×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

कोइराला पक्षको आन्दोलनले झस्किए देउवा, बन्दसूची सच्याउन र न्यायोचित सीट दिन तयार

असोज १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको संस्थापनइतर समूहले दबाब बढाउँदै लगेपछि पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फको बन्दसूची सच्याउने प्रतिबद्धता जनाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कोइराला पक्षका नेताहरूसँग देउवाले समानुपातिकको सूची सच्याउने आश्वासन दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभापतिले सूची सच्याउने र प्रत्यक्षमा सीट बाँडफाँट न्यायोचित हुने बताउनुभएको छ । फाइनल नभएसम्म विश्वास गरिहाल्ने अवस्था छैन,’ कोइराला पक्षका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

कोइराला पक्षकै केही नेतामार्फत देउवाले संवाद अगाडि बढाएका छन् ।

Vianet communication
Laxmi Bank

आफूहरूसँग परामर्श नगरी बन्दसूची बुझाएको भन्दै कोइराला समूहले तीव्र आपत्ति जनाएको थियो । 

संस्थापन पक्षको एकलौटीविरुद्ध कोइराला समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

कोइराला समूहका नेताहरू बुधवार पार्टी केन्द्रीय कार्यालयमा धर्ना बसेका थिए । 

बिहीवार कोइराला पक्षले काठमाडौंमा छुट्टै चियापान कार्यक्रम आयोजना गरेको थियो । चियापानमा उल्लेख्य कार्यकर्ता सहभागी भएका थिए । 

असन्तुष्टहरूको कार्यक्रममा बढ्दो सहभागितापछि देउवा झस्किएको कांग्रेसका एक नेताले लोकान्तरलाई बताए । 

कोइराला पक्षको आन्दोलनको अगुवाइ गरेका गुरुराज घिमिरेले देउवाले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाएको बताए ।

‘सभापतिज्यूले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ । हामी बाटो हेरिरहेका छौँ । भएन भने बाँकी निर्णय हुन्छ । एकलौटी र विभेदपूर्ण भयो भने कार्यकर्ताले आफ्नो बाटो लिन्छन्,’ घिमिरेले भने ।

संस्थापन पक्षका केही ‘लिबरल’ नेताहरूले चुनावको मुखमा इतर पक्षलाई बिच्क्याउँदा देशभर अन्तरघात हुने खतरा रहेको ब्रिफिङ देउवालाई गरेका थिए ।

गठबन्धनका नेताहरूले पनि देउवालाई पार्टीभित्रको विवाद मिलाउन सुझाव दिएका छन् ।

समानुपातिकमा नअटाएका र टिकटको सुनिश्चितता नभएका नेताहरू समेत कोइराला क्याम्पमा आकर्षित भएपछि देउवा झस्किएका हुन् । 

कोइराला पक्षका कतिपय नेताले कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिने चेतावनी दिइरहेका छन् । 

कोइराला पक्ष आक्रामक बनेर जाने संकेत देखिएपछि देउवा गलेका हुन् । 

‘केन्द्रीय समितिमा हाम्रो प्रतिनिधित्व कम भएपनि ४० प्रतिशत महाधिवेशन प्रतिनिधि हाम्रो पक्षका थिए, पार्टीको यत्रो पंक्तिलाई बिच्क्याएर कांग्रेसले चुनाव जित्छ ?’ संस्थापन पक्षका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

समानुपातिकतर्फको बन्दसूची सच्याउने अन्तिम दिन नजिकिँदै गर्दा देउवा कोइराला पक्षलाई सम्मानजनक हैसियत दिन राजी भएका हुन् । 

कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीमा नेताका पत्नीसहित अधिकांश संस्थापन पक्षका नेताहरू थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x