×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

असोज ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आगामी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले निर्वाचन क्षेत्र लक्षित गरेर विभिन्न आयोजनामा रकमान्तर नगरेको जवाफ अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई पठाएको छ । 
वार्षिक बजेटमै नराखिएको योजनामा अर्थ मन्त्रालयले चुनाव प्रभावित गर्ने गरी ४५ अर्ब २८ करोड रूपैयाँ रकमान्तर गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि आयोगले गत बिहीवार अर्थसचिव कृष्णहरि पुस्करलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
००००
सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थान गर्दै यस क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय भएको जानकारी दिए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका छन् । उनले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताए । 
आफूहरु एक्ला(एक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै प्रचण्डले अब मुलुकका लागि फेरि समृद्धिको, विकासको समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरू सहकार्यमा आएको पनि स्पष्ट पारे ।
००००
पछिल्लो समय महामारीको रुपमा फैलिरहेको डेंगुको संक्रमण शनिवारसम्म ७६ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिवार सार्वजनिक गरेको बुलेटिनमा हालसम्म ७६ जिल्लामा डेंगुको संक्रमण फैलिएको उल्लेख गरिएको छ । 

Muktinath Bank

डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २२ हजार ९८८ जनालाई डेंगुको संक्रमण देखिएको छ । त्यसमध्ये सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ ।
००००
कांग्रेसको १४औँ महाधिवेशनमा दोस्रो चरणमा सभापतिमा प्रतिष्पर्धा गरेका शेखर कोइराला र पार्टी सभापति शेरबहादुर देउवा पक्ष पार्टीमा आमने–सामने छन् । देउवा कोइराला खेमालाई सकेसम्म बाइपास गरेर अघि बढ्न चाहन्छन् । कोइराला पक्षले त्यसको शसक्त विरोध गर्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीमा देउवाको कार्यशैलीको सुधार, अवसरको समान वितरण र न्यायको पक्षमा कोइराला समूहले शसक्त दबाब सिर्जना गरिरहेको छ । मंसिर ४ को चुनावमा सकेसम्म कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर एकल प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा कोइराला समूह छ । तर, कांग्रेसको संस्थापन पक्ष यसमा सहमत छैन । गठबन्धनमा रहेका दलहरूलाई कांग्रेसले छाड्नासाथ वामपन्थीहरूको चुनावी समीकरण बन्ने र २०७४ कै निर्वाचनको जस्तो अवस्था आउने डर देउवा पक्षमा छ ।
गठबन्धनभित्र सिट बाँडफाँटको क्रममा कोइराला पक्षका नेताहरूको निर्वाचन क्षेत्र अन्य पार्टीका नेताहरू छाड्न संस्थापन पक्ष सरल भएपछि सशंकित भएको कोइराला पक्ष समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि झन् बिच्किएको छ । समानुपातिकतर्फको बन्दसूचीमा कोइराला पक्षका असाध्यै थोरै नेताको नाम परेपछि कोइराला पक्षले शनिवार काठमाडौंमा खबरदारी सभा नै आयोजना गरेर संस्थापन पक्षलाई दबाब दिएको छ । 


Advertisment
Nabil box
Kumari

००००
नेपाल प्रहरीका ३ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयका अनुसार बुटवल तालिम केन्द्रमा एसएसपी बिनोद घिमिरेलाई पठाइएको छ । हाल बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा कार्यरत दिपक कुमार बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरिएको छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गरेका छन् । धनुषाको विदेह नगरपालिकास्थित–३ कौरिया चोकमा एमाले धनुषाद्वारा आज आयोजित जनसभामा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाए ।
००००
डा गोविन्द केसीले १३ दिनयता जारी अनसन तोडेका छन् । सरकारसँग १० बुँदे सहमतिपछि उनले शनिबार साँझ अनसन तोडेका हुन् । 
सहमतिअनुसार ५०० शय्याका अस्पतालहरूको संगठन तथा व्यवस्थपन सर्वेक्षणको काम सम्पन्न गरी शीघ्र स्वीकृतिको प्रक्रियामा लगिने भएको छ। त्यस्तै अन्य सरकारी अस्पतालको पनि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम पनि छिटो सकिने छ ।
००००
पछिल्लो समय नेपालमा फैलिएको डेङ्गु प्रकोप तत्काल नियन्त्रण गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । सरकारले डेङ्गु नियन्त्रणमा तुरुन्त प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको आग्रह छ । हरेक अस्पताल शय्याहरू डेङ्गुका बिरामीले भरिएको चिकित्सकहरूको भनाइ छ ।

Vianet communication
Laxmi Bank

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा डा सुन्दरमणि दीक्षितले नियन्त्रणका लागि लामखुट्टे मार्ने धुवाँको प्रयोग गर्र्नुपर्ने बताए ।  डेङ्गु नियन्त्रण गर्नु सरकारको मात्र जिम्मेवारी नभएको भन्दै उनले स्वास्थ्य मन्त्रालय मातहतका कार्यालय र स्थानीय निकाय गम्भीरताका साथ खटिनुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x