×

NMB BANK
NIC ASIA

राँगो भन्दै रोगी भैँसीको मासु बजारमा

असोज ८, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नजिकै सिद्धिकाली मन्दिर । मन्दिरको पूर्वपट्टि मध्यपुरथिमि नगरपालिका–५ हात्ती महाँकालमा रहेको सिद्धिकाली मिट फ्रेस सेन्टरको नाममा २५ वर्ष अगाडिदेखि सञ्चालित बधशाला रहको छ । 

Muktinath Bank

बधशालाको खाली भुइँमा बुढा भैँसी काटेर मासु छरपष्ट छरिएका छ । सँगै गोठमा बध गर्ने तयारीका लागि बाँधिएका आठ भैँसी छन् । त्यहीँ गोठबाट बगेर आएको मलमूत्र बिक्रीका लागि काटिँदै गरेको मासुमै मिसिएर ढलतिर बगिरहेको छ । मासु, रगत, आन्द्रा, कलेजो, फोक्सोमा झिँगा भन्किरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खुद्रा पसलमा बिक्रीका लागि मासु लैजान भेला भएका मासु पसल सञ्चालक त्यहीँ फोहर भैँसीको मासु बिक्री गर्न लैजाने तयारी गरिरहेका छन् । अत्यन्तै घिनलाग्दो दृश्य हो, यहाँको बधशालाको । बस्तीमा तीन बधशाला सबैको अवस्था उस्तै नै छ । 


Advertisment
Nabil box
Kumari

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका भित्रका विभिन्न बध अव्यस्थित एवं मासु पसलमा गरिएको अनुगमनका दृश्य फोहर, घिनलाग्दो मात्रै थिए । वर्षौदेखि कानून उल्लंघन गरेर आम उपभोक्ता ठग्दै उनीहरूको स्वास्थ्यमाथि चरम खेलबाड थियो । अनुगमनमा निस्केको टोलीमध्येका अधिकांशले भन्दै थिए, ‘छि, भैँसीको मासु, त्यो पनि यस्तो फोहर र लापरबाही, हजारौँ उपभोक्ता ठगी गर्दै मानवीय स्वास्थ्यमाथि खेलबाड गर्नेलाई त जति कारबाही गरे पनि कम हुन्छ ।’ 

Vianet communication
Laxmi Bank

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा गएको अनुगमनमा रत्नदेवी खड्गी, बुधरत्न शाहीले सञ्चालन गरेको सिद्धिकाली मिट फ्रेस सेन्टरले भैँसी काटेर राँगोको मासु भन्दै बिक्री गरेको, बधशालामै भैँसी बाधेर मलमूत्र काटेको मासुमै मिसिने गरेको, बधस्थल दर्ता नगरी सञ्चालन गरेको, वातावरण प्रतिकूल पार्ने गरी लादी फालिएको लगायतका कसुर देखिएपछि टोलीले रु २० हजार जरिबाना लगाएको छ । 

पसलमा बिक्रीका लागि मासु लैजान कुरिरहेकी कमला खड्गीले भैँसीकै मासु भन्ने थाहा पाएर पनि बिक्रीका लागि लैजाने गरेको बताए । उनले भने, ‘धेरैजस्तो ग्राहक छालामा बाक्लो बोसो भएको मासु खोज्न आउँछन्, त्यस्तो मासु भैँसीको मात्रै हुन्छ, मःमः पसलमा पनि बोसो भएकै मासु खोज्न आउँछन्, त्यसैले बिक्री गर्न भैँसीको मासु लाने गरेको हो ।’ ग्राहकले भैँसीको मासु बिक्री गर्दा पनि राँगोकै भन्ने बुझेर लैजाने गरेको र भैँसीको मासु पनि राँगोकै मासुको मूल्यमा बिक्री गर्ने गरेको उनले बताए । 

अनुगमन हेर्न आएकी एक छिमेकीले टोलीमाथि गुनासो गर्दै भनिन्, ‘अनुगमन गरेर मात्रै हँुदैन, सिमाना कटाएर भैँसी नेपाल ल्याउन दिनै भएन, यहाँ कति बुढा, रोगी र कहिले त पेटमा बच्चा भएको भैँसी पनि काट्छन्, त्यस्तो मासु बजारमा जान्छ ।’ 

नजिकै रहेको जय श्री बालकुमारी बफेलो सप्लायर्स र भगवाणकृष्ण खड्गीले सञ्चालन गरेको सिद्धिकाली मिट सप्लायर्सको अवस्था पनि उस्तै थियो । दुवै बधशाला २५ वर्ष अगाडिदेखि नै दर्ता विना नै सञ्चालनमा रहेको कामदारले बताए । ती दुवै बधशालामा पनि भुइँमै राँगो काटेर नजिकै लादी राखिएको, रगत, मासु फोहर भुइँमै राखेर काटिएर बजार पठाएको, बधशाखा अत्यन्तै फोहर रहेको, हड्डीको व्यवस्थापन नगरिएको पाइएको थियो । 

अनुगमन टोलीले बालकुमारी बफेलो सप्लायर्स र सिद्धिकाली मिट सप्लायर्सलाई पहिलो पटकलाई चेतावनी दिँदै रु १० हजारका दरले जरिबाना लगाएको छ । बधशाला दर्ता गर्न र मापदण्डभित्र रहेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको सहायक प्रजिअ शर्माले जानकारी दिए । सिद्धिकाली मिट सप्लायर्सका सञ्चालकले भने मध्यपुरथिमि नगरपालिकाले बधशाला दर्ता गर्न जाँदा दर्ता नगरी पठाएको र नगरपालिकाले यसअघि कुनै अनुगमन नगरेको, बधशाला कसरी सञ्चालन गर्ने भनेर जानकारी नगराएको गुनासो गरेका थिए ।

अनुगमन टोलीले बाहाखा, बोडे, नगरदेशलगायत मासु पसल अनुगमन गर्दा सबै पसल अत्यन्तै फोहर र मापदण्डभित्र नरहेको पाइएपछि जरिबाना लगाइएको हो । अनुगमनमा लक्ष्मी खड्गी, विनोद खड्गी, रमेश खड्गी भनिने बुद्धिबहादुर खड्गी, सुनिल खड्गीको पसल र अरनिको फ्रेस हाउस गरी पाँचवटै पसललाई रु पाँच हजारका दरले जरिबाना लगाएको छ भने दिलकाजी मासु पसललाई रु दुई हजार जरिबाना लगाएको छ । सबैलाई चार दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको र रामेछाप फ्रेस मिटलाई अझै सफा गर्न सचेत गराइएको सहायक प्रजिअ शर्माले जानकारी दिए । 

टोलीले तीन बधशाला र सात मासु पसलको अनुगमन गरी कूल रु ६७ हजार जरिबाना लगाएको जानकारी दिँदै सहायक प्रजिअ एवं टोलीका संयोजक शर्माले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ खण्ड (क) र (ग) अनुसार जरिबाना गरी दर्ता नभएका पसललाई सम्बन्धित निकायमा दर्ता गर्न, नियमित रुपमा नवीकरण गर्न, हरेक वर्ष कर चुक्ता गर्न, सरसफाइ गर्न, मूल्य सूची टाँस्न र मापदण्डभित्र रहेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको बताए । 

अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेशकुमार दाहालले अत्यन्तै अव्यवस्थित, फोहर, लापरबाही रुपमा व्यवसाय सञ्चालन गरेको र पशुको स्वास्थ्य जाँच नगरी अस्वस्थकर मासु बिक्री गरिएको पाइएको बताए । व्यवसायीले अटेर गरे कडा कारबाहीको नीति अबलम्वन गर्नुपर्ने उनले बताए । 

अनुगमनमा मध्यपुरथिमि नगरपालिकाका शाखा अधिकृत धनकृष्ण श्रेष्ठले नगरपालिकाले बधशाला प्रक्रिया सबै पुर्‍याएर आएमा व्यवसाय दर्ता गर्ने जनाउँदै नगरपालिकाले पनि यस्ता अनुगमनलाई तीव्रता दिएर कडा कारबाहीको नीति लिइने बताए । अनुगमनमै संलग्न राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बधशाला र मासु पसलको अनुगमनले प्रष्ट रुपमा व्यवसायीले मानवीय स्वास्थ्यमाथि चरम लापरबाही गरेको पाइएकाले कडा कारबाही गर्नुपर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २०७९ साउनदेखि आजसम्म जिल्ला प्रशासन कार्यालयको संयोजनमा ६५ पसल र फर्मको अनुगमन गरेको बताइन् । उनले भनिन्, ‘यो अवधिको अनुगमनमा रु चार लाख १६ हजार जरिवाना र रु ११ लाख बराबरको म्याद गुज्रेको खाद्यान्न जफत गरी नष्ट गरेका छौँ, हाम्रो उद्देश्य जरिबाना लगाउने र नष्ट गर्नेभन्दा पनि व्यवसायलाई स्वच्छ सफा, नियम संगत र कानूनको दायरामा ल्याउने प्रयास हो ।’ उनले दशैं, तिहारलगायत चाडपर्व नजिकिएकाले बजार अनुगमनलाई अझै तीव्रता दिने बताइन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x