असोज ८, २०८०
बालिकालाई बलात्कार गरेको अभियोगमा फरार अभियुक्त १६ वर्षपछि समातिएका छन् । चितवनको भरतपुर महानरपालिका–८ गौरीगञ्ज बस्ने ५८ वर्षीय अमरेश कँडेललाई हालै पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...
असोज ११, २०७९
बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको खोजीका लागि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ ।
सन्दीपको खोजीका लागि इन्टरपोलको नेपाल शाखाले हेडक्वार्टरलाई अनुरोध गरेपछि डिफ्युजन नोटिस जारी भएको हो ।
वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन जारी गरिन्छ ।
अदालतमा मुद्दा दायर भई वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि भने रेड नोटिस जारी हुन्छ ।
डिफ्युजन नोटिस खोजीका लागि हो भने पक्राउ गर्न रेड नोटिस जारी गर्नुपर्छ ।
डिफ्युजन नोटिसका भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरी बाध्य हुँदैन । तर, उक्त व्यक्ति फरार आरोपी हो भन्ने जानकारी प्राप्त भएर सम्बन्धित देशको प्रहरीले निगरानी गर्न थाल्नेछ ।
आफूविरुद्ध लागेको आरोप झूटो रहेको र त्यसको सामना गर्ने भन्दै सन्दीपले आइतबार फेसबूकमा लामो स्टाटस लेखेका थिए ।
सन्दीपले लेखेको फेसबूक स्टाटसमा आफूमा स्वास्थ्य समस्या देखिएको र आइसोलेसनमा रहेको जनाइएको छ । उनले छिट्टै नेपाल आउने उल्लेख गरेका छन् ।
फेसबूकमार्फत आफू नेपाल आउने कुरा लेखे पनि आउन ढिलाइ गरेपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गर्न प्रक्रिया अगाडि बढाएको हो ।
सन्दीपविरुद्ध जाहेरी परेको पनि २१ पुगेको छ ।
प्रहरी स्रोतका अनुसार सन्दीप यसबीचमा सिंगापुर, भारत र दुबई आवतजावत गरेका छन् । अहिले उनी सिंगापुरमा रहेको प्रहरी स्रोतको दाबी छ ।
‘उनी कहाँ छन् भन्ने हामीलाई थाहा छ, हामीले रेकी गरिरहेका छौं, तर उनी आफैं नेपाल नआएपछि हामीले प्रक्रियामार्फत ल्याउन लागेका हौं,’ इन्टरपोल नेपाल शाखाका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने ।
सन्दीप सिंगापुरमा रहेको सूचना प्रहरीलाई भए पनि आधिकारिक रूपमा खोजीका लागि डिफ्युजन नोटिस जारी भएको हो ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले सन्दीप नेपाल नआएपछि प्रहरीले आफ्नो प्रक्रियाबाट ल्याउन लागेको बताए ।
‘उनलाई गम्भीर आरोप लागेको छ । प्रहरीले आफ्नो अनुसन्धान प्रक्रिया त गर्ने नै भयो,’ डीआईजी राईले भने ।
भदौ ५ गते १७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा पटक–पटक बलात्कार गरेको आरोप सन्दीपमाथि छ । ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।
भदौ ६ गते बिहान होटलबाट निस्किएर अन्तर्राष्ट्रिय शृंखलाका लागि सन्दीप केन्या गएका थिए । केन्यामा खेल सकिएपछि उनी क्यारेबियन लिग खेल्न वेस्ट इन्डिज गएका थिए ।
उनी वेस्टइन्डिजमै रहेका बेला काठमाडौंमा बलात्कारको उजुरी दर्ता भएपछि सन्दीप त्यहाँबाट हिँडेका थिए । भदौ २६ गते वेस्ट इन्डिज छाडेका सन्दीप अहिलेसम्म विदेशमै लुकेर बसिरहेका छन् ।
बलात्कार आरोप लागेको २ दिनपछि उनले क्रिकेट एसोसिएसन नेपाल (क्यान)मा सम्पर्क गरेर आफू नेपाल फर्किन लागेको र कानूनी लडाइँ लड्नका लागि सहयोग गर्न भनेका थिए ।
त्यसयता भने उनी कसैसँग औपचारिक सम्पर्कमा छैनन् । यसबीचमा उनले दुईपटक फेसबूक स्टाटस लेखेका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले सन्दीपको खोजी भइरहेको बताए । नेपाल आउनेबित्तिकै पक्राउ गर्ने उनको भनाइ छ ।
नेपाल आउन ढिलाइ गरेमा भने इन्टरपोलमार्फत पक्राउ गरेर नेपाल ल्याउने प्रहरीको तयारी छ । त्यसका लागि भने केही समय लाग्नेछ ।
बालिकालाई बलात्कार गरेको अभियोगमा फरार अभियुक्त १६ वर्षपछि समातिएका छन् । चितवनको भरतपुर महानरपालिका–८ गौरीगञ्ज बस्ने ५८ वर्षीय अमरेश कँडेललाई हालै पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...
रुकुम पश्चिममा वन फँडानी गरेको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई ...
गैँडाको खाग चोरी गर्ने एक व्यक्ति २५ वर्षपछि समातिएका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतवार समातेको हो । समातिनेमा चितवन कालिका नगरपालिका–२ का ४४ वर्षीय यमबहाद...
असोज ९ गते दिउँसो सुन्धारास्थित केन्द्रीय कारागारका दुईवटा बन्दी गृह घुम्न जेलर ललित बस्नेतको अनुमति लिएँ । सुरक्षा अपराध तथा आन्तरिक मामिलामा रिर्पोटिङ गर्ने भएकाले जेलको अवस्थाका बारेमा जान्नुपर्ने थियो ।...
काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीको आज बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत क...
जनकपुरका अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि शुरू भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेसन क्षेत्रमा रहे...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...