जेठ ३, २०८०
आज बुधवार मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले बुधवार विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसक...
कृषि व्यवसाय भनेपछि अझै पनि गाउँघरमा राम्रो दृष्टिले हेरिन्न । त्यसैमाथि पशुपालन गर्नेलाई समाजले झट्ट राम्रो काम भन्न सक्दैन ।
कृषिप्रति अनिच्छा र उपेक्षा बढिरहेको अवस्थामा सबैका लागि अहिले अनुकरणीय बनेका छन् पाल्पा रामपुरका नरनारायण अर्याल ।
रामपुर नगरपालिका–८ स्थित एक्लेटारमा सञ्चालित नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक अर्यालले पाल्पामा ठूलो भैंसीपालन व्यवसाय गरेका छन् । अहिले उनको व्यवसाय आयआर्जन गर्ने मात्रै नभई अन्यका लागि पशुपालन सिकाइ गर्ने थलो बनेको छ । यहाँ अवलोकन गर्न आउने जोकोहीले केही न केही नयाँ कुरा सिकेर फर्कने गर्दछन् ।
३ वर्षदेखि व्यवसाय शुरू गरेका अर्यालको फार्ममा हाल ७० बढी भैंसी छन् । फार्मका २४ दुहुना भैंसीबाट ३३० लिटर दूध दैनिक प्रतिलिटर १३० रुपैयाँका दरले बजारमा बिक्री गर्छन् । हाल उनले मासिक खर्च कटाएर १ लाख ५० हजार आम्दानी गर्छन् ।
‘विगतका भैंसीपालनको अनुभवले यस व्यवसायमा राम्रो आर्थिक उपार्जन गर्ने सम्भावना मैले देखेको छु, जस्तोसुकै संकट आइपरे पनि समाधान गर्न सकिने रहेछ,’ उनले भने, ‘बजारीकरणमा सहज भएपछि दूध बिक्री गर्ने पिरलो भएन, अर्कोतर्फ निश्चित समयमा पशु संख्या थपघट गर्न सकिने रहेछ ।’
कालीगण्डकी करिडोर सडक आडैमा रहेको यस भैंसी फार्म व्यवस्थित संरचनाभित्र सञ्चालित छ । स्नातक तहसम्म अर्थशास्त्र विषय लिएर अध्ययन गरेका अर्यालको पढेर जीवनमा ज्ञान, सीप लिने, समाजमा प्रतिष्ठा र आयस्रोतका लागि जागिरभन्दा व्यवसाय नै गर्ने इच्छाअनुसार भैंसीपालन व्यवसाय रोजाइमा पर्यो ।
अहिले भैंसीपालनबाट आफूले आत्मसन्तुष्टि पाएको उनी बताउँछन् । सडक नजिकै रहेको यहाँको फार्ममा विभिन्न क्षेत्रका व्यक्ति भैंसीपालनको अवस्था बुझ्न आउँछन् । फार्ममा १५० माउ भैंसी पाल्ने लक्ष्य लिएका अर्यालले भैसी रेखदेखका निम्ति हाल ५ जनालाई रोजगारी दिएका छन् ।
जग्गा प्रशस्त रहेकाले घाँसपातको समस्या छैन तर दानाको महंगी बढ्दा खरिदमा साना तथा ठूला किसान मारमा परिरहेको गुनासो छ ।
भारत र मुलुकका विभिन्न स्थानमा पुगेर उन्नत जातका भैंसी खरिद गरी उनले व्यवसाय शुरू गरेका छन् । फार्ममा सबैजसो भैंसी उन्नत जातका छन् । अर्यालले एक भैंसीको मूल्य १ लाख ३० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्ममा खरिद गरेर ल्याएका छन् ।
भैंसी खरिद र गोठ निर्माणमा हालसम्म करीब ३ करोड ५० लाख रुपैयाँ बराबरको लगानी परेको छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण झिकेर व्यवसाय चलाएका छन् ।
अहिले ठूलो क्षमताको चारैतिर फराकिलो एउटा गोठमा २ लाइनमा भैंसी बाँधेर पालिएको छ । संख्या थप्ने तयारीमा रहेका अर्यालले गोठको संरचना निर्माण गरिरहेका छन् । हाल दूध मात्रै उत्पादन गरी बिक्री गरेका उनले दैनिक ५०० लिटर बढी दूध उत्पादन गरी पनिर, घ्यूलगायत दुग्धजन्य पदार्थ उत्पादन गर्ने सोच बनाएका छन् ।
सामाजिक कामसँगै घरमै बसेर व्यवसाय गर्ने सोचका साथ ठूलो लगानीमा उनले भैंसीपालन गरेका हुन् । ब्रोइलर कुखुरापालन गरेका उनले दीर्घकालीन रूपमा आफ्ना लागि कमाइ गर्ने मात्र नभई अरुलाई पनि सिकाइयोग्य हुने उद्देश्यका साथ संरचना तयार पारेर भैंसीपालन व्यवसाय शुरूआत गरेको बताउँछन् ।
‘फार्ममा बसेर कामदारसँगै काममा खटिरहेको हुन्छु, दैनिकजसो भैंसीफार्म अवलोकन गर्न आइरहनुहुन्छ, कतिपय कृषक व्यवसाय चलाउन सल्लाह सुझाव लिन आउनुहुन्छ, स्वतन्त्र रुपमा आफ्नै व्यवसायमा जीवन चलाउन पाउँदा खुशी भएको छु,’ उनले भने । विभिन्न संघसंस्थाको जिम्मेवारी पदमा रहेका अर्याल फुर्सदका समय आफैं फार्ममा बसेर काम गर्छन् । यहाँबाट ज्ञान सीप लिएर हिजोआज यस क्षेत्रमा भैंसीपालन गर्ने युवा बढ्दै गएका छन् । – सुशीला रेग्मी/रासस
आज बुधवार मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले बुधवार विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसक...
नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज...
हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास ग...
विराटनगरदेखि पूर्व लाग्ने र झापाको बिर्तामोडदेखि पश्चिम लाग्नेहरू खाना खानकै लागि कार्की होटलमा आउने गर्छन् । होटल मोरङको बेलबारीमा छ । २०६४ सालमा चन्द्र कार्की र कुमारी कार्कीले मोरङकै बेलबारी बजारमा होटल ...
पप्पु अन्सारीको ३ वर्ष पहिले र अहिलेको दिनचर्या फरक छ । ३ वर्षअघिसम्म उनी विराटनगरको निजी विद्यालयमा पढाउँथे । शिक्षक हुँदा तलब कहिले आउँछ भनेर चिन्ता गर्ने पप्पुलाई अहिले तलब कसरी खुवाउने भन्ने चिन्ता...
‘फ्ल्यास ब्याक’मा दुई दशकअघि फर्कौं । २०६० साल चैत १० गते । मुलुकमा संकटकाल थियो । राजा ज्ञानेन्द्र अभिनन्दन लिँदै हिँडेका थिए । चैत १५ गते पोखरामा अभिनन्दन लिने कार्यक्रम थियो । तर, १...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...