फागुन २७, २०८०
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
‘प्रेमगीत ३’ले एक सातामा नेपालमा झण्डै ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
निर्माता एवं निर्देशक सन्तोष सेनले शुक्रवार पहिलो साताको कमाइ सार्वजनिक गरेका छन् ।
उनका अनुसार फिल्मले प्रदर्शनको पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
फिल्मले नेपालमा प्रदर्शनको पहिलो दिन शुक्रवार २ करोड ५ लाख, शनिवार २ करोड २२ लाख, आइतवार ९५ लाख ५० हजार, सोमवार १ करोड १५ लाख, मंगलवार ६५ लाख, बुधवार ६१ लाख र बिहीवार ५३ लाख कमाइ कमाइ गरेको निर्माता एवं निर्देशक सेनले जनाएका छन् ।
नेपालमा नेपाली र हिन्दी संस्करणले उक्त कमाई गरेको हो ।
हिन्दी संस्करण भने नेपालमा सोमवारदेखि प्रदर्शनमा आएको हो । सेनका अनुसार भारतमा पहिलो साता फिल्मले ३ करोड ४४ लाख भारु कमाइ गरेको छ ।
ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मको कमाई ६.२१ करोड भारु रहेको निर्माता सेनले जनाएका छन् ।
फिल्मले विश्वभरबाट एक सातामा २३ करोड बढी नेपाली रुपैयाँ कमाई गरेको हो ।
‘प्रेमगीत ३’मा प्रदीप खड्का र क्रिष्टिना गुरुङको शीर्ष भूमिका छ । फिल्म आज (शुक्रवार)देखि दोस्रो सातामा प्रवेश गरेको छ ।
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...