×

NMB BANK
NIC ASIA

महाकवि देवकोटाको कविकुञ्ज परिणत भयो संग्रहालयमा

असोज १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौं महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज संग्रहालयमा परिणत भएको छ । करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई संग्रहालयका रूपमा स्थापित गरेको हो । 

Muktinath Bank

महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर संग्रहालय बनाइएको हो । निर्माण लागत रु सात करोड ११ लाख लागेको प्रतिष्ठानले जनाएको छ । संग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायत चिजबिज संग्रह गरिएको छ । महाकवि देवकोटाका चिजबिज हुनेलाई प्रतिष्ठानमा बुझाउन पनि आह्वान गरिएको छ । चिजबिज दिनेकै नाममा अभिलेख राखिने जनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संग्रहालय उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विसं २०१६ सालमा हराएका महाकवि देवकोटालाई उनकै कविकुञ्जमा फेला पारिएको बताए । साहित्यिक व्यक्तिका नाममा प्रतिष्ठानले बनाएको यो पहिलो संग्रहालय हो । विश्वमा प्रतिभाका निवासलाई तिनका स्मृतिमा संग्रहालय बनाउने गरिएको छ । 


Advertisment
Nabil box
Kumari

संग्रहालय व्यवस्थापनका लागि प्रतिष्ठानले पाँच जना कर्मचारी खटाएको जानकारी पनि कार्यक्रममा कुलपति उप्रेतीले दिए । संग्रहालय दशैं बिदा सकिएपछि असोज २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने छ । एक वर्षसम्म संग्रहालय प्रवेश शुल्क नलिने नीति पनि प्रतिष्ठानले लिएको छ ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले चीनमा साहित्यकार लुसुनको संग्रहालय देखेर आफूले पनि साहित्यिक व्यक्तित्वका नाममा यस्ता स्थल निर्माण हुनुपर्ने भनी राखेको सोच आज पूरा भएको बताए । सरकारले महाकविको घर प्रतिष्ठानलाई जिम्मा दिएकामा अब त्यसको संरक्षण हुनुपर्ने उनले बताए । महाकविको घर समग्र नेपालीका लागि समर्पण भएको पूर्वकुलपति काइँलाको भनाइ थियो ।

संग्रहालय शुभारम्भसँगै परिसरमा महाकवि देवकोटाको पूर्ण कदको सालिक पनि अनावरण भएको छ । संग्रहालयभित्र महाकवि देवकोटा श्रव्यदृश्य कक्ष पनि स्थापना गरिएको छ । माथिल्लो तलामा सभाकक्ष राखिएको जानकारी पनि सो अवसरमा गराइयो । संग्रहालय निर्माणका लागि महत्वपूर्ण योगदान गर्नेलाई सो अवसरमा सम्मान पनि गरिएको थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x