×

NMB BANK
NIC ASIA

सशस्त्र प्रहरीलाई गृहसचिवको निर्देशनः निर्वाचनलाई शान्तिपूर्ण बनाउनुहोस्

असोज १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गृहसचिव विनोद प्रकाश सिंहले बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गरेका छन् । उनले हल्चोक र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनका समस्या र चुनौतीहरूका बारेमा जानकारी लिएका छन् । 

Muktinath Bank

गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपालले सीमित स्रोत साधनको बाबजुद कठीन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेकोमा प्रशंसा गरे । उनले प्रतिकूल अवस्थामा रहेका बिओपीहरूको सुधारको लागि समयानुकूल व्यवस्थापनमा मन्त्रालयले पहल गरिरहेको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहसचिव सिंहले आगामी निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहने बताए । उनले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति तथा युनिटपतिहरूले आफू मातहतकालाई उचित ढंगले परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन दिए । 


Advertisment
Nabil box
Kumari

सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षा कायम गर्न सक्षमता, निपूर्णता तथा तदारुकताका साथ कार्य गर्नु हुनेछ भन्ने अपेक्षा राखेको बताउँदै उनले सीमा सुरक्षामा कठीन परिस्थितिका बावजुद परिचालित कर्मचारीहरूप्रति उच्च सम्मान प्रकट गरे । 

Vianet communication
Laxmi Bank

गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै जस्तोसुकै कठीन परिस्थितिमा समेत सहजताका साथ दायित्व निर्वाह गर्दै आइरहेको उल्लेख गरे । उनले मन्त्रालयले सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्तिविकासको लागि प्राथमिकताका साथ कार्य गरिहेको बताए । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापन गर्दै गृहसचिव सिंहबाट भएको निर्देशनलाई अक्षरस पालना गरी ईमान्दारितापूर्वक जम्मेवारी निर्वाह गर्न निर्देशन दिए । उनले सशस्त्र प्रहरी राष्ट्र र आम नागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धारलगायतका विविध जिम्मेवारीहरुमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहनु पर्ने बताए । 

महानिरीक्षक अर्यालले मानव अधिकारको रक्षा, लैंगिक हिंसा र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिए । उनले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी तस्करी नियन्त्रणलगायत सरकारले अवलम्बन गरेका नीतिहरूलाई दृढताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गरे । 

महानिरीक्षक अर्यालले आगामी निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि सम्पूर्ण तयारी गरिएको जानकारी दिँदै जस्तोसुकै परिस्थितिमा पनि आम नागरिकको सेवा, सुरक्षा र उद्धारमा परिचालित हुने उल्लेख गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x