×

NMB BANK
NIC ASIA

निकै रमाइलो टोकरी गाउँ बसाइँसराइँका कारण उराठलाग्दो !

असोज ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सुनसान गाउँ । जीर्ण घरहरू । वनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन । १ दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ ।

Muktinath Bank

बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ । कोही बिरामी पर्‍यो भने अस्पतालसम्म पुर्‍याउने मान्छेसमेत यस गाउँमा छैनन् । भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँनै रित्तो बन्दै गएको हो । 
    
गाउँका अधिकांश युवा विदेशिएका छन् । विदेश नगएका परिवार लिएर बजार झरे । यहाँका धेरै युवा जापानमा छन् । केही युरोपतिर । युवा विदेशिएपछि गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै छन् । स्थानीय रीता थापा भन्छिन्, ‘गाउँमा कोही बिरामी पर्‍यो भने तत्काल अस्पताल पुर्‍याउने मान्छे पनि पाइँदैनन्, गाउँका खेतबारी सबै बाँझो बनेका छन्, बूढाबूढी र केटाकेटी मात्रै छन् अहिले गाउँमा, केटाकेटी पनि बजारतिरै झर्न थालेका छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विदेश पलायन र बसाइँसराइँका कारण गाउँ रित्तिदै गएको भन्दै कसैको जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने गरेको थापाले बताइन् । दिनदिनै गाउँमा मान्छे घट्दै गएको भन्दै रित्तिएका घर जीर्ण अवस्थामा पुगेको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

‘बूढापाकाले जिउँदाको जन्ती, मर्दाको मलामी जानुपर्छ भन्ने गर्थे, अहिले गाउँमा कसैको विवाह भयो भने कसैको मृत्यु भयो भने जन्ती र मलामी पनि पाइँदैनन्,’ थापाले भनिन्, ‘सबैलाई सुविधा चाहिन्छ, गाउँमा भन्दा सहरमै राम्रो सुविधा भएर होला मान्छेहरू गाउँ छोड्दै जाँदै गरे, यहाँ भएका घर पूरै भत्किन थालिसकेका छन् ।’

Vianet communication
Laxmi Bank

थापाले छिमेकी बसाइँसराइ गरेर बजार झरेपछि मेलापात, खेतीपाती समेत खेतालाको अभाव हुने गरेको बताइन् । उनी एक्लै धेरै खेतबारीमा काम गर्न नसक्दा खेतीयोग्य जमिन कालोपातीले भरिएको बताउँछिन् । ‘पहिले गाउँमा धेरै मान्छे हुँदा काम गर्न सजिलो हुन्थ्यो, अर्मपर्म गरेर काम गरिन्थ्यो, अहिले १ जना खेताला पनि पाइँदैन, एक्लैले धेरै बारीमा काम गर्न सकिँदैन, त्यही भएर बारीमा कालोपाती उम्रिएको छ,’ थापाले भनिन् ।
    
विदेशमा राम्रो कमाइ हुनेले बजारतिर बसाइँसराइँ गरेपछि गाउँ सुनसान बनेको स्थानीय विष्णु थापा  बताउँछन् । ‘१० वर्ष अगाडिसम्म त गाउँ निकै रमाइलो थियो, विदेश गए पनि साउदी, कतार जाने गाउँमै जग्गा जमिन किन्ने चलन थियो,’ थापाले भने, ‘अहिले त जापानबाहेक अरु ठाउँमा यहाँका मान्छे छैनन्, उनीहरू सबैले गाउँ छोडेर गए, बजारमा जग्गा जमिन जोडेपछि परिवार नै उतै लगे, गाउँ सुनसना भयो ।’

उनले सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सक्ने र गाउँमा स्वरोजगार सिर्जना गर्न सके मात्रै बसाइँसराइँ रोकिने बताए । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो सुविधा नहुँदा गाउँ छाड्ने बढेको उनको भनाइ छ । उनी भन्छन्, ‘युवा शक्ति सबै विदेशतिर हिँडे, गाउँमा रोजगारको अवसर छैन, विदेश गएपछि गाउँ बिर्सिन थाले, गाउँमा भएका पनि सुविधा खोज्दै बजार झरे, गाउँमा त उही हुँदा खानेहरु मात्रै छन् ।’

बसाइँसराइँका कारण विद्यार्थी समेत घटेका देउराली प्राथमिक विद्यालयका प्रधानाध्यापक केयरसिंह थापाले बताए । ५ कक्षासम्म पढाइ हुने विद्यालयमा जम्मा १६ जना विद्यार्थी रहेका उनको भनाइ छ । प्रधानाध्यापक थापाका अनुसार ५ कक्षासम्म पढाइ हुने भए पनि ३ र ४ कक्षामा विद्यार्थी छैनन् । विद्यालय २ जना शिक्षकको भरमा चलेको उनको भनाइ छ ।

‘बसाइँसराइँले गर्दा विद्यार्थी घट्दै गएका छन्, स्थानीय सबै जापानतिर छन्, अहिले त बालबालिका पनि उतै लग्न थाले, यहाँ भएका पनि बोर्डिङतिर झरेका छन्, गाउँमा मान्छे नै कम छन्, विद्यार्थी धेरै हुने त झन् कुरै भएन,’ प्रअ थापाले भने, ‘५ कक्षासम्म पढाइ हुने भए पनि २ वटा कक्षामा विद्यार्थी नै छैनन्, १६ विद्यार्थीलाई २ शिक्षकले पढाउँछौं, ३ वटा दरबन्दी थियो, विद्यार्थी घट्दै गएपछि गत वर्ष एउटा दरबन्दी घट्यो ।’

उनले धेरै नागरिकले सेवा सुविधाको पछि लाग्दा आफ्नो जन्मभूमि छाड्दै गएको बताए । बसाइँसराइँले सिंगो गाउँ नै रित्तो बन्न थालेको उनको भनाइ छ । ५ वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घरपरिवार रहेका थिए । अहिले १५ परिवार मात्रै बस्ने गरेका छन् ।

‘मान्छेले सेवा सुविधा खोज्दै गए, गाउँ रित्तियो, यहाँ पनि पनि शहर बजारको जति सेवा सुविधा हुन्थ्यो भने बसाइँसराइँ रोक्न सकिन्थ्यो, अहिले यहाँ भएका पनि बिस्तारै बजार झर्ने तयारीमा छन्,’ थापाले भने ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बसाइँसराइँ रोक्न नगरपालिकाले ग्रामीण क्षेत्रमा सहज रूपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको बताए । उनले पहिलेदेखि नै ग्रामीण क्षेत्रमा विकास हुन नसकेको भन्दै नगरपालिकाले गाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएको बताए ।

‘गलकोटमा बसाइँसराइँ गर्नेको संख्या व्यापक छ, यसलाई रोक्न हामीले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणलाई जोड दिएका छौं, शिक्षा, स्वास्थ्य, यातायात र पर्यटनलाई बाढी ‘फोकस’ गरेका छौं,’ प्रमुख गैरेले भने, ‘ढिलोचाँडो बसाइँसराइँ रोकिने छ, ग्रामीण क्षेत्रका नागरिकसँग बसेर छलफल गरेका छौं, त्यहाँ चाहिने आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने योजनामा हामी छौं ।’

उनले सबै ग्रामीण क्षेत्रमा सडक सञ्जालले जोडिसकेको भन्दै अब ग्रामीण पर्यटनलाई जोड दिन थालेको बताए । ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्नेसँगै बसाइँसराइँ रोक्ने उनको भनाइ छ । – डम्मर बुढामगर/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x