×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

महराले छाडेको मैदानमा को बन्ला एमाले महासचिव पोखरेलको प्रतिस्पर्धी ?

असोज १०, २०७९

NTC
Sarbottam
तस्वीरमा पोखरेल, शर्मा र आचार्य
Premier Steels
Marvel

नेकपा (माओवादी केन्द्र)भित्र चुनावी खेलाडीको पहिचान बनाएका उपाध्यक्ष कृष्णबहादुर महराले यसपटक प्रत्यक्ष चुनाव नलड्ने निर्णय लिएका छन् । 

Muktinath Bank

माओवादीले सशस्त्र संघर्ष शुरू गर्नुअगाडि २०४८ मा नै जनमोर्चाबाट रोल्पामा चुनाव जितेका महरा माओवादीभित्र सबैभन्दा धेरै लाभ लिने नेतामा पर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यकर्तासँग सहज पहुँच राख्ने महराको राम्रो पक्ष हो । तर,  पछिल्लो विवादास्पद छविले जीवनको उत्तरार्द्धमा महराको राजनीतिक प्रभाव कमजोर बन्न पुग्यो । 


Advertisment
Nabil box
Kumari

कहिले रोल्पा त कहिले दाङबाट गरी चारपटक चुनाव जितेका महराले चुनावी मैदानको धरातल धर्मराएको आकलन गरी सुरक्षित बाटो समानुपातिकमा बसेको माओवादीका जिल्ला नेताहरू बताउँछन् । स्थानीय तह निर्वाचनमा गठबन्धनले सोचेजस्तो मत नल्याएपछि महरा आफ्नो क्षेत्रमा सशंकित नै थिए । 

Vianet communication
Laxmi Bank

यसअगाडि दाङ– २ बाट चुनाव जितेका महरासँग प्रतिष्पर्धा गर्ने तयारीमा थिए, एमाले महासचिव शंकर पोखरेल । महरा समानुपातिकको सूचीमा बसेर नयाँलाई अवसर दिने बताएपछि सतही जनमत कमजोर भएका महासचिव पोखरेलले ‘वाकओभर’ पाएको अर्थ एमालेका जिल्ला नेताहरूले लगाएका छन् ।

महरा चुनाव नलड्ने भएपछि पोखरेललाई चुनावी प्रतिस्पर्धा सहज हुने टिप्पणी जिल्लामा भइरहेको छ । पोखरेल एमालेबाट एकलरूपमा सर्वसम्मत सिफारिश पनि भएका छन् । 

गएको (२०७४) निर्वाचनमा महराले दाङ– २ बाटै चुनाव लड्ने अड्डी कसे । पोखरेलले चुनाव लड्दै आएको क्षेत्रमा महरा कि पोखरेलले भन्ने ठूलो बहस चल्यो । 

त्यो बेला एमाले र माओवादी पार्टी एकता गर्ने गरी गरेको चुनावी तालमेलले महरालाई कुनै क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने दबाब थियो ।

एउटा निर्वाचन क्षेत्र रहेको रोल्पामा पुन लड्ने निश्चित भएपछि पोखरेललाई मुख्यमन्त्रीको रूपमा अगाडि सारेर प्रदेशमा र महरालाई प्रतिनिधिसभामा उम्मेदवार बनाउन एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड सहमत भए ।

अहिले एमाले–माओवादी अलग–अलग कित्तामा हुँदा पोखरेलले वाकओभर पाउने गरी महरा पछाडि हटेका छन् ।

‘उहाँ (महरा)को व्यक्तिगत छविमा पनि दाग लाग्यो । जिल्लाका उहाँनिकट नेताहरू  पनि पार्टी छाडेर एमालेतिर लागे । उहाँ चुनाव लड्ने भनेको कांग्रेसकै भरमा थियो । डर पनि कांग्रेसबाटै भयो । अन्ततः मैदान छाड्नुभएको हो,’ माओवादीका एक जिल्ला नेताले भने । जिल्लामा मतदाता बढ्दै गए पनि माओवादीको मत भने निरन्तर घट्दो क्रममा देखिन्छ । पोखरेलको पार्टीमा प्रभाव बढ्दो छ भने महराको घट्दो देखिन्छ । 

एमाले दाङ जिल्ला सचिव मनोहर बुढाथोकीले शंकर पोखरेलसँग चुनाव लड्ने हिम्मत गर्न नसकेर महरा समानुपातिकमा गएको बताए ।

‘गाउँ गाउँ पुगे । फिल्ड बुझे । फिडब्याक लिए । जनमत आफ्नो पक्षमा देखेनन् र समानुपातिक रोजेका हुन्,’ उनले भने, ‘माओवादीका पालिका तहका उम्मेदवारहरू नै एमालेमा आउनुभएको छ । भूमिगत राजनीतिमा सक्रियहरू नै एमालेमा आउँदा उनी डराए,’ बुढाथोकीले लोकान्तरसँग भने । स्थानीय निर्वाचनपछि माओवादीबाट ११ सय ५२ जना एमाले प्रवेश गरेको उनको दाबी छ ।

महराको ठाउँमा नेत्री रेखा शर्मालाई उम्मेदवार बनाउने माओवादीको तयारी छ । शर्मासँगै माओवादीका जिल्ला इञ्चार्ज निर्मल आचार्यको नाम पनि सिफारिश भएको छ । तर, माओवादीले टिकट पाउने अवस्था आए शर्मा नै उम्मेदवार हुने सम्भावना बढी छ ।

महरा समानुपातिकमा बसेपछि यो क्षेत्रमा कांग्रेसले पनि दाबी गरेको छ । माओवादी कमजोर बनेकाले आफूहरूले उम्मेदवारी दिन पाउनुपर्ने कांग्रेसको दाबी छ ।

तत्कालिन नेकपा विभाजनपछि केही नेता कार्यकर्ता एमालेमै बसे । बितेको एक डेढ वर्षयता माओवादीका जिल्लास्तरका धेरै नेताहरूले एमाले रोजेका छन् । 

स्थानीय निर्वाचनअगाडि माओवादी छाडेर स्वतन्त्र बस्ने निर्णय गरेका माओवादी जिल्ला इञ्चार्ज जीवन गौतम एमालेमा प्रवेश गरिसकेका छन् । 

महराको स्वकीय सचिव तथा घोराही उपमहानगरका अध्यक्ष प्रमोद शर्मा पनि एमालेमै गए । माओवादी प्रदेश सदस्य कल्याण रोक्का, सीता चौधरी, बंगलाचुली गाउँपालिकाकी पूर्व उपाध्यक्ष यमुना थापा, क्रान्तिकारी शिक्षक संगठनका जिल्ला तहका नेताहरूले पनि एमाले रोजेका छन् ।

यौन दुव्र्यवहारको आरोपमा मुछिएपछि महराको व्यक्तिगत छवि ओरालो लाग्दै गएको छ । सभामुख रहेका बेला एक महिलाको कोठामा रक्सीले मात्तिएर पुगेका उनी त्यही घटनाले सभामुखबाट बाहिरिनुपरेको थियो ।

महराले क्षेत्र नम्बर २ मा जोखिम देखेपछि क्षेत्र नम्बर १ बाट पनि उठ्ने चर्चा थियो । रोल्पाबाट पनि उनको नाम सिफारिश भएको थियो ।

दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई मनाउन नसकेपछि उनी समानुपातिकतर्फ गएका हुन् । 

एमालेको चितवन महाधिवेशनमा अरू पदमा निर्वाचन हुँदा महासचिवमा चुनाव भएन । पोखरेल निर्विरोध भए । त्यसयता पार्टीमा बढ्दो शक्तिले पोखरेल महरासामु हावी हुन पुगेका हुन् ।

२०७४ मा दाङ– २ बाट ४० हजार ४२ मत पाएर महरा विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका राजु खनालले २५ हजार ८९७ मत ल्याएका थिए ।

यो क्षेत्रमा घोराही उपमहानगरपालिकाको वडा नम्बर ४ अनि ६ देखि १९ सम्मका वडा र बंगलाचुली गाउँपालिका पर्छन् । तुलसीपुर उपमहानगरपालिकाका चार वटा पनि यही क्षेत्रमा पर्छन् । स्थानीय निर्वाचनमा घोराही र तुलसीपुरमा गठबन्धन सफल नदेखिएपछि अहिले गठबन्धनमा त्रास बढ्दो छ ।

तर, माओवादीले अहिले पनि आफू कमजोर नभएको दाबी गरिरहेको छ । माओवादी दाङका इञ्चार्ज निर्मल आचार्यले यो क्षेत्रमा माओवादी अझै बलियो रहेको दाबी गरे ।

दलहरूको दाबी आ–आफ्नै ठाउँमा छ, तर को कति बलियो भन्ने आधिकारिक हिसाबकिताब भने चुनावमा नै हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x