×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

असोज १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले आइतवार रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश गरेको हो ।

Muktinath Bank

अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराल, सुनिलकुमार यादवसहितका रिट निवेदकहरूले ५ वटा रिट निवेदन दर्ता गराएका थिए । रिट निवेदनमा संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक प्रमाणीकरण नहुनु संविधानविपरीत रहेको भन्दै राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाइएको छ ।
००००
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताका बारेमा राजनीतिक दलहरूको फरक–फरक मत आएको बताएका छन् । उनले आगामी दिनमा पनि दलहरूको परामर्श र सरसल्लाहमा सहजीकरण गर्दै जाने प्रतिबद्धता प्रमुख आयुक्तले व्यक्त गरेको बताए । आइतवार राजनीतिक दलका नेताहरूसँगको छलफलपछि उनले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयनका लागि प्रयास गरिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आयोगले सबै राजनीतिक दलहरूको परामर्शमा आचारसंहिता निर्माण गरेको हो । यद्यपि, राजनीतिक दलहरूको फरक–फरक मत छन् र आयोगले आज पनि आगामी दिनमा पनि दलहरूको परामर्श र सरसल्लाहमा सहजीकरण गर्दै जाने गरी माननीय प्रमुख आयुक्तज्युले त्यसलाई सहजीकरण गर्ने कुरा व्यक्त गर्नुभएको छ’, प्रवक्ता पौडेलले भने, ‘दलहरूको सहमतिमा केही कुरा संशोधन गर्नुपर्ने भएमा सहजीकरण गर्ने पनि व्यक्त गर्नुभएको छ । उमेद्वारले निर्वाचन आयोगले तोकेको खर्चको सीमाअनुसार गरेको खर्चको विवरण निर्वाचनको अन्तिम परिणाम आएको तीस दिनभित्र बुझाउन पर्ने कानूनी प्रावधान हो । कानूनबमोजिम विवरण नबुझाएको खण्डमा के हुने भन्नेकुरा निर्वाचन आयोग ऐन २०७३ मा उल्लेख छ ।’
००००
बलात्कार आरोपमा उजुरी परेपछि निलम्बित अवस्थामा रहेका क्रिकेटर लामिछानेले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन आफ्नो पनि भूमिका रहेको बताएका छन् । तर, आफूमाथि लागेको आरोप झूटो भएको उनको जिकिर छ । 
सामाजिक सञ्जालमार्फत लामिछानेले भनेका छन्, ‘क्रिकेट प्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ  । चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा। राष्ट्रको लागि दीलो ज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महशुस भएको छ।’


Advertisment
Nabil box
Kumari

१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु सौभाग्यको कुरा रहेको उल्लेख गर्दै लामिछानेले  आफूलाई जोडेर आएको समाचारले मानसिक रुपमा विक्षिप्त बनाएको बताएका छन् । जसका कारण गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्थामा आफू नरहेको उनको भनाइ छ ।
००००
लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बेँसीसहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आइतबार राति ८ः४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
००००
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाको वैधताबारे प्रश्न उठाएका छन् । सापेकाटाले सभामुखको हैसियतमा गरेका निर्णयहरूमाथि उनले प्रश्न उठाएका हुन् । आइतवार संघीय संसद् सचिवालयका महासचिवलाई पत्र लेख्दै उनले सापकोटाले असोज ५ सभामुखको हैसियतमा गरेको निर्णय कार्यान्वयन नगराउन निर्देश गरेका छन् ।
००००
अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ताभित्र सुझाव दिन सुझाव समिति गठन गरेका छन् । आइतवार मन्त्रालयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल बैंकर्स संघलगायत सरोकारवाला निकायका प्रतिनिधिहरू सम्मिलित बैठकमा नेपालको आर्थिक अवस्थाको बारेमा छलफल भएको थियो ।
००००
दशैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चहलपहल बढ्दै गएको छ । काठमाडौंबाट बाहिरिने यात्रुको भीड सार्वजनिक सवारीका टिकट काउन्टरदेखि सवारी साधन छुट्ने स्टेसनसम्ममा बढ्दै गएको छ । यात्रु तत्कालै टिकट लिएर जाने र अनुकुल समयका लागि अग्रिम बुकिङ गर्नेको भीड दैनिकजसो बसपार्कमा बढ्न थालेको छ । 

Vianet communication
Laxmi Bank

सामान्य दिनको तुलनामा यात्रुको चाप हुने र यात्रु जसरी पनि गन्तव्यतर्फ जानैपर्ने बाध्यताका कारण सार्वजनिक सवारी साधनले भने तोकिएको भन्दा बढी भाडा लिने गरेका छन् । काठमाडौंबाट विभिन्न जिल्ला पुग्ने सवारी साधनले यातायात व्यवस्था विभागले तोकेको भन्दा बढी भाडा लिने गरेका छन् । 

सार्वजनिक सवारीले लिन पाउने भाडाको सूची यातायात व्यवस्था विभागले २७ असारमै सार्वजनिक गरेको छ । इन्धनको मूल्यमा ५ प्रतिशतले घटबढ हुँदा भाडा समायोजन गर्न पाउने अधिकार विभागले दिएको छ । इन्धनमा मूल्य बढ्दा भाडा बढाउने र घट्दा घटाउने नीति विभागले लिएको छ । सोही अनुसार २७ असारपछि भाडा समायोजन भएको छैन । तर, सार्वजनिक यातायातले भने दशैंको मौका छोपेर यात्रुसँग बढी भाडा लिएको गुनासो भने बढेको छ ।
००००
चालू आर्थिक वर्षको पहिलो २ महिनामा २ खर्ब ७३ अर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार साउनसम्ममा भएको यस्तो आयात गत वर्षको सोही अवधिको तुलनामा १३.१ प्रतिशतले घटेको छ । 
तथ्यांकअनुसार निर्यातसमेत ३४.८८ प्रतिशतले घटेको छ । साउनसम्ममा २८ अर्ब ६८ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । यस्तो निर्यात गत वर्षको पहिलो २ महिनामा ४४ अर्ब ३ करोड रुपैयाँको थियो । आयात र निर्यात दुवै घटेका कारण गत वर्षको पहिलो २ महिनाको तुलनामा चालू आवको साउनसम्ममा व्यापार घाटासमेत ९.४५ प्रतिशतले घटेको छ ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली सेना परिचालन गर्नका लागि स्वीकृत दिएकी छन् । आइतवार उनले सेना परिचालनको स्वीकृति प्रदान गरेकी हुन् । 
‘२०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा कार्य योजना २०७० मा व्यवस्था भएअनुसार’ सेना परिचालनको स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  गत भदौ २७ गते बसेको राष्ट्रिय सुरक्षा परिषद तथा मन्त्रिपरिषद्को बैठकले निर्वाचनमा सेना परिचालन गर्ने निर्णय गरेको थियो ।
००००
सरकारले राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राईलाई मासिक ५० हजार रुपैयाँ र संस्कृतिविद् सत्यमोहन जोशीलाई नर्स सुविधा दिने निर्णय गरेको छ । 
मन्त्रिपरिषद्को बैठकले राईलाई सहज जीवनयापनको लागि यस अघि दिँदै आएको २५ हजार रुपैयाँको मासिक भत्तालाई शत प्रतिशतले बढाएर ५० हजार रुपैयाँ पुर्याउने निर्णय भएको गरेको हो ।
००००
चलचित्र विकास बोर्डले शुक्रवारदेखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबको विषयलाई लिएर भएको विवादको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतवार प्रेस विज्ञप्ति जारी गर्दै ‘प्रेमगीत ३’को हिन्दी डबको सम्बन्धमा भए गरेका काम कारबाही र प्रक्रियाको विषयमा बोर्डले स्पष्ट पारेको हो । 

बोर्ड अध्यक्ष भुवन केसीद्वारा जारी विज्ञप्तिमा चलचित्रको हिन्दी डबलाई लिएर विकास बोर्ड र बोर्डका पदाधिकारीविरुद्ध लान्छनायुक्त अभिव्यक्ति, टिका–टिप्पणी एवं व्यक्तिगत गाली गलौजसमेत गरी भ्रामक, कपोकल्पित समाचारहरू आएको भन्दै त्यसमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ६ बुँदामा जारी गरिएको विज्ञप्तिमा ‘प्रेमगीत ३’को हिन्दी स्वरांकनको स्कीकृतिका लागि कर चुक्ता प्रमाणपत्र पेश नगरी दरखास्त दिएकाले सिफारिस नगरिएको उल्लेख छ ।
००००
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यन्यायाधिवक्ता परिवर्तन गरेका छन् । कार्यकालको अन्तिम समयमा मुख्यमन्त्री राईले मुख्यन्यायाधीवक्ता परिवर्तन गरेका हुन् । मंसिर ४ गते प्रदेश सभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा मुख्यन्यायाधिवक्ता परिवर्तन गरिएको हो ।
००००
नेकपा माओवादी केन्द्र धनकुटाका सबै पदाधिकारीसहित जिल्ला कमिटीका सदस्यहरूले राजीनामा दिएका छन् । धनकुटाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूसहित जिल्ला समन्वय समितिका सबै सदस्यले सामूहिक राजनीमा दिएका हुन् । 

शनिवार बसेको समन्वय समितिको बैठकले सामूहिक राजीनामा दिँदै हेमराज भण्डारी ‘सुदर्शन’को स्वतन्त्र अभियानलाई सघाउने निर्णय गरेको समन्वय समितिका संयोजक डिल्ली राम राईले जानकारी दिए । उनले आइतवार पत्रकार सम्मेलन गर्दै आफूहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको जानकारी दिए ।
००००
नेपाल चेम्बर अफ कमर्शले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । चेम्बरले आइतबार विज्ञप्ति जारी गर्दै निक्षेपमा उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा पर्न थालेको भन्दै ब्याजदर नियन्त्रण गर्न आग्रह गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x