×

NMB BANK
NIC ASIA

राजेन्द्र राईले हात्ती तर्साउन नाङ्लो ठटाए : मेयर गुरुङ

असोज १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचन भइरहेको छ । पौडेलले  आफू असुरक्षित भएका भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । सुरक्षाको माग गरेर उनले दिएका हुन् ।

Muktinath Bank

घटना सार्वजनिक भएपछि पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङले प्रतिनिधि सभा सदस्यजस्तो पदमा पुगेका व्यक्तिले कर्मचारीमाथि गाली–गलौज गर्नु लज्जास्पद भएको बताएका छन् । ‘उहाँले चित नबुझे मसँग कुरा गर्दा हुन्थ्यो’, उनले भने ‘गल्ती भएको भए प्रमाण ल्याए कानूनी उपचार गर्ने पाटा पनि छन् ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माननीय  भइसकेका नेताले कर्मचारीमा माथि आइलागेर उनले कस्तो बहादुरी देखाउन खोजेको आफूले बुझ्न नसकेको मेयर गुरुङले बताए । उनले उपमेयरसहित एमालेका कार्यकर्ताले पेट्रोल (तेल) नपाएपछि माननीयलाई प्रयोग गरेको आरोप लगाएका छन् । मेयर कांग्रेसका हुन् भने उपमेयर नम्रता गौतम एमालेकी हुन् ।


Advertisment
Nabil box
Kumari

‘दुरुपयोग भएपछि एकद्वार प्रणालीबाट मात्रै पेट्रोल वितरण गर्ने गरी सल्लाह भयो । पहिला मेयर, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा जिन्सी शाखाबाट पनि तेलको कुपन वितरण हुँदो रहेछ । नगरपालिकाको काममा भन्दा अन्यत्र नै पेट्रोल खपत हुँदो रहेछ । दुरुपयोग भएपछि मेरै हस्ताक्षर चल्ने गरी तेल वितरण गर्न थालियो । मैले एम्बुलेन्स बनाउन दिएको छु । मैले तेलको दुरुपयोग गर्नु छैन ।  उपमेयरले कार्यपालिका बैठकमै विरोध जनाउनुभयो । पछि मलाई थर्काउने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृतलाई हप्काएको हुनुपर्छ । हात्ती धपाउन नाङ्लो ठटाएर हात्ती तर्साउन खोज्नु भएको होला’, उनले भने । 

Vianet communication
Laxmi Bank

मेयर गुरुङले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई सरुवा गरेर देखाउन समेत राईलाई चुनौती दिएका छन् । 

यता नेता राईले भने प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारमा लिप्त भएकाले सरुवा भएर जान भनेको बताए । ‘म पनि धनकुटाको जनताको जनप्रतिनिधि हो जनताले कर्मचारीले पैसा मागेर दुःख दिएको भनेपछि मैले हात बाँधेर बस्ने कुरा आएन’, उनले भने, ‘पैसा नमागेको त कुनै पनि योजना छैन भनेर पटक–पटक गुनासो आएपछि जान भनेको हो ।’ उनले अब सरुवा भएर नगए चाहिँ टाउको फुटाउने चेतावनी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x