चैत ३०, २०८०
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
बौद्ध दर्शन र साहित्यका ज्ञाताका रूपमा चिनिन्छन् देवेन्द्रराज शाक्य । ७३ वर्ष पुगेका शाक्य ५ दशकभन्दा बढी समयदेखि बुटवललाई कर्मक्षेत्र बनाएर साहित्य, दर्शन र सिर्जनामा अनवरत सक्रिय छन् ।
उमेरले ७ दशक पार गरे पनि उनको लेखनमा अझै पनि जवानी छ । बौद्ध धर्म, शिक्षा र संस्कृतिमा महत्त्वपूर्ण योगदान दिएका चिन्तक शाक्यको जन्म विक्रम संवत् २००६ सालमा पाल्पाको तानसेनमा भएको थियो ।
बौद्ध दर्शनका अनुयायी मात्र नभई ज्ञाता शाक्यले आफ्नो जीवनको सम्पूर्ण समय यसैको उत्थान र विकास तथा लेखनमा खर्चिए । उनको लेखन/सिर्जनाको मूल आधार बुद्धकालीन समय, समाज र परिवेश हो ।
बुद्धदर्शन, साहित्यसँगै उनलाई अपराजित आख्यानकारको रूपमा लिने गरिन्छ । बुद्ध दर्शनको बृहत् विश्लेषक रहेका शाक्यले अहिंसा र मानव प्रेमलाई दर्शनको सार बनाउँदै कवितालाई पनि मूल विषय बनाएका छन् । ‘बुद्ध दर्शनमा जातिवाद र कर्मकाण्डलाई कुनै स्थान छैन,’ शाक्य भन्छन्, ‘गौतम बुद्धको सन्देश हो – आफ्नो उज्यालो आफैं बन र आफैंमा मानवता खोज । शान्तिको खोजमा छट्पटाइरहेको विश्वका निम्ति बुद्ध दर्शन शाश्वत र सार्वकालिक पनि छ ।’
नेपाल परम्परागत बौद्ध शिक्षा, बौद्ध कला, संस्कृति आदिमा विविधताका साथ धनी छ ।
बौद्धधर्म मान्ने परिवारमा जन्मिएका उनी सानैदेखि विहारमा भिक्षुका प्रवचन सुन्ने गर्थे । त्यहीँ बेला उनले गौतम बुद्धलाई चिन्ने मौका पाएसँगै प्रभावित पनि भए । चेतनाको विकासपछि त्यसैमा लेख्न थालेका उनले अहिलेसम्म लेखनलाई निरन्तरता दिएका छन् । उनले समाजमा गरेको योगदानले धेरैलाई सामाजिक सेवामा लाग्न प्रेरित गर्छ । उनी परोपकारलाई धर्म मान्छन् । आफूले आर्जन गरेको सम्पत्तिको केही अंश दान दिनुपर्छ भन्ने मान्यता उनीसँग छ ।
उनका दर्जनौं पुस्तक प्रकाशित भएका छन् भने केही प्रकाशोन्मुख कृतिहरू पनि छन् । वैशाख पूर्णिमा ५ संयोगको पुनित दिवस २०६१ मा प्रकाशित भएको थियो । त्यसपछि यो बटौली हो बुटवल परिचय (२०६१), विश्व शान्तिको शहर लुम्बिनीः एक चिनारी (२०६२), महामानव बुद्ध प्रमुख घटना विवरण (२०६८), आमा कविता संग्रह (२०६८), बुद्धकालीन केही प्रमुख विहारहरू विहार परिचय (२०७०), जीवनको अनुभूति (भाग १), जीवनीपरक आत्मकथ्य (२०७१) कृति प्रकाशित गरे ।
त्यसैगरी थेरवाद बुद्धधर्म संक्षिप्त परिचय (२०७१), प्राचीन कोलीय र शाक्य गणराज्य अन्तर्गत बौद्ध सम्पदा (२०७३), हाम्रो संस्कार र संस्कृति प्रारम्भिक बुद्ध शिक्षासहित (२०७४), जीवनका अनुभूति दोस्रो भाग (२०७५), बुटवलमा बुद्धधर्म संयुक्त (२०७५), वेदका भेद (२०७६), धर्मी शाक्यका पुस्तक समीक्षा संगालो २०७७), प्रेरक जातक कथा (२०७८), गुरू दक्षिणा (२०७८) र शीत लघुत्तम काव्य संग्रह (२०७७) उनकै कृति हुन् ।
उनको कृति थेरवादको इतिहासमा लागि एउटा नमूना बनेको छ । थेरवादका लागि नेपाली प्रयास बेजोड मान्न सकिन्छ । थेरवादले तथ्यगत बुद्धको वास्तविक शिक्षा, उपदेशलाई उजागर गरेको छ । कविता संग्रह पनि उनका प्रकाशित छन् । त्यस्तै गोधूलि षड्ऋतु लघुत्तम खण्डकाव्य पनि प्रकाशित छ ।
देवेन्द्रराजकी धर्मपत्नी धर्मीकुमारी पनि साहित्यकार हुन्, उनका पनि विभिन्न कृति प्रकाशित छन् । ३ दशकभन्दा बढी उपप्रशासक उनी देवेन्द्रराज बौद्ध साहित्यको उन्नयनमा निकै ठूलो योगदान छ । त्यस्तै ओम लघुत्तम शीत काव्य संग्रह, शीत साधक धर्मी, शाक्य लघुत्तम खण्डकाव्य, बटौलीका सम्पदा, छ्यासमिस छानिएका रचनाहरू र देवेन्द्रराज स्रष्ट एक सिर्जना अनेक (मन्तव्य एवं संमिक्षा संगालो) प्रकाशोन्मुख कृति हुन् । शाक्यका कृतिमा बौद्धकालीन समाज र त्यो बेलाको सिंगो झलक पुस्तकमा आएका पाइन्छ । उनका कृति समाजका लागि आयाम र देन हुन् । उनका पुस्तकले त्यो बेलाको समाजको इतिहास बताउँछन् ।
उनले १२–१३ वर्षकै उमेरबाट लेख्न थालेका हुन् । बुटवलको पुरानो महावीर पुस्तकालयमा गएर साहित्यक पुस्तकहरू पढ्दै गर्दा उनी लेखनप्रति आकर्षित भए । साहित्य विद्या उनको सानैदेखिको रुचिको विषय थियो । केही फुर्सदिलो हुने वित्तिकै विभिन्न व्यक्तिका कृतिहरू अध्ययन गर्थे । विविध साहित्यको अध्ययन तनावलाई शान्त गर्ने महाऔषधि जस्तो लाग्थ्यो उनलाई ।
‘संघर्षपूर्ण जीवनको उतारचढावलाई साहित्यले सजिलो बनाउने गर्छ,’ शाक्य भन्छन्, ‘साहित्यले हामीलाई दुःखमा भुलेर हैन, दुःखलाई धोएर बाँच्ने प्रेरणा पनि दिएको हुन्छ ।’
उनी भन्छन्, ‘२०१८ सालमा महावीर पुस्तकालयका सदस्य बनें । जागिरे जीवनसँगै समाजका घटनालाई साहित्यमार्फत सिर्जनामा उनेर प्रकाशित गर्न थालेको हुँ । बुद्ध दर्शनमा धेरै लेखें । जसले माग्यो, त्यसलाई आवश्यक परेका सामग्री पनि दिएँ ।’
महावीर पुस्तकालयको बुटवल क्षेत्रमा ठूला इतिहास छ । बुटवलका शिक्षित युवाहरूले शिक्षाको जगेर्ना गर्न विक्रम संवत् २००४ राणाकालमा स्थापना गरिएको थियो । ‘२ हजारको दशकमा बुटवलमा व्यापार गर्ने सबै तह र तप्काका व्यापारीहरूको पुस्तकालय स्थापना गर्न महत्त्वपूर्ण योगदान रहेको छ,’ उनी भन्छन्, ‘पुस्तकालय खोलेकै कारण ९ महिना संस्थापक ओम शंकर श्रेष्ठ र सत्यलाल श्रेष्ठले जेल जीवन बिताउनुपर्यो ।’ आफू जन्मिनुभन्दा अगाडि स्थापना भएको पुस्तकालयको १० वर्ष अध्यक्ष भएर शाक्यले काम गरे । जुन कुरा आफ्ना लागि गौरवको विषय रहेको उनको बुझाइ छ ।
पुस्तकालयले बुटवलका साहित्यिक र सांस्कृतिक उत्थानमा ठूलो योगदान पुर्याएको छ । पछिल्लो समय पुस्तकालयमा पाठकहरू कम जान्छन् । जसले गर्दा अध्ययनतर्फ मानिसहरूको लगाव घट्दै गएको शाक्यको बुझाइ छ । समयक्रमसँगै नयाँ पुस्तामा पठन संस्कृति र चेतनाको स्तर बढाउँदै बिस्तारै साहित्यलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन गर्नुपर्ने उनले महसूस गरेका छन् ।
उनले त्रिविको दीर्घ सेवा पदक, विशिष्ट सेवा पुरस्कार, नेपाल सरकारको राष्ट्रिय शिक्षा पुरस्कार र सम्मान पाएका छन् । ‘साहित्य समाजको दर्पण हो । आँखा हो, परिवर्तनको संवाहक पनि हो । साहित्यले प्रेरणा दिन्छ, जीवन दिन्छ, साहित्य मानसिक खुराक हो,’ उनले भने, ‘नेपाली साहित्यमा चुनौती मात्र होइन, अवसर पनि छन् ।’
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...