×

NMB BANK
NIC ASIA

यस्तो छ दयाहाङ र विपिन स्टारर ‘के घर के डेरा’को ट्रेलर

असोज १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तिहारको अवसर पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमबीच दयाहाङ राई र विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्मको टे«लर सार्वजनिक गरिएको हो । 

Muktinath Bank

३ मिनेट १८ सेकेन्डको कमेडी स्वादको ट्रेलरमा काठमाडौंमा घर हुने र नहुने दुई परिवारको कथालाई प्रस्तुत गरिएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरूको उतार–चढावलाई ट्रेलरमा देख्न सकिन्छ । दीपेन्द्र के. खनाल निर्देशित चलचित्र सामाजिक विषयवस्तुमा निर्माण भएको हो । सार्वजनिक ट्रेलरमा दयाहाङ र विपिनका साथमा सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा लगायतका प्रमुख पात्र फिचर्ड छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्ममा दयाहाङ र सुरक्षा पन्तलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ भने विपिन कार्कीको जोडीको रूपमा वर्षा राउत छिन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा÷संवाद रहेको फिल्ममा आशान्त शर्मा, लक्ष्मी गिरी, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, आयुशी ढकाल लगायतको पनि अभिनय छ । 


Advertisment
Nabil box
Kumari

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् । दीर्घ गुरुङको छायाँकन, सूर्य थोकरको द्वन्द्व रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन् । फिल्मले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

Vianet communication
Laxmi Bank

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x