूर्णांकको अन्तर्वार्तामा २० नम्बरभन्दा कम र ४८ नम्बरभन्दा बढी दिन पाइँदैनथ्यो । कदाचित दिनैपर्ने अवस्था आए त्यस्तै किसिमको कैफियत जनाउनुपर्ने हुन्थ्यो । गरेका के रहेछन् भने गोपाललाई २० नम्बरमा सीमित गरी अर्का साथीलाई ४८ नम्बर दिएर पास गराएका रहेछन् । यसो गर्दा साथीले अन्तर्वार्तामा १८ नम्बर बढी पाएकाले लिखित परीक्षाको नम्बर जोड्दा गोपालको भन्दा उनको नम्बर २ अंकले बढी हुन पुग्यो । 

वास्तविकता थाहा पाएपछि गोपालले विद्रोह गर्‍यो । लोक सेवा आयोगमा उजुरी गर्ने धम्की दिने आँट पनि गर्‍यो । अब संस्थानका हाकिमहरूलाई आपत पर्‍यो । एक त पास हुने साथीको जागिर जाने निश्चित थियो, किनकि उनी १ वर्षे परीक्षणकालमा थिए, जुन सकिन अझै ४–५ महिना बाँकी थियो । यसो त ऊ पनि एक वर्षे परीक्षणकालमै रहेकाले जागिर जान त उसको पनि सक्थ्यो । निहुँ खोज्न थालेपछि हाकिमहरूले पक्कै बाँकी राख्ने थिएनन् । तैपनि जे पर्छ–पर्छ भनेर आँट गरेको थियो ।

अर्को कुरा संस्थानकै हाकिमहरूमाथि पनि लोक सेवा आयोगले औंलो ठड्याउन सक्ने अवस्था थियो । त्यसैले हाकिमहरूले फकाउन थाले । केही लोभ पनि देखाए, केही डर पनि देखाए । अथवा भनौं – साम, दाम, दण्ड, भेद सबै नीति प्रयोग गरे ।

पहिले त उसले मानेको थिएन तर चाँडै नै अर्को विज्ञापन गर्ने आश्वासन पाएपछि त्यसैमा चित्त बुझाउने विचार गर्‍यो उसले । 

गोपालले चित्त त बुझायो तर संस्थानका हाकिमहरू गर्जो टरेपछि किन ध्यान दिन्थे र ? उनीहरूलाई त तत्काल गर्धनमाथि झुण्डिएको तरबार हटाउनु थियो । आजआज भोलिभोलि भन्दै ५ वर्षभन्दा बढी समय गुजारे । कहिले पद खाली छैन भन्थे, कहिले केही भन्थे । जे भने पनि वास्तविकता यही थियो कि लामो समयसम्म वरिष्ठ सहायकमै चित्त बुझाउनुपर्‍यो उसले । 

कराउँदा–कराउँदै बल्लबल्ल विज्ञापन निकाले, लिखित परीक्षा पनि लिए । परीक्षामा पास पनि भयो तर अन्तर्वार्ता हुनु अगावै व्यवस्था परिवर्तन हुन पुग्यो । ३० वर्षे पञ्चायती व्यवस्था ढलेर बहुदलीय प्रजातान्त्रिक व्यवस्था आयो । 

संस्थानका सञ्चालकहरूदेखि महाप्रबन्धक समेत फेरिए । नयाँ व्यवस्थापनले आउनासाथ धमाधम रोकिएको काम अघि बढाउन थाल्यो, जसमा गोपालको अन्तर्वार्ताको फायल पनि  थियो । अन्तर्वार्ताको दिन संयोगवश महाप्रबन्धकका पीए बिदामा बसेका थिए, जसले गर्दा पीएको काम पनि गोपालले नै गर्नुपरेको थियो ।

अन्तर्वार्तामा बस्ने मन्त्रालयका प्रतिनिधिलगायत स्वतन्त्र विशेषज्ञ आउन ढिलो गरेकाले महाप्रबन्धक अन्तर्वार्ता दिने व्यक्तिको फायल केलाउन थालेका रहेछन् कार्यकक्षमा बसेर । पदपूर्ति समितिका सचिवसँग नाम सोध्दै जाँदा गोपालबारे सुनेपछि छक्क परेछन् उनी । बेलुका आफ्नै अन्तरवार्ता छ, दिनमा ५० पटकभन्दा बढी फायल लिएर भित्र–बाहिर गरिसकेको छ, तैपनि आफ्नाबारे एक शब्द पनि नबोलेको देख्दा सायद उनलाई योभन्दा उपयुक्त व्यक्ति अर्को छैन जस्तो लागिसकेको रहेछ क्यारे ।

केहीबेरपछि अन्तर्वार्ता लिइयो । सामान्य सोधपुछ गरेर पठाइयो । अहिले पनि नाम निस्किन्न कि जस्तो लागेको थियो तर २ दिनपछि उसैको नाम निस्क्यो । यसरी तत्कालीन महाप्रबन्धकले उसलाई अधिकृत मात्र बनाएनन्, आफ्नै कार्यालयमा दरबन्दी खडा गरी पीएको कामको जिम्मा दिए । यसबाहेक विभिन्न विभागबाट आएका फायल अध्ययन गरी रायसहित आफूसमक्ष पेश गर्ने जिम्मेवारी समेत थपिदिए । यसले विभागीय प्रमुखहरूलाई सशंकित बनाएको भए पनि खासै अप्ठ्यारो पार्न भने सकेनन् । यसको पछाडि पहिलो कुरा गोपालको इमान्दारीले काम गरेको थियो भने दोस्रो कुरा महाप्रबन्धकले विश्वास गरेका थिए । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
भदौ ३०, २०८०

झापा विद्रोहबारे धेरै सुनिएको थियो । गहिरो अध्ययन गर्ने जाँगर चलेको थिएन अथवा कुनै अवसर पाइएको थिएन । सामान्य जानकारी थियो । भारतको नक्सलवादी विद्रोहबाट युवाहरूमा परेको प्रभावले झापा विद्रोह भएको र सा...

असोज ३, २०८०

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले मंगलवार सार्वजनिक गरेको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको...

भदौ ३१, २०८०

बाह्रखरी मिडिया प्रालिले 'पाँचौं बाह्रखरी कथा प्रतियोगिता'मा सहभागिताका लागि कथाकारहरूलाई आह्वान गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रालिले आगामी असोज मसान्...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

भदौ ३०, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन् । शनिवार शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२&ndas...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x