असोज ५, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
नर्भिक इन्टरनेशनल हस्पिटलले अस्पतालस्तरमा देशकै पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज(एनएबिएल) आइएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालन गरिरहेको छ ।
अस्पतालस्तरको पहिलो र एकमात्र एनएबीएल आईएसओ सर्टिफाइड प्रयोगशाला भएका कारण समेत यसको गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्न थालेको छ । प्रयोगशाला प्रमुख डा. सुशीलराम श्रेष्ठकाअनुसार एनएबीएलले तोकिदिएको मापदण्डअनुसारको गुणस्तरीयता कायम गरेका कारण पनि नर्भिक ल्याब्रोटोरीले सर्वसाधारणहरुको मन जित्न सफल भएको हो ।
‘नर्भिकको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन् । अरूमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ’, डा. श्रेष्ठले भने, ‘हामीसँग ५ जना त प्याथोलोजिष्ट मात्र हुनुहुन्छ । एकजना माइक्रोबायोलोजिष्टसहितको करिब ३५ जनाको टिमले नर्भिक ल्याब्रोटरीलाई ‘बी क्याटेगोरी’मा देशकै नमूना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता पाएको छ ।’
डा. श्रेष्ठकाअनुसार नर्भिकको प्रयोगशालाअन्तर्गत सञ्चालित विभिन्न विधाहरुमध्ये ५ वटा स्पेशल टेस्टले समेत आईएसओ सर्टिफिकेट पाएका छन् । ‘हेमाटोलोजी, बायोकेमेस्ट्री–हर्मोन, माइक्रोबायोलोजी, क्लिनिकल प्याथोलोजी, हिस्थो प्याथोलोजी, साइको प्याथोलोजी जस्ता सेवामा हामी आइएसओ सर्टिफाईड हो’, डा. श्रेष्ठले भने, ‘धेरै सेक्टरमा आईएसओ सर्टिफाई प्राप्त गर्ने सम्भवतः नर्भिकको ल्याब पहिलो र एक हो ।’
उच्च गुणस्तर कायम गरेकै कारण नर्भिकको प्रयोगशालाबाट वार्षिक हजारौंले सेवा लिने गरेका उनले सुनाए । डा. श्रेष्ठले भने, ‘नर्भिकले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ, अरुले सायदै गरेका होलान् । यहीकारण पनि हामीले दिने रिपोर्ट सधैं अब्बल हुन्छ । सेवाग्राहीको फिडब्याक पनि राम्रो छ ।’
नियामकले तोकेका र एनएबीएलका मापदण्डसमेत पूरा गर्दै अगाडि बढी जनविश्वास कमाएकै कारण पछिल्लो समय गत असारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नर्भिकको ल्याब्रोटोरीलाई दिएको सञ्चालन अनुमति ५ वर्षका लागि पुनः नवीकरण गरिदिएको छ । ‘धेरै कम अस्पतालमध्ये नर्भिक पनि त्यस्तो अस्पतालमा पर्छ, जसले ल्याब सञ्चालनका लागि छुट्टै अनुमति लिने गरेको छ’, डा. श्रेष्ठले भने, ‘नभए त कतिपयले भ¥याङमुनि ल्याबको नाममा नमूना कलेक्सन सेन्टर सञ्चालन गर्ने गरेका छन् । पर्याप्त र फराकिलो ठाउँ हुनुपर्ने, अनुकुल वातावरणमा मसिनहरु राख्नुपर्नेजस्ता सामान्य मापदण्ड पनि पूरा नगर्ने ठाउँमा ल्याब परीक्षण गर्न जाँदा सही रिपोर्ट नआउनसक्छ ।’
डा. श्रेष्ठकाअनुसार आइएसओले बनाएको मापदण्डअनुसार नर्भिक ल्याब्रोटोरीमा काम हुन्छ । ‘प्रत्येक दिन बिहान, दिउँसो र बेलुका क्वालिटी कन्ट्रोल र जाँचको काम हुन्छ । हाम्रा मसिनले निकालेको भ्यालू ठीक छ वा छैन भनेर प्रत्येक दिन ३ पटक हेर्छौँ’, उनले भने, ‘यो क्रममा कुनै मसिनले ठीक भ्यालू निकालेको छैन भने पहिला नै थाहा हुन्छ । डेटामा पनि उत्तिकै काम हुन्छ ।’
उनका अनुसार इन्टरनलसँगै एक्सटर्नल क्वालिटी कन्ट्रोलको काम पनि हुन्छ । त्यो चाहिँ प्रत्येक महिना हुन्छ । ‘एक्सटर्नल क्वालिटी कन्ट्रोल चाहिँ हामीसँग सम्बन्ध नभएको कुनै थर्ड पार्टीले गर्छ । उसले प्रत्येक महिना स्याम्पल पठाउँछ । त्यसलाई हामीले मसिनमा रन गर्छौं, डेटा अनलाइनबाट सबमिट गर्छौ । नेपालका धेरै ल्याबहरुबाट उत्पादन भएको डेटा समेत राखेर थर्ड पार्टीले मिन भ्यालू निकाल्छ । मेरो रिजल्ट अरुसँग कत्तिको फरक आयो भन्ने कुरा समेत हेरेर गुणस्तरीयता कायम गरिन्छ’, डा. श्रेष्ठले भने ।
एक्सटर्नल र इन्टरनल क्वालिटी कन्ट्रोलपछि मात्रै ल्याब रिपोर्ट बिरामीको हातमा पुग्ने गर्छ । कुनै रिपोर्टमा केही अस्वभाविकजस्तो देखियो भने त्यसको अलग्गै म्यानुअल जाँच हुने गरेको समेत उनले जानकारी दिए । ‘मसिनले दिएको भ्यालू हरदम चेक भइरहन्छ । यसकारण समेत हामीले लामो समयदेखि लगातार गुणस्तरीयता पूर्ण रुपमा कायम गराउने सफलता पाइरहेका छौँ’, उनले भने ।
नर्भिकको ल्याबमा नमूना परीक्षणका लागि प्रयोग हुने सबै उपकरणहरु एफडिए अप्रूभ र सिए सर्टिफाइड छन् । मसिन ल्याउनेबित्तिकै त्यसलाई चलाएर त्यहाँबाट आउने रिपोर्ट बिरामीलाई दिइन्न । ‘मसिनलाई समेत केही दिनसम्म ट्रायलमा राखेर हेरिन्छ । केही प्यारामिटर्सहरु पूरा गरिन्छ र हामी ढुक्क भएपछि मात्र त्यसलाई पूर्ण सञ्चालनमा ल्याई रिपोर्टहरु बनाउन थाल्छौँ’, डा. श्रेष्ठले भने, ‘क्वालिटी कन्ट्रोलका प्यारामिटरहरु पास नभएसम्म हामी रिपोर्ट नै दिंदैनौँ ।’
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको ह...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
डा पंकजराज नेपाल न्युरोसर्जन चिकित्सक हुन् । पंकजले स्वास्थ्य सेवाको आरम्भ काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलबाट गरेका थिए । ‘फादर अफ मोडल न्युरोसर्जरी’ भनेर चिनिने स्वर्गीय डाक्टर उपेन्द्र दे...
पहिलेको जमानामा माटोको भाँडोमा खाना पकाइन्थ्यो तर आजकल जमाना बदलिँदै जाँदा मानिसहरू नयाँ भाँडाकुँडामा खाना पकाउन थालेका छन् । खाना पकाउनका लागि पीतल, काँस, चाँदी, फलाम, आलुमिनियम, स्टील र ननस्टिक कूक...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...