×

NMB BANK
NIC ASIA

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा आउने

असोज ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृंखला ‘हिजो आजका कुरा’मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरे । ६९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृंखलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन ।

Muktinath Bank

विक्रम संवत् २०५३ सालमा शुरू हुँदा टेलिशृंखलाको नाम ‘आज भोलिका कुरा’ राखिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाहकै सहयोगमा शुरू भएको टेलिशृंखला १७ भागपश्चात् ‘भोलिको कुरा’ स्वाभाविक नभएपछि ‘हिजो आजका कुरा’ बन्यो । पाक्षिक कार्यक्रम लोकप्रिय भएपछि साप्ताहिक बन्यो ।


Advertisment
Nabil box
Kumari

उक्त समयमा झुपडीदेखि दरबारसम्म रुचाइए तापनि देशमा आएको राजनीतिक परिवर्तनसँगै विक्रम संवत् २०६३ सालमा यो हाँस्य टेलिशृंखला बन्द भयो । दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा २ वर्षसम्म ११७ भाग प्रसारण गरे ।

Vianet communication
Laxmi Bank

लोकप्रियता नपाउँदा निजी टेलिभिजनसँगको यात्रा लामो भएन । १६ देखि १८ घण्टासम्म हुने विद्युत् भार कटौतीले यसलाई धेरै दर्शकसम्म पुग्न दिएको थिएन । अभिनेता पन्त पुनः यसलाई सानो पर्दामा नभई ठूलो पर्दामा ल्याउने तयारीमा जुटेका छन् ।

उनकै छोरा साकार पन्तले ‘हिजो आजको कुरा’ फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन् । अभिनेता सन्तोष भन्छन्, ‘पुस्तान्तरण गरेको हुँ । नयाँ पुस्तालाई नयाँ सोच भएकै मेकर्स चाहिन्छ भनेर छोरालाई अगाडि सारेको हुँ ।’

फिल्ममा हिजो आजकै भइरहेका कुरा देखाइएको उनले बताए । फरक सोचका कुरा, बेथितिका कुरा, विदेशिनेका कुरा, विदेशिएका कुरा, मतभेदका कुरालाई समेटेर फिल्म तयार गरिएको छ ।

टेलिशृंखलाको रूपमा लोकप्रिय भएपछि ठूलो पर्दामा ल्याउँदा ‘द मुभी’ लेखिएको छ । ‘यसलाई टीभीकै शृंखला नबुझियोस् भनेर मुभी नै लेखेका हौं । टेलिभिजनको दर्शकलाई हलसम्म ल्याउने तयारी छ,’ अभिनेता पन्तले भने । 

फिल्ममा उनको जोडी टेलिफिल्मझैं रमा थपलिया छिन् । ‘फिल्ममा अभिनय गर्दा टेलिफिल्मका दिन सम्झिएँ । निकै रमाइलो भयो । रिलको जोडीसँग फेरि सहकार्य भयो,’ रमाले भनिन् । हिजो आजका कुरालाई फिल्मको रूप दिन पाउँदा साकार उत्साही छन् ।

‘हिजो आजका कुरा हेर्ने र यसलाई रुचाउने ठूलो पर्दामा पाउँदा पक्कै खुशी हुनुहुनेछ । हामीले साख झर्ने काम गरेका छैनौं । मेरो लागि यहीँ शीर्षक लिएर डेब्यु गर्नु अवसरसँगै चुनौती पनि छ,’ साकारले भने ।

फिल्ममा ऋचा शर्मा, दिव्य देव, रीमा विश्वकर्मा, केकी अधिकारी, स्व. जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसी लगायतको अभिनय छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x