×

NMB BANK
NIC ASIA

निगमको भूमिस्थ सेवा पुनः आइसागो सर्टिफाइड

असोज १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अन्तर्राष्ट्रियस्तरको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ सर्भिस’ दिइरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सेवालाई थप सुदृढ र प्रभावकारी बनाइने जनाएको छ ।

Muktinath Bank

आइसागो अडिटबाट पुनः सर्टिफाइड भएपछि निगमले बिहीवार विज्ञप्ति निकालेर ग्राउण्ड हयाण्डलिङ सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको हो । हरेक दुई–दुई वर्षमा हुने आइसागो अडिटबाट निर्धारित मापदण्ड पूरा गरेमा मात्र यस्तो सर्टिफिकेट प्रदान गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निगमका प्रवक्ता अर्चना खड्काले निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा यो पटक पनि सर्टिफाइड हुनु निगमका लागि उपलब्धी भएको बताए । निगमको सेवा प्रभावकारी नभएको भन्ने टीका टिप्पणी भइरहेका बेला निगमले यो सेवामा गरेको कामको अन्तर्राष्ट्रियस्तरमा प्रसंशनीय रहेको उनको भनाइ छ । कठिन परिस्थिति, सीमित जनशक्ति र स्रोत साधनका बाबजुद पनि निगमले उपलब्धि हासिल गरेकोले आगामी दिनमा थप काम गर्न प्रेरणा मिलेको प्रवक्ता खड्काले बताए । 


Advertisment
Nabil box
Kumari

‘उपलब्ध सीमित पूर्वाधारका बाबजुद निगमले अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराएको र यसलाई निरन्तर सुधार गर्दै उत्कृष्ट सेवा प्रदान गर्न निगम दृढ सङ्कल्पित छ’, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Vianet communication
Laxmi Bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ सर्भिस निरन्तररूपमा दिँदै आएको छ । सन् २०१६ देखि निगमले ग्राउण्ड ह्याण्डलिङ सेफ्टीसम्बन्धी अडिट गराई आफ्नो सेवालाई अन्तर्राष्ट्रियस्तरको सेवामा मापन गरेको निगमले उल्लेख गरेको छ । विगतमा निगमले ग्राउण्ड ह्याण्डलिङ सेवाको ‘लोड कन्ट्रोल’, ‘प्यासेन्जर एन्ड ब्यागेज ह्याडलिङ’, ‘एयरक्रयाफ्ट ह्याण्डलिङ एन्ड लोडिङ अर्गनाइजेशन एन्ड म्यानेजमेन्ट एयरक्रयाफ्ट ग्राउण्ड ह्याडलिङ मोमेन्ट’ मा आइसागो सर्टिफाइड ‘आयोटा सेफ्टी अडिट फर ग्राउण्ड अप्रेसन’ भएकोमा हाल ‘कार्गो ह्याण्डलिङ’ सहित ग्राउण्ड ह्याण्डलिङका सबै क्षेत्रहरुमा आइसागो सर्टिफाइड भएको निगमले जनाएको छ ।

आइसागो सर्टिफिकेट इन्टरनेश्नल एयर ट्रान्सपोर्ट एशोसिएसन (आयोटा) ले आवधिकरूपमा समय–समयमा हुने ‘इन्सपेक्सन’ र हरेक दुई–दुई वर्षमा हुने आइसागो अडिटबाट निर्धारित मापदण्ड पूरा गरेमा मात्र प्रदान गर्दछ ।

निगमको प्रमुख आम्दानीका रूपमा पनि भूमिस्थ सेवालाई लिइन्छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिरिक्त भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यस्तो सेवा दिइरहेको छ । आगामी सन् २०२३ को जनवरी १ देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा पनि निगमले व्यवस्थापन गर्नेछ । उक्त प्रयोजनका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई तयारी थाल्न पत्राचार गरिसकेको प्रवक्ता खड्काले जानकारी दिइन् । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी ए ३३० र दुई थान न्यारो बडी ए३२० जहाज छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x