×

NMB BANK
NIC ASIA

गठबन्धनमा सीट बाँडफाँट लगभग मिल्यो, यस्तो छ १६५ क्षेत्रको भागबण्डा

असोज १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनले निर्वाचन क्षेत्रको बाँडफाँट लगभग टुंग्याएको छ ।

Muktinath Bank

बुधवार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले निर्वाचन क्षेत्रबारे लगभग सहमति जुटाएको नेताहरूले दाबी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही निर्वाचन क्षेत्रमा मात्र दलहरूको दोहोरो दाबेदारी रहेको र ती क्षेत्रका विषयमा आजभोलिमै सहमति जुट्ने कार्यदलमा रहेका एक नेताले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार कांग्रेसले ८६, माओवादीले ४७, नेकपा एकीकृत समाजवादीले १६, जनता समाजवादी पार्टीले १५ तथा राष्ट्रिय जनमोर्चाले १ सीट पाउने पक्का भएको छ । जनमोर्चाले २ सीटमा दाबी गर्दै आएको छ ।

Vianet communication
Laxmi Bank

कार्यदलका ती सदस्यका अनुसार कांग्रेसले पाउने  अधिकांश क्षेत्रको टुंगो लागेको छ । कांग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरासहित दार्चुला, कैलाली १, ४, ५, कञ्चनपुर २ र ३ तथा अछाम २ पाउने भएको छ । 

बाजुरा, सुर्खेतका दुवै क्षेत्र, दैलेख २ र मुगु पनि कांग्रेसको भागमा परेको  छ । दैलेख १ मा एकीकृत समाजवादीको पनि दाबी रहेको ती नेताको भनाइ छ । 

प्रदेश १ मा संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १,२,३ र ६, पाँचथर, इलाम २, झापा १, ३ र ४, सुनसरी २, ३ र ४, ओखलढुंगा, उदयपुर १ मा कांग्रेसले उम्मेदवारी दिने सहमति जुटेको छ । 

गण्डकी प्रदेशका स्याङ्जाका दुवै क्षेत्र चितवन १ र २, गोरखा १, मनाङ, कास्की १, तनहुँ १ र २, नवलपरासी पूर्व १ र २, मनाङ, म्याग्दी, पर्वत छन् । गोरखा १ मा भने माओवादीले दाबी छाडेको छैन । 

लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम २, बर्दिया १, गुल्मी १, पाल्पा १, अर्घाखाँचीमा पनि कांग्रेसको उम्मेदवारी हुने भएको छ । 

यस्तै रुपन्देही ३, ४ र ५, कपिलवस्तु २, ३, दाङ ३ र बाँके ३ निर्वाचन क्षेत्रबाट पनि कांग्रेसले उम्मेदवारी दिने बारे दलहरूबीच सहमति भएको छ । 

मधेश प्रदेशका सप्तरी ३ र ४ धनुषा २, ३ र ४ महोत्तरी २ र ३, सिरहा १ र २  निर्वाचन क्षेत्र कांग्रेसले लिने सहमति भएको छ । सर्लाही ४, बारा १, पर्सा ३ र ४ पनि कांग्रेसले पाउने भएको छ । 

बागमती प्रदेश अन्तरगत सिन्धुली १, रसुवा, धादिङ २, नुवाकोट २, काठमाडौं १, ३, ४, ५, ६ र १० भक्तपुर १ र २, ललितपुर १, काभ्रे २, सिन्धुपाल्चोक २ र मकवानपुर १ कांग्रेसले लिने सहमति भएको छ । 

तर, कांग्रेसले पाउने भनिएको धनुषा ४ मा जसपाको दाबी छ ।  महोत्तरी ३ मा पनि जसपाको दाबी रहेकाले छलफल जारी छ । यस्तै कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र लिनेबारे गठबन्धनमा छलफल चलिरहेको ती नेताको भनाइ छ । 

माओवादीले बाबुराम पनि समेट्ने

माओवादीले गठबन्धनमा पाउने भागबाटै बाबुराम भट्टराई नेतृत्वको नेसपालाई समेट्ने भएको छ । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले प्रदेश १ का ताप्लेजुङ, झापा २ र ५, भोजपुर, मोरङ ४ र ५, सोलुखुम्बु, उदयपुर २ मा सीट पाउने सहमति भएको छ । मधेश प्रदेशका सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३ माओवादीले पाउने भएको छ । 

बागमती प्रदेशका नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुली १,  सिन्धुपाल्चोक १, चितवन ३ माओवादीले लिनेछ । 

गण्डकी प्रदेशका गोरखा २, लमजुङ, कास्की १ वा ३ मा पनि माओवादीले भाग पाउने छ । यसअघि बाबुराम भट्टराईले जितेको गोरखा २ बाट उनी चुनाव लड्ने नलड्ने यकिन भएको छैन ।

यसैगरी बागलुङ २, कपिलवस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १, जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ निर्वाचन क्षेत्रमा पनि माओवादीले टिकट पाउने करीब–करीब सहमति जुटेको छ । 

कपिलवस्तु १ मा कांग्रेस नेता दीपकुमार उपाध्यायलाई दिनेबारे पनि छलफल चलिरहेको छ ।

बारा ४, अछाम १, सल्यान, नवलपरासी १, रुपन्देही १, धादिङ १, सर्लाही २ र खोटाङमा अन्य पार्टीको पनि दाबी रहेकाले थप छलफल हुने नेताहरूको भनाइ छ । 

समाजवादीले कहाँ–कहाँ सीट पाउने ?

नेकपा एकीकृत समाजवादीलाई १६ दिन दिने गरी सहमति भएको छ । तर केही निर्वाचन क्षेत्रमा अझै छलफल हुनुपर्ने देखिएको नेताहरूको भनाइ छ । 

समाजवादीले इलाम १, रौतहट १, बारा ४, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र पाउने सहमति भएको छ । तर, बारा ४, अछाम १ मा विवाद कायमै छ । धादिङ १ मा पनि एकीकृत समाजवादीले सशक्त दाबी गरिरहेको छ ।

जसपालाई कहाँ–कहाँ सीट ?

जसपाले सप्तरी १, सुनसरी १, सिरहा ४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन पाउनेछ । महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २ र ३, पर्सा १ र २, काठमाडौं ७, बाँके  २ र सप्तरी २ पाउने सहमति भएको छ ।  तर, निर्वाचन क्षेत्रहरू धनुषा ३, महोत्तरी ३ र रुपन्देही १ मा थप छलफल गरिने कार्यदलका ती सदस्यले बताए । 

जनमोर्चालाई १ पक्का, दोस्रोमा दाबी

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठानमा दाबी छाडेको छैन । एउटा क्षेत्र जनमोर्चाले पाउने पक्का भए पनि अर्को क्षेत्रमा सहमति जुट्न सकेको छैन ।

जनमोर्चाले बाग्लुङबाट चित्रबहादुर र प्युठानबाट दुर्गा पौडेललाई उम्मेदवार बनाउने भनेर निर्णय गरिसकेको अवस्था छ । मिल्न बाँकी रहेका सीटहरूमा सहमति जुटाएर छिट्टै औपचारिक घोषणा गरिने नेताहरूको भनाइ छ । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि असोज २३ मा उम्मेदवारी मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x