×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

चुनाव नजिकिँदा अन्योलमा राजेन्द्र महतो– धनुषामै उठ्ने कि सर्लाही फर्किने ?

असोज १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने अन्योलमा छन् ।

Muktinath Bank

अघिल्लोपटक जितेको धनुषा- ३ मै उम्मेदवारी दिने कि पुरानो क्षेत्र सर्लाही- २ फर्किने भन्नेमा उनले निर्णय लिन सकिरहेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त लोसपा चुनावी तालमेलका विषयमा समेत अन्योलमा छ । सत्ता गठबन्धनसँग तालमेल गर्ने प्रयास सफल हुन नसकेपछि एमालेसँग संवाद चलिरहेको छ ।


Advertisment
Nabil box
Kumari

महतोको पहिलो प्राथमिकता भने धनुषा- ३ नै हो । तर, एमाले उक्त क्षेत्र छाड्न तयार भइसकेको छैन ।

Vianet communication
Laxmi Bank

नेकपा एमालेका तर्फबाट उम्मेदवारीको तयारीमा रहेकी जुली महतोले उक्त क्षेत्रमा घरदैलो समेत थालिसकेकी छन् ।

'मैले घरदैलो शुरू गरिसकेको छु । एमाले र लोसपाबीच चुनावी गठबन्धन वा तालमेल भयो भने पनि धनुषा- ३ मा सूर्य छापकै उम्मेदवार हुन्छ,' जुलीले लोकान्तरसँग भनिन्।

२०७४ सालमा महतोले नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।

नेकपा एमालेको अप्रत्यक्ष सहयोग पाएर महतोले जितेका कारण यसपटक महतोले जुलीलाई छाड्नुपर्ने एमाले कार्यकर्ताहरूको तर्क छ ।

'उहाँलाई हामीले विगत चुनावमा जिताएर सहयोग गरेका थियौं, यो पालि उहाँले पैँचो फिर्ता गर्न पनि जुलीलाई सहयोग गर्नुपर्छ,' ती कार्यकर्ताले भने ।

गत चुनावमा पराजित भएका कांग्रेस नेता निधि भने यसपटक राजेन्द्र महतोलाई सहयोग गर्ने उद्देश्यले नै प्रत्यक्ष चुनाव नलडेर समानुपातिकतर्फ गएका छन् ।

राजेन्द्र महतोले केही साताअघि लोकान्तरसँग भनेका थिए, 'लोसपालाई पाँचदलीय गठबन्धनमा ल्याउनका लागि तथा तपाईंलाई सहयोग होस् भन्ने उद्देश्यले यसपटक म चुनाव लड्दिनँ, तपाईंलाई हाम्रो पूर्ण सहयोग हुन्छ भनेर शुभकामना समेत निधिजीले दिनुभएको थियो ।'

निधिले छाडेपछि उक्त क्षेत्रमा एमाले र कांग्रेस दुवैको प्रत्यक्ष/अप्रत्यक्ष साथ लिएर उम्मेदवार बन्ने चाहना महतोको छ ।

महतोनिकट एक कार्यकर्ताका अनुसार पाँचदलीय गठबन्धनबाट उक्त क्षेत्रमा कांग्रेसले टिकट नपाएर जनता समाजवादी पार्टीले टिकट पाउने हो भने कांग्रेसको पनि मत पाउन सकिने महतोको आकलन छ ।

'एमालेसँग गठबन्धन नै नभएको अवस्थामा लोसपा उम्मेदवार महतोले कांग्रेसको मत पाउने सम्भावना छ,' ती कार्यकर्ताले थपे, 'त्यसकारण सके एमालेलाई त्यो क्षेत्रमा सीट छोड्न मनाउने, नमाने कांग्रेसको अप्रत्यक्ष मद्दतबाट भए पनि धनुषा- ३ मै चुनाव लड्ने महतोजीको तयारी छ ।'

लोसपा धनुषा अध्यक्ष परमेश्वर साह पनि महतोको पहिलो च्वाइस धनुषा- ३ नै रहेको बताउँछन् ।

'केही दिनअघि मात्र धनुषा- ३ को कार्यक्रममा उहाँ आउनुभएको थियो । उहाँको पहिलो प्राथमिकता धनुषा- ३ नै हो,' साहले लोकान्तरसँग भने, 'एमालेसँग वार्ता शुरू भएको छ । वार्तामा के कस्तो निष्कर्ष आउने हो त्यसले मात्र त्यो कुराको निर्धारण हुन्छ ।'

एक साताअघि मात्र महतो सर्लाही- २ पुगेका थिए । त्यहाँ पनि कार्यकर्ताहरूले उक्त क्षेत्र नेता तथा नेतृत्वविहीन भएकाले सर्लाही-२ बाट नै चुनाव लड्न आग्रह गरेका थिए ।

'लड्ने नै हो भने जित्नुपर्छ । जित्नका लागि भोट माग्नु पर्छ । धेरै नै मेहनत गर्नुपर्छ,' जवाफमा महतोले भनेका थिए ।

धनुषा- ३ वा सर्लाही- २ मध्ये कुन क्षेत्र रोज्ने भन्ने निर्णय महतोले गरिनसकेको सर्लाही- २ का एक लोसपा कार्यकर्ताले बताए ।

'उहाँ अहिले दुवै क्षेत्रका नेता तथा कार्यकर्ताको मनोभावना बुझिरहनुभएको छ,' ती कार्यकर्ताले लोकान्तरसँग भने, 'दुवै ठाउँमा फिफ्टी-फिफ्टी चान्स छ । अब निर्णय त उहाँले नै गर्ने हो । तर, हाम्रो चाहना भने उहाँ आफ्नै गृहजिल्ला फर्किए हुन्थ्यो भन्ने हो ।'

महतोका लागि सर्लाही- २ त्यति सहज भने छैन । एमालेसँग गठबन्धन भएपनि पाँचदलीय सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादव बलियो छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादव अहिले पनि उक्त क्षेत्रका निवर्तमान सांसद हुन् ।

२०७० सालको चुनावमा पनि यादव र महतो आमनेसामने भएका थिए । त्यतिबेला यादवले महतोलाई पराजित गरेका थिए ।

यादवको बलियो पकडकै कारण २०७४ सालमा महतोले उक्त क्षेत्र छाडेर धनुषा- ३ रोजेका थिए । यादवले २०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट चुनाव जितेका थिए भने २०७० सालमा उनकै नेतृत्वको तराई मधेश सद्भावना पार्टीबाट चुनाव जितेका थिए । २०७४ सालमा राष्ट्रिय जनता दलबाट उनले चुनाव जितेका थिए ।

नेकपा एमालेसँग वार्ता गर्नका लागि गठित वार्ता समितिका संयोजक समेत रहेका महतोलाई धनुषा- ३ छाड्न तयार नभएको एमाले सर्लाही- २ छाड्न भने तयार छ ।

'एक दुई दिनभित्र नै एमाले-लोसपा वार्तामा के कस्तो सहमति हुन्छ, त्यस आधारमा सबै कुराको टुंगो लाग्छ,' लोसपाका एक कार्यकारिणी सदस्यले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x