×

NMB BANK
NIC ASIA

नेपालको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनेबारे सोचिरहेको छु : माधव नेपाल

असोज १३, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताएका छन् । बिहीवार अखिल नेपाल महिला संघ (समाजवादी) ले दशैँ, तिहारलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताए । 

Muktinath Bank

अध्यक्ष नेपालले नेताहरूले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको पनि बताए । उनले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरुको मन जित्न सक्नुपर्ने बताए । उनले देशको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बारेमा आफूले सोचिरहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो कम्युनिष्ट पार्टीलाई व्यवस्थित रुपमा अगाडी बढाएर लिएर जाने जिम्मेवारी हामीले बोक्नुपर्दछ । र हामीले सोचिरहेका छौँ कि, कसरी यो देशको सिंगो कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकियोस् । बलियो बनाउन सकियोस् । असल कार्यकर्ताहरु तयार गर्न सकियोस् । समाजका परिवर्तनका बाहकहरुलाई, इमान्दार मानिसहरुलाई, स्वच्छ छवि भएका व्यक्तिहरुलाई अगाडि बढाउन सकियोस्’, उनले भने, ‘हामी नै सबै हिसावले अगुवा हुन सकेनौँ भने हामीले बोलेको कुराको कुनै अर्थ हुँदैन । अहिले पनि समाजमा, राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ । यो भ्रष्टाचारको प्रवृत्तिले गर्दा नेताहरुले विश्वास गुमाउँदै गइरहेका छन् । त्यो विश्वास गुमिरहेको कुराले हामीलाई चिन्तित बनाएको छ ।’
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x