×

NMB BANK
NIC ASIA

सहुलियत मूल्यको चामलले विपन्नलाई राहत

असोज १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सहुलियत मूल्यमा चामल पाएपछि खुसी हुँदै विर्तामोड नगरपालिका–४ की ७५ वर्षीया नन्दा राजवंशी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको विर्तामोड कार्यालयबाट नातिलाई बोकाएर घरतर्फ हिँडिन् । उनले केही दिनदेखि निगुरो बेचेर चामल किन्ने पैसाको जोहो गरेको बताइन् । 

Sagarmatha Cement
Muktinath Bank

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड विर्तामोड कार्यालयमा उनीजस्तै सहुलियत मूल्यको चामल खरिदका लागि धेरैको दसैँ सुरु भएदेखि नै भीड लागेको छ । यहाँ चामल किन्न मजदुर र विपन्न वर्गका परिवार धेरै आउँछन् । असोज १ गतेदेखि चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा कार्यायलले उपभोक्तालाई चामल बिक्री सुरु गरेता पनि दसैँ सुरु भएपछि मात्र भीड लाग्न थालेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालयले दुई सय क्वीन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्न राखेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । कार्यालयबाट हाल दैनिक ६०÷७० जनाले चामल खरिद गर्ने गरेका छन् । हालसम्म ५० क्वीन्टल चालम बिक्री भइसकेको छ । भीडलाई व्यवस्थित गर्न कार्यालयले कुपन सिस्टम लागू गरेको छ ।


Advertisment
Nabil box
Kumari

सरकारले यसपटक चामलमा प्रतिकेजी रु सात छुट दिएको छ । कार्यालयले बासमती, स्टिम जिरा मसिनो र अलुवा सोना मन्सुली चामल सहुलियत मूल्यमा बिक्री गरेको छ । बासमती चामलको बजार मूल्य रु एक सय सात, सोना मन्सुलीको रु ४९ र स्टिम जिरा मसिनाको रु ६८ रहेकोमा सबैमा रु सात कम गरेर कार्यालयबाट बिक्री भएको छ ।

Vianet communication
Laxmi Bank

चामल खरिदकर्ताले एक पटकमा तीनै प्रकारका चामल एक÷एक बोरा खरिद गर्न सक्छन् । एउटै प्रकृतिको चामल भने एक बोरा मात्र खरिद गर्ने सकिने व्यवस्था मिलाइएको छ । सहुलियत मूल्यको चामल खरिद गर्न आउने उपभोक्ताले राष्ट्रिय परिचय खुल्ने कागजात ल्याउनुपर्छ । असोज १ गतेदेखि दसैँ, तिहार र छठलाई लक्षित गर्दै बिक्री सुरु गरिएको चामल कात्तिक १५ गतेसम्म बिक्री हुनेछ । कार्यालयले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चामल बिक्री गर्छ । यस कार्यालयबाट सहुलियत मूल्यको चामल पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ  पठाइन्छ ।

सरकारले उपभोक्तलाई चाडपर्वमा खाद्यवस्तु, चामल, गहुँ, दाल, चिउरा, आटाको पिठो, तोरीको तेल, सनफ्लावर तेल सहुलियत मूल्यमा बिक्री गर्न अनुमति दिए पनि विर्तामोड कार्यालयमा भने चामल मात्र रहेको प्रमुख राईले जानकारी दिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x