×

X
Nic Asia
Dabur
Khukuri

खसी भनेर बाख्राको मासु बिक्री

विराटनगर | असोज १५, २०७९

NTC
Argakhanchi Cement
प्रतिकात्मक तस्वीर
Premier Steels
TVS INSIDE

खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्री नम्बर) मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला सहितको टोली अनुगमनमा निस्केको थियो ।

LAxmi BAnk
nabil BANK inside

हटलाइनमा आएका गुनासोलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइरालाले शुक्रवार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन गरेका थिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो भने बाख्राको मासु पनि खसीको मूल्यमा बिक्री गर्ने गरेको पाइएको थियो ।
 
विराटनगर–२ तीनपैनीस्थित नेवी फ्रेस हाउस, हाटखोलास्थित जेकी मिटमा बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ । अनुगमन टोलीले बाख्राको मासु जफत गरेर तत्कालै नष्ट गरेको थियो ।

विराटनगर–८ देवकोटा चोकस्थित विराट एकीकृत कृषि फार्मले ५ महिनादेखि फ्रीजमा राखेको माछा गन्हाएको अवस्थामा फेला परेको छ । पसलका कर्मचारीले समेत ५ महिनादेखि मरेको माछा फ्रीजमा राखेको स्वीकारेका थिए ।
 
महानगरले पुरानो गुद्रीमा अनुगमनका क्रममा पुग्दा अनुगमन टोली आएको थाहा पाएपछि अधिकांश व्यापारी पसल बन्द गरेर भागेका थिए । सोही टोलीले गुद्रीसहित सरोचिया, बरगाछी, तीनपैनीचोक, देवकोटा चोक, हाटखोलालगायत स्थानमा सञ्चालित करीब डेढ दर्जन माछा–माछा मासु पसलको अनुगमन गरेको थियो । खान मिट, गाउँले मिट सेन्टर, जाकिर मिट पसल, रोयल मल्लिक मिट सेन्टर लगायतका पसलका फ्रीजभित्र गन्हाएको मासु फेला परेको थियो ।


Advertisment
Saurya island

टोलीले बाख्राको मासु, गन्हाएको मासु र माछालाई फिनेल लगाएर तत्कालै नष्ट गरेको थियो । टोल फ्री (हट लाइन) मा आएका गुनासो सम्बोधन गर्ने क्रममा महानगरले माछा–मासुको पसल अनुगमन गरेको महानगरका प्रमुख कोइरालाले बताए । उनले धेरै पसलले उपभोक्तालाई ठगिरहेको भेटिएको जानकारी दिए ।

‘हटलाइनमा धेरै नै गुनासो आएपछि म आफैं अनुगमन निस्किएको हुँ, उपभोक्ताले गुनासो गरेजस्तै नै रहेछ अवस्था,’ उनले भने, ‘एकपटकलाई हामीले सचेत गराएर छाडेका छौं, केहीलाई कारबाही प्रक्रिया अगाडि बढाएका छौं । फेरि पनि त्यस्तै भेटिए पसल नै शिल गर्छौं ।’

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् । उधौली पर्व, २०७९ का अवसरमा आज शुभकामना...

मंसिर २१, २०७९

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणल...

मंसिर २१, २०७९

नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षीय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ वर्षभन्दा बढी समयको अनुभव छ ।...

मंसिर २१, २०७९

काठमाडौं महानगरपालिकाले २८औँ महानगर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम घोषणा गरेको छ । बुधवार २८औँ महानगरदिवसको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरले सप्ताहव्यापी कार्यक्रम बारे जानका...

मंसिर २१, २०७९

चितवनको भरतपुर महानगरपालिकामा ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताले शुल्क तिर्न नपर्ने भएको छ । महानगर प्रमुख रेणु दाहालले मंसिर  महिनादेखि ७ हजार लिटरभन्दा कम पानी उपभोग गर्ने उपभोक्तासँग शुल्...

मंसिर २१, २०७९

म्याग्दीमा निर्माणाधीन २० ठूला विकास निर्माणका योजना अलपत्र परेका छन् । संघीय र प्रदेश सरकारका यी योजनामा सडक, मोटरेबल पुल, भवनलगायतका योजना छन् । म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका नौ सडक र म...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x