×

NMB BANK
NIC ASIA

राहुघाटको बाँध र सुरुङ निर्माण पुनः शुरु

असोज १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पहिरोका कारण रोकिएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माणको काम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिका–४ बुग्ल भन्ने ठाउँमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माणको काम गत असार महिनादेखि रोकिएको थियो । 

Muktinath Bank

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बुग्लको पहिरो पन्छाएर पहुँचमार्ग सञ्चालन गरी बाँध र १ नम्बर अडित निर्माण सञ्चालन गरिएको जानकारी दिए । ‘बाँध निर्माणस्थल जोड्ने पहुँचमार्ग मर्मतपछि सञ्चालन भएको छ’, उनले भने, ‘पहुँचमार्ग सञ्चालन भएपछि अब बाँध र पहिलो नम्बरको अडिट निर्माणको कामले गति लिन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुग्लमा करिब दुई सय मिटर सडक बर्खायाममा पहिरो खसेर अवरुद्ध हुने गरेको छ । गत वर्ष पनि बुग्लको पहिरोले राहुघाट जलविद्युत् आयोजना निर्माणको काम करिब तीन महिना प्रभावित भएको थियो ।  


Advertisment
Nabil box
Kumari

राहुघाट जलविद्युत् आयोजना निर्माणस्थल म्याग्दीको रघुगङ्गा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा हो । रघुगंगा–४ दग्नाम र वडा नं ५ झिँको सिमानामा बाँयातर्फबाट अर्धजलाशययुक्त बाँध बनाउन ढलानको काम थालिएको आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर विष्टले बताए । 

Vianet communication
Laxmi Bank

समग्रमा आयोजनाको हालसम्म करिब ५० प्रतिशत भौतिक प्रगति भएको छ । कूल छ किलोमिटर दुई सय ७० मिटरमध्ये तीन किलोमिटरभन्दा बढी सुरुङ निर्माण सकिएको छ । बाँध निर्माणस्थलमा अडिट एक, अँधेरीखोलामा अडिट दुई, पिप्लेमा अडिट तीन र तिल्केनी चौरमा अडिट नं चार छन् । 

पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । सिभिल ठेकेदार जयप्रकाश एशोसियटस (जेपी)ले बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम एकैसाथ गरिरहेको छ । तिल्केनीचौरमा विद्युत्गृहको टर्वाइन रहने ठाउँभन्दा माथिसम्म ढलान भइसकेको छ । 

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसियस (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

कूल ४५ महिनाको ठेक्का अवधिको म्याद सकिएपछि साढे दुई वर्ष म्याद थप भएको छ । विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले आफ्नो कामलाई तीव्रता दिएको प्रबन्ध सञ्चालक केसीले बताए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x