×

NMB BANK
NIC ASIA

सुर्खेतबाट ३ हजार ९ सय खसी काठमाडौं पठाइयो

असोज १४, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

वडादशैंका लागि सुर्खेतबाट ३ हजार ९ सय खसीबोका राजधानी पठाइएको छ । सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यले पालेका ३ हजार ९५८ वटा खसी काठमाडौँ पठाइएको हो । 

Muktinath Bank

चाडपर्वसँगै बजारमा खसीबोकाको अभाव देखिएका बेलामहिलाले उत्पादन गरेका खसीबोका काठमाडौंमा पठाएको ‘पशु वस्तुको मूल्य शृंखलामा आधारित सानाकिसानको संस्था सवलीकरण परियोजना’ का संयोजक पदमबहादुर दलामीले जानकारी दिए । उक्त परियोजना हेफर इन्टरनेशनल नेपाल र सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परियोजनामार्फत उद्यमी महिलाले उत्पादन गरेका खसीबोकाको न्यूनतम मूल्यसमेत निर्धारण गरिएको छ । जसअनुसार जिउँदो खसी प्रतिकिलो रु ५०० देखि रु ५३० मूल्य तोकिएको छ । पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थ प्रमाणपत्रका आधारमा खसीबोका खरीद गरेर काठमाडौं पठाइएको पनि परियोजना संयोजक दलामीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

सुर्खेत जिल्लास्थित सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था, त्रिवेणी, सफल, उपहार सामाजिक, भेरी किनारा सामाजिक, सम्झौता, लाटीकोइली र उत्तरगंगा सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँ लक्षित खसीबोका बिक्री गरिरहेका छन् । सहकारीले दशैं–तिहारको अवधिमा मात्र छ हजार ८०० खसीबोका बिक्री गर्ने लक्ष्य राखेको परियोजना संयोजक दलामीले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

महिलालाई व्यावसायिक बाख्रापालनबाट आत्मनिर्भर गराउन कृषि तथा पशुपालन ब्यवसायमा सहकारीले सदस्यलाई वित्तीय सहयोग गर्दै आइरहेको छ । सहकारीले माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, आरएमडिसी, आरएसडिसी र राष्ट्रिय सहकारी विकास बैंकलगायत वित्तीय संस्थासँग समन्वय गरी सदस्यलाई सहुलियत कर्जा उपलब्ध गराउन थालेपछि सदस्य व्यावसायिक बाख्रापालन ब्यवसाय गर्दै आइरहेका छन् । 

परियोजनामार्फत प्राविधिक र बजारीकरणमा पनि सहयोग गर्दै आएको संयोजक दलामीले जानकारी दिए । परियोजनाले सहकारीको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउनुका साथै महिला सदस्यलाई बाख्रापालनसम्बन्धी तालिम पनि दिँदै आएको छ । सहकारीले संकलन केन्द्रमार्फत खसीबोकाको बजारीकरण गर्न थालेपछि उद्यमी महिलाले उचित मूल्य प्राप्त गरेको बताएका छन् । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

कात्तिक २५, २०८०

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x