×

X
Nic Asia
Khukuri

ब्याजदर वृद्धि अस्थायी हो, आत्तिनु पर्दैन : डेपुटी गभर्नर मिश्र

काठमाडाैं | असोज १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायीहरू आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै उनले ब्याजदर बढ्ने ट्रेण्ड सामान्य भएको भन्दै वृद्धि भएको ब्याजदर चाँडै घट्ने दाबी गरे । 

LAxmi BAnk
nabil BANK inside

डेपुटी गभर्नर मिश्रले अहिले संसारभर ब्याजदर बढाउने ट्रेण्ड चलेकाले नेपालमा पनि त्यसको प्रभाव परेको उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा नभएको बताउनु भयो । उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान पुर्‍याउने रेमिट्यान्स प्रत्येक महिनामा बढ्दै गइरहेको बताए । उनले नेपालमा रेमिट्यान्स तथा विदेशी पर्यटनको आगमन बढेकाले अर्थतन्त्रमा थप सुधार आउने बताए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘समय सधैँ एकै किसिमको बस्दैन । कोरोनाको अढाई वर्षेकाल र पछिल्लो रुस र युक्रेन युद्धको कारण ८ महिनाको समयमा विश्व अर्थतन्त्रमा केही मन्दीको संकेत देखापर्न आएको छ । अमेरिकाको फेडरिर्जभ बैंक, भारतीय रिर्जभ बैंक, बैंक अफ इंग्ल्याण्डले र बैंक अफ अष्ट्रेलियाले ब्याजदर केही मात्रामा बढाउँदै लगेको हुनाले अन्तराष्ट्रियस्तरमा तथा नेपालमा केही बैंक ब्याजदर बढेको छ’, उनले भने, ‘एक किसिमको ट्रेण्ड हो ट्रेन तलमाथि भइरहन्छ । हामी आत्तिनुपर्ने अवस्था रहँदैन । मुलुकको अर्थतन्त्र जुन किसिमले हेरिरहेका छौं । राष्ट्र बैंकले हेरक महिना तथ्याङ्क निकाले गरेको छ । तथ्याङ्कलाई हेर्दा नेपालको अर्थतन्त्र धेरै अप्ठ्यारो स्थितिमा छैनौंँ ।’


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो ।  काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा...

मंसिर १५, २०७९

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे ८ अर्ब रुपैयाँ नाफा कमाएको छ ।  चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अव...

मंसिर १५, २०७९

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।  नयाँ मूल्यअनुसार डिजेलको मूल्य ११ रूपैयाँले छ ।  पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ मूल्य घटेको छ ।  घटेको मू...

मंसिर १६, २०७९

के तपाई डलरसहितका विदेशी मुद्राको सटही गर्ने योजनामा हुनुहुन्छ ? हुनुहुन्छ भने आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै बिक्रीदर १३० रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको ...

मंसिर १५, २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अ...

मंसिर १५, २०७९

आर्थिक संकटका विषयलाई लिए र अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीच सवाल जवाफ भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा गर्भनर अधिकारीले अर्थतन्त्र संकटमै भएको बताएपछि अर्थमन्त्री...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x