बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने पर्साको वीरगञ्जस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७९/०८० को सुरुदेखि नै लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन ।
कार्यालयका अनुसार चालु आवको साउन महिनाका लागि दिइएको लक्ष्यको ८५ प्रतिशत र भदौ महिनाका लागि दिइएको लक्ष्यको ७३ प्रतिशत मात्र राजश्व सङ्कलन भएको छ ।
नेपालीको महान चाड दसैँ पर्व नजिकिँदै जाँदा अघिल्ला वर्षको तुलनामा पर्साको वीरगञ्ज नाका भएर नेपाल भित्रिने सामग्रीमा यस वर्ष निकै कमी आएको छ । चालु आवको पहिलो दुई महिनामा दसैँलगायतका अन्य चाड पर्व लक्षित विभिन्न खाद्यान्न तथा लत्ता कपडाजन्य सामग्रीको आयातमा कमी आएको हो ।
सरकारले पछिल्लो पटक आयातमा रोक लगाएका विभिन्न सामानबाहेक अन्य खाद्यान्न तथा लत्ताकपडाजन्य सामग्रीहरु आयात भए पनि अघिल्लो वर्षका समीक्षा अवधिको तुलनामा निकै काम मात्रामा भित्रिएका हुन् । गत असार ३१ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चारपाङ्ग्रे सवारी साधनलगायतका विभिन्न विलासीजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।
चालु आवको साउन महिनाका लागि भन्सार विभागले रु १५ अर्ब २० करोड सात लाख राजश्व सङ्कलन गर्न लक्ष्य दिएको थियो । तर कार्यालयले लक्ष्यभन्दा रु दुई अर्ब २१ करोड आठ लाख कम अर्थात रु १२ अर्ब ९८ करोड ९९ लाख मात्र राजश्व सङ्कलन गरेको थियो ।
त्यसैगरी भदौ महिनाका लागि रु १९ अर्ब २९ करोड ४५ लाख राजश्व सङ्कलनको लक्ष्य पाएको कार्यालयले रु पाँच अर्ब १५ करोड २० लाख कम अर्थात रु १४ अर्ब १४ करोड २५ लाख मात्र राजश्व सङ्कलन गरेको छ ।
वैदेशिक मुद्राको सञ्चितीकरणलाई मध्यनजर गर्दै सरकारले विभिन्न वस्तुको आयातमा लगाएको रोकका कारण कार्यालयको राजश्व सङ्कलनमा प्रभावित भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सबैभन्दा बढी राजश्व सङ्कलन हुने ठूला तथा साना सवारी साधन, मोइबाइल फोनलगायतका विलासीसहित विभिन्न १० वस्तुको आयातमा सरकारले लगाएको प्रतिबन्धकोे प्रत्यक्ष प्रभाव राजश्व सङ्कलनमा देखिएको हो ।
गत आर्थिक वर्ष ०७८/०७९ को भदौ मसान्तसम्ममा राजश्व सङ्कलनको कारोवारका लागि १६ हजार चार सय ३७ वटा प्रज्ञापनपत्र प्रयोग भएकामा चालु आवको सोही अवधिसम्ममा चार हजार पाँच सय ८९ प्रज्ञापनपत्र मात्र प्रयोग भएको कार्यालयले जनाएको छ ।
चारपाङ्ग्रे सवारी साधनलगायतका विभिन्न विलासीजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाइएपछि वीरगञ्ज नाका प्रयोग गरी हुने कारोवारमा अन्य समयको तुलनामा करिब २८ प्रतिशतले कमी देखिएको छ ।रासस
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...