×

NMB BANK
NIC ASIA

जहाज जति विदेशी बोक्न पूर्व लागेपछि कर्णालीबासीको दशैं नेपालगञ्जमै बित्ने !

असोज १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दशैंमा घर जान पाउनु वर्षभरिको एक उल्लासको समय हुन्छ तर, हुम्लाका सलिन ठकुरी र उनका साथीहरू यतिबेला नेपालगञ्जमा दशैंमा घर जान नपाइरहेको पीडामा छन् । हुम्लाका लागि एकमात्र यातायातको साधन हवाई जहाजका कम्पनीले काठमाडौंमै उडान केन्द्रित गराएपछि उनीहरूले टिकट पाएका छैनन् । यसपल्ट घर जान पाइन्छ वा पाइँदैन ठेगान नभएको दुखेसो सुनाउँछन् उनी ।

Muktinath Bank

अहिले नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एकमात्र जहाज छ । बिहीवार नेपालगञ्जबाट हुम्लाका लागि समिट र ताराको एउटा जहाजले उडान गरे । तर, विमानस्थलमा टिकटका लागि पुगेका कसैले पनि उड्न पाएनन् । विमान कम्पनीका कर्मचारीले टिकट पहिले नै प्याक भइसकेको जवाफ दिइरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समिट एयरका कर्मचारीले आइतवार उडान गर्ने समयतालिका रहे पनि टिकट दिन नमान्ने ती कर्मचारीले भन्दै थिए, ‘हामी यहाँ बसेर सेवा दिइरहेकालाई पेल्ने तर, यतिबेला एउटा पनि विमान यहाँ नराखेर लुक्लातिर गएका कम्पनीहरूलाई केही नभन्ने ?’


Advertisment
Nabil box
Kumari

हुम्लाका चुनराज शाहीले दुई हप्तादेखि भौतारिँदा पनि टिकट नपाइएको दुःखेसो पोखे । उनले विमान कम्पनीले नाफा कमाउन विदेशी पर्यटकलाई बोक्न पूर्वतिर लाग्दा कर्णालीवासीको अधिकार खोसिएको बताए । अहिले विमान कम्पनीले कर्णाली जिल्लाका लागि चार्टर उडान गर्न कडाइ गरिएपछि नियमित उडानको माग पनि कम गर्ने गरेको पाइएको छ । 

Vianet communication
Laxmi Bank

निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द अवस्थामा रहेको थियो । भएका उडानमा पनि सर्वसाधारणले टिकट पाउँदैनन् । नेता तथा पहुँचवाला र तिनका आफन्तले फोन गरेकै भरमा टिकट दिने गरेका कारण आधिकारिक बाटोबाट टिकट काट्न पुग्ने सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ ।

यस्तो अवस्थामा पनि नेपालगञ्ज विमानस्थलमा हेल्प डेस्कको व्यवस्था छैन कति यात्रुहरू कहाँका लागि टिकट पर्खिरहेका छन् भन्ने रेकर्ड न विमान कम्पनीसँग छ न विमानस्थल प्रशासनसँग । कर्णालीवासी सर्वसाधारण भने दसैँको मुखमा घरको याद मनमा बोकेर भौतारिइरहेका छन् । चुनराज शाहीले भने, ‘चुनावका बेला जबरजस्ती बोलाएर टिकट दिएर विमानमा उडाएर लैजाने नेताहरू अहिले कता छन् थाहा छैन ।’

तारा एयरका तीन वटा जहाजमध्ये एक वटा कर्णालीका लागि र दुई वटा अहिले पूर्वतिर उडान भर्ने गरिएको तारा एयरका नेपालगञ्ज स्टेशन म्यानेजर दिलीप कार्कीले बताए । उनका अनुसार ताराले हप्ताको दुई–तीन दिन कर्णालीका लागि उडान गरेको छ । उनले भने, ‘अस्तीसम्म यात्रु नै थिएनन् अहिले दशैं मनाउन विशेष गरी विद्यार्थीहरू मात्रै बढी भएर एकैपटक भीड भएको हो, पालोअनुसार विस्तारै उडाइरहेका छाँै ।’ दशैंसम्म सबै यात्रु आफ्नो घर पुग्नेमा उनी विश्वस्त छन् । 

वर्षमा दुई महिना सेप्टेम्बर र अक्टुबर पर्यटक आउने सिजन भएकाले घाटामा हुने गरेको एयरलाइन्सलाई पनि आम्दानी गर्न मुख्य स्रोतको आवश्यकता पर्ने भएकाले पहिलो प्राथमिकता पर्यटकलाई आकर्षण गरिएको उनले बताए । स्टेशन म्यानेजर कार्कीका अनुसार अहिले दुई जहाज पूर्व लुक्लातिर पठाएको छ । ‘हामीसँग चार वटा जहाज थियो एक वटा जहाज जोमसोममा क्र्यास भएपछि तीन वटाले धानेका छौँ’, उनले भने । 

कर्णालीका जिल्लाका लागि अहिले नेपाल एयरलाइन्स, समिट र ताराले हवाई उडान गर्दै आएका छन् । यसमा नेपाल एयरको जहाज बिग्रिएर उडेको छैन भने अहिले दुई वटा कम्पनीले मात्र उडान गरिरहेका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x