×

NMB BANK
NIC ASIA

मिरगञ्ज पुल सञ्चालनमा ल्याउन माग

असोज ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको जोगबनीबजार नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा ल्याउन भारतका गृहमन्त्री अमित शाहसमक्ष विराटनगरका उद्योगी व्यवसायीले माग गरेका छन् । मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको उद्योगी व्यवसायीको टोलीले भारतीय गृहमन्त्री शाहसँग मिरगञ्ज पुल सञ्चालनमा ल्याउन माग गरेको हो ।

विहारको किसनगञ्जमा आयोजना हुने जनभावना सभालाई सम्बोधन गर्न आउनुभएका शाहलाई व्यापार सङ्घका प्रतिनिधिले पुललगायत अन्य समस्या समाधानका लागि पहल गरिदिन मागसहित ज्ञापनपत्र बुझाएको वरिष्ठ उपाध्यक्ष राठीले बताउनुभयो । उहाँका अनुसार भारतीय गृहमन्त्री शाहले ज्ञापनपत्र बुझ्दै नेपाली उद्योगी व्यवसायीले राखेका माग पूरा गर्ने आश्वासन दिनुभएको छ । ज्ञापनपत्रमा २०२२ जनवरी ६ देखि बन्द भएको स्टिल स्ट्रक्चरको मिरगञ्ज पुलको विकल्पमा निर्माण गरिएको मोटरेबल पुल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ । विगत नौ महिनादेखि मिरगञ्ज पुल बन्द हुँदा जोगबनी नाकाबाट हुने आयातनिर्यात ठप्प भएको छ । जोगबनी नाकाबाट हुने आयातनिर्यात हाल सुनसरीको भाण्टाबारी नाकाबाट भइरहेको छ । मिरगञ्ज पुल बन्द भएपछि एक सय १४ किलोमिटर घुमाएर मालवाहक ट्रक तथा कन्टेनरहरू विराटनगरस्थित आइसिपी आउनुपर्ने बाध्यता छ । लामो दूरी घुमाएर सामान आयात गर्नुपर्दा दैनिक एउटा गाडीलाई रु २० हजार थप भाडा तिर्नु परिरहेको उद्योगी व्यवसायीको गुनासो छ । उद्योगी व्यवसायीको टोलीले भारतबाट नेपालमा चामल र गहुँ निकासीमा प्रतिबन्ध लगाइँदा नेपाली जनता र उद्योगधन्दामा ठूलो असर परेकाले नेपालमा सहजरूपमा खाद्यान्न निर्यातको अनुमति दिनसमेत ज्ञापनपत्रमार्फत अनुरोध गरिएको वरिष्ठ उपाध्यक्ष राठीले बताउनुभयो ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x