×

X
Nic Asia
Dabur
Khukuri

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन संसद् भवनको अवलोकन

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिएका छन् । शुक्रवार सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गर्दै उनले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

LAxmi BAnk
nabil BANK inside

अध्यक्ष तिमिल्सिनाले संसद् भवन सँगै अन्य संरचनाको निर्माण कार्य पनि सँगै अघि बढाउन आग्रह गरे । समयमै काम सक्नका लागि आवश्यक जनशक्ति थप गर्नुपर्ने भएमा थप गरेर भए पनि काम अघि बढाउन उनले निर्देशन दिए । त्यस्तै, भवन निर्माणको दोस्रो चरणको कामका लागि टेन्डर आह्वान पनि तुरुन्त गर्नुपर्ने उनले बताए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अध्यक्ष तिमिल्सिनाले ढिलोमा आगामी संसदको हिउँदे अधिवेशन नयाँ भवनबाट चलाउने गरी काम अगाडि बढाउन आग्रह गरे । ‘पैसाको मलाई लाग्छ, समस्या हुँदैन । दिन रात काम गर्ने । सँगसँगै एकसाथ लान मिल्ने जति लागौँ । सक्दो छिटो अब फेरि ६ महिनापछि थप्नु नपर्नेगरी यो काम सक्नेतिर लाग्नुस् । बरु त्यसमा कति म्यानपावर थप्नुपर्छ, के–के थप्नुपर्ने हो त्यो कुरामा जोड गर्न लगाउनुस्’, उनले भने, ‘सेकेण्ड फेजको लागि छिटो गरीकन टेन्डरमा लानुपर्‍यो । समय बढ्दा लागत पनि बढ्छ अनि उतातिर चाहिँ भाडा पनि तिरिरहनुपर्ने । संसदीय दलका कार्यालयहरु, समितिका कार्यालयहरुको भित्रको बाँकी रहेपनि दुईवटा हाउसलाई अलि जोड गरेर गर्नु । हाउस मात्रै चल्यो भनेपनि हामी बानेश्वर जानु परेन नि । त्यो छिटो शुरु होस् । अब एक वर्षपछि हाउस यहाँ चलाउने गरी लाग्नुस् ।’ 

अध्यक्ष तिमिल्सिनाले कुनै पनि देशको विकासको गति निर्माण आयोजनाको काममा मापन हुने भन्दै विकास निर्माणको काममा तीब्रता दिनुपर्ने बताए । उनले सरकारको तर्फबाट बजेटको सुनिश्चितता हुनुपर्ने र अन्य सम्बन्धित निकायले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्दै समयमै निर्माण कार्य सम्पन्न हुनुपर्नेमा जोड दिए । 


Advertisment
Saurya island

कुल ५ अर्ब २ करोड रुपैयाँमा वि.सं.२०७६ असोज १६ गते संघीय संसद् भवन निर्माण कार्यको सम्झौता भएको थियो । ३ वर्षको लागि सम्झौता भएर २०७९ असोजमा सक्नुपर्ने भएपनि कोभिडका कारण ६ महिना समय थप भएको हो । निर्माण कार्य २०७९ चैत्र ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने भएको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रूपमा भए पनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाएका छन् । शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै उनले काठमाडौंवासीलाई अस्थायी...

मंसिर २३, २०७९

राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि व्यापक विभेद गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले हाल...

मंसिर २३, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । भ्रष्टाचारीविरुद्धकाे अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनल...

मंसिर २३, २०७९

चालु आर्थिक वर्ष शुरु भएको पाँच महिना बित्न लाग्दा पनि पाँच वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन् भने कर्मचारीको तलब भत्ता रोकिएको छ ।...

मंसिर २३, २०७९

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको दाबी गरेका छन् । कपिलवस्तुमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपालका सं...

मंसिर २३, २०७९

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे  कम्युनिष्टको नाममा भोट थाप्नेहरू नामेट भएर जाने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आ...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x