×

X
Nic Asia
Dabur
Khukuri

भरतपुर महानगरको गुरुयोजनामा नारायणी किनारमा ३ मन्त्रालयका छुट्टाछुट्टै योजना

चितवन | असोज १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन ३ मन्त्रालयले काम शुरू गरेका छन् ।

LAxmi BAnk
nabil BANK inside

भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रूपमा ३ वटै योजनाको काम अघि बढेको हो ।
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यीकरणको काम गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतको काम गर्दैछ । शहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ ।
 
नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ ९८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्दैछ । नदीको सतहदेखि २.५ मिटर उचाइमा ११ खुट्किला निर्माण गर्दैछ । १९ करोड ८६ लाख रुपैयाँ अनुमानित लागतमा बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

खुट्किलाको सतह २ मिटर चौडा हुन्छ भने अन्य खुट्किला ५० सेन्टिमिटर चौडा हुन्छन् । उनको भनाइमा माथिल्लो तह ४.५ मिटर फराकिलो हुनेछ । सो भागको ठाउँठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षरोपण गरिने छ । ५ मिटरको फरकमा विरुवा लगाइने उनले जानकारी दिए ।

आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनीयर शंकर बुढाथोकीका अनुसार १ वर्ष ६ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । उनले भने, ‘बाढीले नबगाउने गरी आकर्षक ढंगले सिढी निर्माण गरिँदैछ ।’ यसले तटबन्धको काम गर्ने, सौन्दर्यीकरण बढाउने र नदी प्रयोगकर्तालाई सहज हुने उनको भनाइ छ । यो तटबन्धका कारण नवलपरासी तर्फको भूभागमा कुनै असर नपरोस् भन्नका लागि ध्यान दिइएको छ ।
 
भरतपुर महानगरपालिकाका इन्जिनीयर अस्मीता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय क्षेत्रमा काम गरिरहेको छ । उनका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गत २.४ किलोमिटर पदयात्रा, १०० हाराहारी चारपांग्रे्रे सवारी अट्ने २ वटा पार्किङस्थल, बगैंचालगायत निर्माणका काम भइरहेको छ । ६ करोड ५० लाख रुपैयाँ बजेटमा काम भइरहेको छ ।
 
यस ठाउँमा बगैंचा, फूटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बीच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङ लगायत संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको २ दशमलव ५ किलोमिटर लामो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ ।
 
तटबन्ध बाहेकका २९ करोड ३१ लाख रुपैयाँ खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नदी किनारको २ तर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहनेछन् । सघन सहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरभित्र स्मार्ट सिटी गुरुयोजना अनुरुपको ५० करोड रुपैयाँको बोलपत्र आह्वान गरेको छ ।


Advertisment
Saurya island

आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गर्दैछ । आरती क्षेत्र वरपर बत्ती राख्दैछ । उनका अनुसार झण्डै २ करोड रुपैयाँको काम आयोजनाले नारायणी नदी किनारमा गर्दैछ । उनले भने, ‘हामीले अरु मन्त्रालयले गरिरहेका काम नजुध्ने गरी समन्वय गरेर गर्दैछौँ ।’ 

स्मार्ट सिटीको लिस्टबाट हटेको भरतपुर महानगरपालिकालाई पुनः जोडेर यसवर्ष सोही गुरुयोजना अनुसारका ५० करोड रुपैयाँको काम अघि बढेको महानगरले जनाएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती ३ मन्त्रालयसँगै भरतपुर महानगरपालिकाले विभिन्न काममा बजेट विनियोजन गरेर नदी किनारमा काम गरिरहेको बताइन् । उनका अनुसार शुरूमा पदमार्ग लगायत काम महानगरकै बजेटबाट थालिएको हो । महानगरले सो क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको ‘सी बीच’ मोडलमा विकास गर्ने गुरुयोजना अनुसार संघीय मन्त्रालयले सहकार्य गरेको उनको भनाइ छ । काम नजुध्ने गरी व्यवस्थित ढंगले अघि बढाइने दाहाल बताउँछिन् ।
 
महानगरको शहरी क्षेत्रमा बसोबास गर्नेका लागि नदी किनार निकै उपयोगी हुनेछ भने आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक केन्द्रविन्दु बन्ने प्रमुख दाहालको विश्वास छ । पवित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिनेछ ।

Vianet communication
IME BANK INNEWS

दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा विभिन्न खेल खेल्न सकिनेछ । दाहालले भनिन्, ‘म पहिलो पटक प्रमुख भएसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्ने योजनाअनुसार कामले गति लिएको छ ।’
 
सामुन्द्रिक किनारको अनुभूति त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचना निर्माण गर्न लागिएको उनको भनाइ छ । मुख्यरूपमा आन्तरिक पर्यटक र बाह्यलाई नदी किनार महत्त्वपूर्ण गन्तव्य बन्नेछ । धार्मिक दृष्टिले नारायणी नदी महत्त्वपूर्ण मानिन्छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विश्वका ठूला सहरमा पर्यटकको मुख्य आकर्षण नदी र सामुन्द्रिक किनार हुने भए पनि यहाँ नदीलाई उपयोग गर्न नसकिएको बताए । उनले नेपालमा धेरै सुन्दर नदी भएको तर त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षणमा नदी र तिनका किनार क्षेत्र कमै मात्र पर्ने गरेको बताए । नारायणी नदी किनारलाई आकर्षक गन्तव्य बनाइने उनले बताए ।

पर्यटकीय नगरी सौराहालाई नारायणी नदी किनारसँग जोड्ने हो भने यहाँ थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –१ स्थित मेलम्ची खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदैछ । गोकर्णेश्वर नगरपालिका –१ स्थित सुरुङ्को अन्तिम व...

मंसिर २३, २०७९

तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ । बिहीवारदेखि १५ दिनसम्म १० घण्टा सडक बन्द गरेर काम गरिने भएको छ ।  तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको स...

मंसिर २२, २०७९

स्पार्क एडभेन्चर २०२२ कालागि नेपालका ख्यातीप्राप्त कलाकारसहितको टोली लमजुङ पुगेको छ । टोलीमा कलाकारसहित डाक्टर, पत्रकार, पाइटल, लेखक, इन्जिनियर, वकिल, प्राध्यापक, सुरक्षाअधिकारी, व्यापारी, खेलाडीलगायत करिब २ सय...

मंसिर २२, २०७९

कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ अर्घाखाँची चोकमा ट्रकको ठक्करबाट १ किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका धनचौरका १४ वर्षीय सम्राट् खनाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलव...

मंसिर २३, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी  भूभागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी...

मंसिर २२, २०७९

घरको प्लास्टर गर्ने क्रममा चार तले घरबाट लडेर एकजना मजदुरको ज्यान गएको छ । बिहीबार साँझ रामपुर नगरपालिका –५, बेझाडस्थित दुर्गा केसीको पक्की घरमा प्लास्टर गर्ने क्रममा पर्सा छिपहरमाई –३, मंगलापुरका २...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x