मंसिर १३, २०८०
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधाहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
मंगलवार नेपाल म्युजिक भिडियो निर्देशक समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली कलाको क्षेत्रमा अर्को एक नयाँ संस्थाको उदय भएकोमा खुशी व्यक्त गरे ।
चलचित्र र म्युजिक भिडियोको महत्व समान रहेको बताए ।
उनले गीत नभई चलचित्र पूर्ण हुन नसक्ने भन्दै गीत र चलचित्रलाई समान व्यवहार गर्नुपर्ने बताए ।
शर्माले म्युजिक भिडियोको महत्व दर्शाउँदै भने, ‘सानो होस् या ठूलो चलचित्र होस् वा म्युजिक भिडियो होस् यि सबैको उत्तिकै महत्व छ । यदि हामीले चलचित्रबाट गीतलाई अलग्गै निकाल्ने हो भने त्यो गीतलाई म्युजिक भिडियोको रुपमा हेर्न सकिन्छ ।’
त्यस्तै समाजका अध्यक्ष विधान कार्कीले नेपाली म्युजिक भिडियो निर्देशकहरुको परिचय र पहिचान स्थापित गर्दै उनीहरूका हकहितका लागि काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको बताए ।
उनले म्युजिक भिडियोलाई राज्यबाट पहिचान दिलाई संस्थागत गर्ने काममा संस्था लागिरहेको बताए ।
कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अहिले एउटा चलचित्र कर्मीले बनाएको फिल्ममा अर्कोले खुट्टा तान्ने काम भइरहेको बताए ।
उनले प्रेमगीत ३ टिमले खर्च गरेअनुसारको लगानी उठाउन चलचित्र विकास बोर्डले ल्याएको करको नीतिले मारमा पर्यौं भन्ने आग्रह कुनै संघसंस्थामा गरेको खण्डमा यस्ता अफवाह नफैलिने बताए ।
उनले प्रेमगीत टिमले कुनै आग्रह बिना नै चलचित्र विकास बोर्डका अध्यक्षमाथि आरोप लगाएको बताए ।
नेपाल म्युजिक भिडियो निर्देशक समाजले नेपाली म्युजिक भिडियो क्षेत्रमा विशिष्ट योगदान पुर्याउने तीन जना निर्देशकहरुलाई सो अवसरमा सम्मान प्रदान गरेको थियो ।
वरिष्ठ म्युजिक भिडियो निर्देशकत्रय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र संगीता श्रेष्ठलाई म्युजिक भिडियोको क्षेत्रमा पुर्याएको योगदान स्वरुप विशिष्ट सम्मान गरिएको थियो ।
समाजका संरक्षक बाबुराजा केसी ‘उज्ज्वल’ तथा सल्लाहकारहरु वरिष्ठ गायक, संगीतकार, गीतकार, चलचित्र लेखक तथा निर्देशक नारायण रायमाझी, नेपाली गीतसंगीत तथा चलचित्रका डिजिटल प्रवर्द्धक ओम प्रकाश अग्रवाल, चर्चित निर्देशक एवं कोरियोग्राफर शिव बि.क. र प्रेस सल्लाहकार जीवन पराजुलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...