×

NMB BANK
NIC ASIA

देउवासँग चुनाव लड्न डडेल्धुराका गाउँ घुमेपछि ढकाल– सोचेभन्दा धेरै मायाँ र सद्भाव पाएँ

असोज १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्ने तयारीमा रहेका युवा नेता सागर ढकालले आफू मतदाताहरूको मायाले उत्साहित भएको बताएका छन् । डडेलधुराबाट निर्वाचन लड्ने तयारी गरिरहेका ढकालले आफूलाई धेरै मतदाताले माया र सद्भाव दिएको बताएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

पहिलो चरणको प्रचारप्रसारको काम सकेपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डडेलधुराको ७ वटै पालिका र ५२ वटा वडाहरूमध्ये छिटफुटबाहेक सबैको आवाज सुनेर सकेका छौँ । सोचेभन्दा निकै राम्रो माया, सद्भाव पाएका छौँ । जहाँ रात पर्छ त्यहीँ बस्छौँ । बेजोड पानी, ब्यापक जुकाको टोकाई, पहिरोलगायतका अवरोधहरुकाबीच समयमै काम सक्यौँ । अब एजेन्डासहित हाम्रो आवाज सुनाउने पालो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेशाले मेकानिकल इन्जिनियरसमेत रहेका ढकालले केही वर्ष अघि एक सार्वजनिक कार्यक्रममा प्रश्न सोध्दा देउवाले ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै हकारेका थिए । ढकालले देउवालाई विकसित देशका नेताहरू उत्कृष्ट युनभर्सिटीका विद्यार्थी हुने गरेको र उनीहरूले मुलुकको विकास गरेको तर नेपालका नेताहरूले मुलुकको विकास गर्न नसकेको भन्दै कहिले राजनीतिबाट विश्राम लिने भनेर प्रश्न गरेका थिए । जवाफमा देउवाले ‘कहाँबाट नेपालमा ल्याउने अक्फोर्ड’ भन्दै जंगिएका थिए । 


Advertisment
Nabil box
Kumari

त्यसपछि पुनः प्रतिप्रश्न गर्न तम्सिएका ढकाललाई देउवाले ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भनेर हकारेका थिए । उक्त घटनापछि देउवा निकै आलाेचित बनेका थिए । उनै ढकाल आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभामा देउवासँगै प्रतिष्पर्धा गर्न तम्सिएका हुन् । 

Vianet communication
Laxmi Bank


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x