कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
असोज ८, २०७९
मोरङको सुन्दरहरैचा–११ की दीपा विष्टको सपना विदेशमा गएर पैसा कमाउने थियो । कोरोनाका कारण विदेश जान नपाएकी दीपाले देशलाई चिनाउने अवसर प्राप्त गरिन् । ‘स्ट्रेन्थलिफ्टिङ’ खेलबाट उनले नेपाल र आफूलाई चिनाउने अवसर पाएकी हुन् ।
उनले निकै ठूलो कसरत गर्नुपर्यो । अहिले पनि महिलाहरूले चुलोचौको गर्नुपर्छ भन्ने प्रवृत्ति छँदैछ तर दीपाले यसलाई चिर्दै नेपाललाई चिनाइन् । कीर्गिस्तानमा भदौ २० गतेबाट आयोजना भएको ९औं विश्व ‘स्ट्रेन्थलिफ्टिङ’ एन्ड आईबीपी च्याम्पियनसिपमा विष्टले एक स्वर्ण र एक रजत पदक हासिल गरेकी थिइन् ।
उनी पहिलो बन्दै विभिन्न विधामा स्वर्ण पदक हासिल गर्न सफल भइन् । त्यसपछि स्ट्रेन्थलिफ्टिङ एन्ड आईबीपीले १३ वटा राष्ट्रको सहभागितामा कीर्गिस्तानमा आयोजित विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड आईबीपी च्याम्पियनशिपमा सहभागी गराएको थियो ।
७२ किलो तौल समूहमा विष्टले ७० किलो तौल उचालेर ‘इन्क्लाइन बेन्च प्रेस’तर्फ नयाँ विश्व कीर्तिमान बनाउन सफल भइन् । नवौं विश्व च्याम्पियनशिपमा विष्टले स्ट्रेन्थलिफ्टिङतर्फ रजत पदक हात पारेकी थिइन् । उनले आफूले वर्ल्ड रेकर्ड राखेको दाबी गर्छिन् ।
उपाधि जित्नका लागि उनले ठूलै संघर्ष गर्नुपरेको उनको भनाइ छ । यो खेललाई अहिले पनि गाउँघरतिर ‘बलवान’ले खेल्ने खेल भन्ने गर्छन् । पहिला–पहिला बलवानहरू छुट्ट्याउन गाउँघरमा छेलो खेल्ने गरिन्थ्यो । पहाडमा धानको बिटा लगाउँदा खेतालहरूले ढुंगाको छेलो बनाएर बलवान छुट्टउने गर्थे, जसले धेरै पर फाल्यो, त्यसलाई बलवान भन्ने गर्थे । उनलाई पनि बलवान हुने भन्दै केही बुढापाकाले जिस्काउँथे ।
स्ट्रेन्थलिफ्टिङमा पनि जसले धेरै उचाल्यो उसलाई उपाधि दिने गरिन्छ । शुरूशुरूमा उनलाई पनि बलवान नबन भनेर परिवार तथा आफन्तहरूको दबाब आउने गर्थ्यो । नेपालमा स्ट्रेन्थलिफ्टिङबारे धेरैलाई जानकारी नै छैन । यो खेल नेपालमा कमैले मात्र खेल्छन् । यो खेललाई नेपालमा मान्यता पनि दिइएको छैन । उनले यो खेल शुरू गर्दा धेरै जना छक्क परेका थिए । महिलाले किन यस्तो जोखिम मोलेर खेलेको जस्ता प्रश्नहरू पटक–पटक उठ्ने गरेका थिए ।
समाजले के भन्छ भन्नेमा उनले खासै चासो दिइनन् । उनी विभिन्न चुनौतीहरूसँग सामना गर्दै खेलमा निरन्तर लागिरहिन् । निरन्तरताकै कारण उनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराएकी छन्, उनले देशकै नाममा पदक भित्र्याएकी छन् ।
खेललाई ‘दाजुभाइ’ खेलका रूपमा बुझ्ने गरेका कारण पनि उनका लागि चुनौती थियो । ती चुनौतीलाई तोड्दै दीपाले नेपाललाई इन्क्लाइन बेन्च प्रेस (आईबीपी) तर्फ स्वर्ण र स्ट्रेन्थलिफ्टिङमा रजत पदक दिलाएर नेपालको नाम राखेकी छन् । शारीरिक व्यायाम र बल पर्ने खालको खेलमा अभ्यास र प्रतिस्पर्धा गर्दा धेरै पटक उनको शरीरका विभिन्न अंगहरूमा चोटपटक लागेको छ । रडहरू खसेर धेरै पटक चोटपटक लागेको उनले बताइन् ।
छोरीको शरीरमा चोटपटक देखेपछि परिवारले त्यस्तो खेल नखेल्न दबाब दिएका थिए । उनी २६ वर्षकी भइन् । सामान्य परिवारमा हुर्केकी विष्टले सलकपुरको शिक्षा निकेतनबाट माध्यमिक तहको अध्ययन गरिन् भने उच्च शिक्षाका लागि सुन्दरहरैचाकै सुकुना क्याम्पसमा अध्ययन गरिन् । उनको सपना खेलकुदको क्षेत्रमा लाग्ने थिएन ।
ज्यानलाई फिट गर्ने उद्देश्य लिएर क्याम्पस अध्ययन गर्दै गर्दा उनको मन व्यायामशालातिर गयो । मोटोपन घटाउने भनेर व्यायामशाला गएको उनले बताइन् । उनको सपना विदेशमा गएर पैसा कमाउने भन्ने थियो ।
उनका बुवाआमाको सपना भने छोरीलाई पढाएर जागिर खुवाउने थियो । बुवा लालबहादुर विष्ट र आमा दुर्गादेवी विष्टले छोरीलाई जागिर खुवाउने र आफ्नै खुट्टामा उभ्याउने सपना बुनेका थिए । पढाइ सकेपछि विदेशमा गएर पैसा कमाउने योजना उनले बुनेकी थिइन् । उनी विराटचोकको एक रेडियोमा कार्यक्रम चलाउने समेत गर्थिन् ।
२०७४ सालमा उनी पोर्चुगल जान घरबाट काठमाडौं गएकी थिइन् । काठमाडौंमा गएर उनले कागजात पनि बनाइन् तर त्यतिबेला पोर्चुगल जाने उनको सपनामा पूर्णविराम लाग्यो । कोरोना महामारीका कारण उनी पोर्चुगल जान सकिनन् ।
‘भाग्य नै खोटो रहेछ भनेर म काठमाडौंबाट फर्किएँ,’ उनले भनिन्, ‘कोभिडका कारण मलाई मेरै देशको माटोमा पसिना बगाउने अवसर पनि मिल्यो ।’
उनले त्यसपछि शारीरिक सुगठनका लागि कालीमाटीस्थित एक व्यायामशालामा प्रशिक्षकका रूपमा काम गर्न थालिन् । अहिले पनि व्यायामशालामा प्रशिक्षकमा कार्यरत छिन् ।
व्यायामशालामा काम गर्दैगर्दा ‘स्ट्रेन्थलिफ्टिङ’मा उनको ध्यान मोडिएको थियो । उनी कालीमाटीमा रहेको एक फिटनेस सेन्टरमा भर्ना भएर ‘स्ट्रेन्थलिफ्टिङ’को प्रशिक्षण लिन थालिन् । त्यहाँ सबै जना प्रतियोगितामा भाग लिने गरी तयारी गरेका कारण आफूलाई पनि उत्साह मिलेको उनको भनाइ छ ।
गत वैशाखमा भएको धर्मश्री प्रतियोगितामा उनी विजेता बन्न सकिनन् । त्यसपछि झापामा सम्पन्न ‘स्ट्रेन्थलिफ्टिङ’ प्रतियोगितामा उनले सहभागिता जनाएकी थिइन् । त्यो प्रतियोगितामा उनका लागि चुनौती पनि थियो । छोरीले खेल्ने खेल हेर्न बुवा गएपछि विजेता बन्नुपर्ने दबाबमा उनी थिइन् । ‘बुवा आएपछि हौसला पनि मिल्यो,’ उनले भनिन्, ‘बुवा आउनुभएकै कारण जीत निकाल्न सफल भएँ ।’ उनले २ महिनाअघि काठमाडौंमा सम्पन्न राष्ट्रिय ‘स्ट्रेन्थलिफ्टिङ’ एन्ड आईबीपी प्रतियोगितामा सहभागिता जनाइन् । त्यहाँबाट छनोट भएर उनी कीर्गिस्तानमा भएको प्रतियोगितामा भाग लिन गएकी हुन् । टीम म्यानेजर समीर श्रेष्ठका कारण पनि जीत निकाल्न सहज भएको उनी बताउँछिन् ।
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...