×

NMB BANK
NIC ASIA

मन्त्री निवासको काम चाँडै सक्न राष्ट्रिय सभाध्यक्षको निर्देशन

असोज १३, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका छन् । 

Muktinath Bank

बिहीवार भैंसेपाटी पुगेर निर्माणाधीन भवनहरूको अवलोकन गर्दै तिमिल्सिनाले राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका हुन् । उनले निर्माण कार्य निकै ढिलो भएको भन्दै २४ घण्टा नै निर्माण कार्यलाई जारी राख्नुपर्ने बताए । उनले रात दिन काम नगरिकन समयमा निर्माण कार्य नसकिने भएकाले निर्माण कार्यमा संलग्न श्रमिकहरूको सिफ्ट मिलाएर रात दिन नै काम गराउन निर्देशन दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माण कार्य निकै सुस्त हुने गरेको भन्दै अध्यक्ष तिमिल्सिनाले भविष्यमा कुनै आयोजनाहरू गराउँदा २४ घण्टा नै काम गर्ने गरी सम्झौता गर्नुपर्ने र सोहीअनुसारको प्रावधान राख्नुपर्ने बताए । उनले भैंसेपाटी सडक जीर्ण अवस्थामा रहेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले सडकको बिग्रँदो अवस्था देख्दा पनि कसैलाई नपोलेको टिप्पणी गरे । 


Advertisment
Nabil box
Kumari

अध्यक्ष तिमिल्सिनाले सम्बन्धित कर्मचारीहरुलाई पनि काममा नयाँ नयाँ सोच र योजना ल्याउन आग्रह गरे । उनले ‘आफू मन्त्री भएको भए स्पष्ट योजना र दृष्टिकोण भएको मान्छेलाई सम्बन्धित विभागको महानिर्देशक नियुक्त गर्ने थिएँ’ भने । सम्बन्धित जिम्मेवार मान्छेलाई कडाइ नगरेसम्म काम हुन नसक्ने उनको भनाइ थियो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x