×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउन कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

असोज १५, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका एक नेताले जानकारी दिए । 

Muktinath Bank

कार्यसम्पादन समितिको बैठक बस्नुअघि पदाधिकारी बैठक बसेर छलफल गर्ने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् । पदाधिकारीहरुलाई नै दिउँसो ३ बजे नै बालुवाटार बोलाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर ४ गते हुने निर्वाचनको लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै संस्थापनइतर समूह विरोधमा छ । उनीहरूले समानुपातिकतर्फको सूची सच्याउनुपर्ने माग गरेका छन् । 


Advertisment
Nabil box
Kumari

समानुपातिक उम्मेदवारको सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खानकी पत्नी मञ्जु खाणको नाम राखेपछि कांग्रेसभित्र तीव्र असन्तुष्टि छ । ​संस्थापनइतर समूहले राणा र खाणको नाम समानुपातिक सूचीबाट हटाउनुपर्ने माग गरेका छन् । 

Vianet communication
Laxmi Bank

बैठकमा प्रत्यक्षतर्फका उम्मेदवार चयनको बारेमा पनि छलफल हुनसक्ने नेताहरूले बताएका छन् ।  

कांग्रेस शेखर कोइराला पक्षले समानुपातिक उम्मेदवारको सूचीको चर्को विरोध गरेपछि सभापति देउवा झस्किएका थिए । टिकटका आकांक्षा गरेका र टिकट नपाउनेहरू कोइराला खेमामा गोलबन्द हुनसक्ने देखेपछि देउवाले समानुपातिक सूचीमा पुनर्विचार गर्न लागेको कांग्रेसका नेताहरू बताउँछन् । 

निर्वाचन आयोगले असोज १६ गतेसम्म समानुपातिकतर्फको बन्द सूची सच्याउन समय दिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x